सोल । दक्षिण कोरियाका राष्ट्रपतिद्वारा मुन जाय इनले उत्तर कोरियाली नेता किम जोन उनको सम्बोधनको स्वागत गरेका छन्। नयाँ वर्ष सन् २०१८ को अवसरमा उत्तर कोरियाली नेता उनले मङ्गलबार राष्ट्रका नाममा सम्बोधन गरेका थिए।

सो सम्बोधनका क्रममा उनले दक्षिण कोरियाले प्रस्ताव गरेको अन्तर कोरियाली खेलकूदमा सहभागिता जनाउने धारणा सार्वजनिक गरेका छन्। शिशिर ऋतुमा आयोजना गरिने खेलकूदमा सहभागिताका लागि दक्षिण कोरियाले उत्तर कोरियालाई पनि आग्रह गरेको थियो। दक्षिण कोरियाले यस शिशिर ऋतुमा आयोजना गरेको उक्त खेलकुदमा आफूहरु पनि सहभागी हुने धारणा उत्तर कोरियाली नेता किमले सार्वजनिक गरेका थिए।

त्यसैगरी नेता किमले गरेको सम्बोधनका क्रममा दक्षिण कोरियाली सरकारद्वारा गरिएको उत्तरसँगको वार्ताको प्रस्तावको पनि स्वागत गरिएको छ। हामी दक्षिण कोरियाले गरेको वार्ताको प्रस्तावलाई सकारात्मक रुपमा लिन्छौँ र सो वार्तामा हामी सहभागी हुनसक्छौँ, सो सम्बोधनमा भनिएको छ।

सो सम्बोधनको स्वागत दक्षिण कोरियाले गरेको हो । उक्त सम्बोधनपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तरका नेताले सहभागिता जनाउने भएपछि सो खेलकूदको तयारीलाई थप अघि बढाउने निर्देशन पनि दिएको बताइएको छ।

उक्त खेलकूद आगामी फेब्रुअरी महिनामा दक्षिण कोरियामा आयोजना गरिएको छ। शिशिर ऋतुमा आयोजना हुने सो खेलकूदमा उत्तरले सहभागिता जनाउनुलाई दक्षिणले भने उपब्लिध भएको भनेको छ।

त्यसैगरी दक्षिण कोरियाले गरेको वार्ताको प्रस्तावलाई पनि उत्तरले स्वीकार गरेको छ। दक्षिण कोरियाले आगामी फेब्रुअरी महिनामा द्विपक्षीय वार्ताको आह्वान गरेको थियो।

सो वार्ताको बारेमा उत्तरले केही बोलेको थिएन। तर यो सम्बोधनमा सो वार्तामा सहभागी हुने बताएपछि भने दक्षिण कोरियाली राष्ट्रपतिले वार्ताको तयारी गर्न अधिकारीहरुलाई निर्देशन पनि दिएका छन्।

तपाईको प्रतिक्रिया