नेपालगन्ज । नेपालगन्ज उप महानगरपालिकाले १५ किलो अबैध बोइलर कुखुराको मासु बरामत गरेको छ । जमुनाह क्षेत्रमा रहेका मासु पसल बाट भारतबाट लुकाई छिपाई धित्राएर विक्रि गर्दे गरेको अवस्थामा फेला पारेपछि बरामत गरी मगलबार नष्ट गरेको हो । नेपालगन्ज उप महानगरपालिकाको आयोजनामा सयुक्त अनुगमन टोलिले जमुनाह क्षेत्रमा रहेका मापदण्ड विपरीत सन्चालन गरीएका मासु तथा माछा पसललाई पनि तिन भित्र हटाउन निर्देशन दिएको छ । अनुगमन टोलिले मापदण्ड विपरीत मासु विक्रि वितरणमा प्रयोग गरीएको ढक र तराजु समेत बरामत गरेको छ । अनुगमनको क्रममा एक दर्जन बढि अव्यवस्थित भेटिएका माछा र मासु पसलले हटाउन अटेर गरे उप महागरपालिकाले कर्मचारी खटाएरै हटाउने चेतावनि दिएको छ । जिल्ला पशु सेवा कार्यालय बाँकेका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. बेद बहादुर केसीको सम्योजकत्वमा गरीएको अनुगमन टोलिले उपभोक्ताको स्वास्थलाई मध्यनजर गर्दे स्वच्छ माछा र मासु मापदण्ड पु¥याएर मात्रै विक्रि वितरण गर्न व्यवसायिहरुलाई सुझाव दिएको छ । अनुगमनमा पशु क्वारेनटाईन कार्यालय नेपालगन्जका प्रमुख वरिष्ठ पशु चिकित्सक डा.शकर सापकोटा, क्षेत्रिय पशु सेवा तालिम केन्द्र नेपालगन्जका प्रमुख वरिष्ठ तालिम अधिकृत डा. खगेन्द्रराज सापकोटा, वाणिज्य कार्यलय नेपालगन्जका शाखा अधिकृत कृष्ण पौडेल, नेपालगन्ज उप महानगरपालीकाका पशु विकास अधिकृत पशु चिकित्सक डा.अपार पौडेल, उप महानगरपालिकाका निरीक्षण शाखा प्रमुख पवन कनौजिया, जमुनाह प्रहरी इन्चार्ज सुदिर खड्का, कृषि पत्रकार लगाएतको उपस्थिती रहेको थियो । उप महानगरपालिकाले पछिल्ला दिनमा मासु पसललाई व्यवस्थिीत गर्न अनुगमननलाई तिब्रता दिएको छ ।

तपाईको प्रतिक्रिया