एजेन्सी । दुई दिनअघि म्यानचेस्टर सिटी क्रिष्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको म्यानचेस्टर सिटीले घरेलु मैदानमा वाट्फोर्डलाई ३–१ ले हराएसँगै फेरी आफ्नो जितको यात्राको लयमा फर्किएको छ । इंग्लिस प्रिमियर लिग फुटबलको गएरातीको खेलमा म्यानचेस्टर सिटीले घरेलु मैदानमा वाट्फोर्डलाई ३–१ ले हराएको हो । उसका लागी वाट्फोर्डसँगको खेलमा म्यानचेस्टर सिटीको जितमा रहिम स्ट्रर्लिङ, क्रिष्टियन काबासेली ९आत्मघाती० र सर्जियो अग्युरोले गोल गरे । गएरातीको खेलमा स्ट्रर्लिङले खेल सुरु भएको ३८ औँ मिनेटमा नै गोल गर्दै पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीलाई सुरुवाति अग्रता दिलाएको खेल निकै रोमाञ्चक बनेको थियो । तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले १५ अंकको अग्रता कायम गरेको छ ।

तपाईको प्रतिक्रिया