ताजा खबर:- सौर्यमण्डलका ९ ग्रहले आफ्नो – आफ्नो तरिकाले हाम्रो जीवनलाई प्रभावित गरिरहेका हुन्छन् । ज्योतिष ,ग्रन्थ , धर्म , साइत , अनुसार जुन समयमा हामीले जन्म लिन्छौँ त्यहि समय अनुसार ग्रह – नक्षत्र मिलेर हाम्रो कुण्डली निर्धारित हुन्छ । यसै कुण्डलीका अनुसार हाम्रो आउने भविष्य निर्भर हुन्छ । यदि ग्रहको शुभ अशुभ प्रभावलाई कम गर्ने अथवा यसबाट बच्ने हो भने खास तिथि वा बारमा केहि चिजहरु घर ल्याउन हुन्न ।

हिन्दु धर्ममा शनिको साढे सातको भय सबैलाई रहन्छ , जब मानिसको जीवनमा नराम्रो हुन्छ त्यो बेला लाग्दछ उनीहरुलाई साढे सातको दशा लागिरहेको छ । बेला बेलामा ज्योतिषहरुले पनि शनिको दोषको बारेमा भनेका हुन्छन् तर यसबाट डराउनु पर्ने आवश्यकता पर्दैन । शनि देव न्याय र कानुनका देवता हुन् । आज हामी शनिबारका दिन कुन चिज घर ल्याउँदा अशुभ मानिन्छ जानकारी गराउन गइरहेका छौँ । यदि यी चिजलाई साढे सातका दशा या शनिको दोषबाट प्रभावित मानिसले शनिबारको दिन खरिद गरि घर ल्याएमा उनको भाग्य र काम दुवै बिग्रिन्छन् । यसकारण यी चिजहरुलाई खरिद गरि शनिबारको दिन कहिल्यै पनि घर ल्याउनु हुन्न ताकी शनिदेवको कृपाले राम्रो साथ मिलोस् ।

भेन्टा ,काली मिर्च :- शनिबारको दिन भेन्टा ,काली मिर्च खरिद गर्नु वा खानु दुवै अशुभ मानिन्छन् यसबाट बच्नु जरुरी छ ।

तेल :- तेललाई शनिको द्रव्य मानिन्छ यसदिन तोरीको तेल खरिद गर्न हुँदैन खरिद गरि घर ल्याएमा शनिको अशुभ सामना गर्नुपर्दछ ।

फलाम :- शनिबारको दिन फलाम खरिद गर्नु हुँदैन खासगरि यसलाई शनिको धातु मानिन्छ यस दिनमा फलाम खरिद गर्नु भन्दा दाम गर्नु अति उत्तम मानिन्छ ।

नुन:- शनिबारको दिन नुन खरिद गर्नु हुँदैन यस दिन नुन खरिद गरेमा आर्थिक हानि हुन्छ त्यसैले यस दिन दान गर्दा उत्तम मानिन्छ ।

मासको कालो दाल :- शनिबारको दिन मासको कालो दाल पनि खरिद गर्नु हुन्न यस दिनमा मासको कालो दाललाई पकाएर कुकूरलाई खुवाएमा राम्रो मानिन्छ ।

फर्निचरबाट बनेका सामान :-शनिबारको दिन फर्निचरबाट बनेका सामान वा बहान खरिद गर्नु हुँदैन अशुभ मानिन्छ ।

कालो कपडा :-शनिबारको दिन कालो कपडा खरिद गर्नु हुँदैन अशुभ मानिन्छ ।

तपाईको प्रतिक्रिया