विश्वमा लिलामीका सन्दर्भमा केही अनौठा घटना छन् । अझ सेलिब्रेटीले प्रयोग गर्ने गरेका वस्तु र ऐतिहासिक वस्तुहरु त करौडौंमा पनि लिलाम बिक्री हुने गरेका छन् । चर्चित पप गायिका ब्रिटनी स्पेयर्सले चपाएको जुठो चुइगम पनि लिलामीमा बिक्री भयो भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर यो साँचो हो की एक व्यक्तिले झण्डै १५ लाख रुपैयाँ बराबरको रकम खर्चेर उनको जुठो चुइगम खरीद गरेका थिए । एक वेबसाइटमार्फत् उनको चुइगम लिलामी भएको थियो । –एजेन्सी

तपाईको प्रतिक्रिया