पाल्पा । पाल्पामा आफ्नै छिमेकीले बाँदरलाई भनी हानेको गोली लागेर ६२ वर्षका धनबहादुर थापाको मृत्यु भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–६ मस्यामको छत्तीवन जंगलमा ३६ वर्षका बलबहादुर लम्तरीले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक चन्द्रबहादुर थापा मगरले जानकारी दिए । प्रहरी निरीक्षक चन्द्रबहादुर थापा मगरका अनुसार धनबहादुरको घटनास्थलमा नै ज्यान गएको हो । गोली हान्ने बलबहादुर पक्राउ परेका छन् ।

तपाईको प्रतिक्रिया