नेपालगन्ज । बाँकेको खजुरामा महोत्सवको तयारी गरिरहदा आउने कलाकारको टुङगो लगेको छ । खजूरा गाउपालिकामा क्रियाशिल रहेको आधुनिक युवा सञ्जालको आयोजनामा खजूरा महोत्सव–२०७४ का लागी कलाकार छनोट गर्न काठमाडौ गएका सास्कृतिक सम्योजक तिलक गाउलेका अनुसार महानायक राजेश हमाल, गाएक प्रमोद खरेल, बद्रि पगेनि, रमेशराज भट्राई, चन्द्र शर्मा, गायिका ज्योती मगर, प्रिति आले, करिश्मा घर्ति, तृप्ती खड्का, मिरा गिरी, रेश्मा पुन, मोडेल शकर विसी, आरुसी मगर, रुविना अधिकारी निश्चित भैसकेको छ । महोत्सवकै लागी सुपरस्टार नायक अनमोल केसि, नायिका प्रेयंका कार्कि, सिताराम कट्टेल ‘धुर्मुस’, कुन्जना धिमिरे ‘सुन्तली’ र गायक पशुपति शर्मालार्य पनि ल्याउने प्रयास भैरहेको सास्कृतिक सम्योजक गाउलेले जनाए । हिन्दु र इस्लाम धर्मवलम्बीहरुको आस्थाको केन्द्रको रुपमा खजुरा एक नम्बरमा रहेको बाबाको मजार (बाबाकुट्टी) मा यहि माघ ३ देखि १० गते सम्म महोत्सव आयोजना गर्न लागिएको सञ्जालका अध्यक्ष तिलकवीर सुनारले जानकारी दिए । महोत्सवको सफलताका लागि अध्यक्ष सुनारको अध्यक्षतामा ५१ सदस्यीय मुल आयोजक समिति र ९ वटा उपसमिति गठन गरि सकिएको छ ।

तपाईको प्रतिक्रिया