काठमाडौं -निर्वाचनमा पराजय भोगेपछि निर्वाचनको समिक्षा गर्न र आगामी रणनीति बनाउन राप्रपाको केन्द्रीय समिति बैठक आज बस्दैछ ।कमल थापाले निर्वाचनमा हार व्यहोर्नुको कारणसहित समिक्षात्मक प्रतिवेदन बैठकमा पेश गर्ने कार्यसूची रहेको बताइएको छ ।

अघिल्लो संसदमा राप्रपाका २५ सांसद रहेपनि प्रतिनिधिसभा निर्वाचनबाट एक सिटमा खुम्चिएको छ । यहि कारणले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समिक्षा नै बैठकको मुख्य एजेण्डा भएको बताइएको छ । बैठकमा महामन्त्रीले पेश गर्ने संगठनात्मक र कोषाध्यक्षले पेश गर्ने आर्थिक प्रतिवेदनमा पनि छलफल हुनेछ ।

तपाईको प्रतिक्रिया