एजेन्सी । ग्ल्यामर क्षेत्रमा त्यस्तो ठाउँ कहाँ छ जहाँ कलाकार तथा महिलाहरु माथी यौन शोषण नभएको ठाउँ ? विश्वभर ग्ल्यामर क्षेत्रमा बढ्दो यौन शोषणका बिरुद्ध कलाकारहरु एक जुट हुने क्रम भने जारी नै छ । यसैबिच हलिउडका ३ सय भन्दा बढी अभिनेत्री, लेखक र निर्देशकले चलचित्र उद्योगमा हुने गरेको यौन शोषणविरुद्ध अभियान शुरु गरेका छन् ।

टाईम्स अप नामको अभियानले कार्यस्थलमा हुने यौन दुब्र्यहार विरुद्ध आवाज उठाउन आग्रह गरेपछि यो अभियान बिरुद्ध कलाकारहरु एक भएर अभियानमा लागीपरेका हुन् ।

चर्चित अभिनेत्रीहरुले अमेरिकी फिल्म निर्माता हार्भि विन्स्टनमाथि दुव्र्यहार र शोषणका बारे खुलासा गरेपछि सचेतनाका निम्ति सुरु गरिएको अभियानमा लाग्न समग्र कलाकारहरुलाई नै आग्रह गरेको बिबिसीले जनाएको छ । जसमा ओस्कार विजेता अभिनेत्री नातालिया पोर्टम्यान, एम्मा स्टोन, केट ब्लानचेट, ईभा लोन्गोरिया लगायत सुन्दरीहरु सक्रिय रहेका छन् ।

तपाईको प्रतिक्रिया