नेपालगन्ज १८ पुस । नेपालगन्ज उपमहानगरपालिकाले मापदण्ड बिपरित सडकका डिभाइडरमा टांसिएका पर्चा पम्पप्लेट हटाउन सुरु गरेको छ । निरीक्षण शाखा प्रमुख पवन कनौजियाका अनुसार मगलबार कारकाँदो देखि धम्बोजी चोकसम्म विभिन्न कम्पनी तथा उद्योगिहरुले ब्यापारिक प्रायोजनका लागि टाँसेका पर्चा पम्पप्लेट हटाइएको हो । पटक पटक दिएको निर्देशन अटेरी गरेपछि उपमहानगरपालिकाले आफै अग्रसरता देखाएर पर्चा पम्पलेट हटाउन थालेको हो । हटाइएका पर्चा पम्पलेट कस्को कस्को भनेर पहिचान गरेर जरीवाना समेत गराइने कनौजियाले बताए । अटेर गर्नेलाई ५ सय देखि १५ हजार सम्म जरीवाना तिराइने उप महानगरपालिकाले जनाएको छ । अनावश्यक पर्चा पम्पलेटका कारण शहरको सुन्दरतालाई असर गरेको भन्दै नगरभित्र रहेका विना अनुमति राखेका सबै पर्चा पम्पलेटलाई हटाइने निरिक्षण शाखा प्रमुख कनौजियाले जनाए । क्याप्सन ः सडकका डिभाइडरमा टांसिएका पर्चा पम्पप्लेट हटाएर उपमहानगरपालिकामा राख्दै ।

तपाईको प्रतिक्रिया