काठामाडौँ । खाना खाने क्रममा घाँटीमा भात अड्किएर ज्यान गएको कहिल्यै सुन्नुभएको छ ? सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा घाँटीमा भात अड्किएर ६० वर्षीय टेकबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लालबन्दी–१ नवलपुरका उपेन्द्र चालिसेको निर्माणाधिन घरका कामदार तामाङले गएराति खाना खाने क्रममा गल लागेर मृत्यु भएको बताइएको छ । घटना गएराती १० बजेको हो । तामाङको घाँटीमा भातको गाँस अड्किएपछि उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो ।

तपाईको प्रतिक्रिया