ताजा खबर:- अधिकांश मानिसको आम धारण छ कि हर्ट अट्याक कुनै ठूलो कारणले आउँछ । केवल ठूला गल्तीहरूको कारणले मात्र हर्ट अट्याक आउँछ भन्ने धारणा सही होइन । यहाँ हामी तपाईलाई केही यस्ता सामान्य कारणको बारेमा बताउँदैछौँ, जसको कारणले हर्ट अट्याक आउन सक्छ ।

निन्द्राको कमी- निन्द्राको कमीले रिस र थकावट बढ्छ तर यसबाट हर्ट अट्याकको आशंका बढ्छ । एक अध्ययनमा पत्ता लागेको छ कि जो मानिस ६ घण्टा भन्दा कम सुत्छ, उसलाई हर्ट अट्याक हुने सम्भावना ६-८ घण्टा सुत्ने मानिसको तुलनामा दुई गुणा बढी हुन्छ । कम निन्द्रा लिँदा ब्लड प्रेशर बढ्छ र यसबाट सूजन हुन्छ, जो हर्टको लागि राम्रो हुँदैन ।

माइग्रेन् हेडेक- जो मानिसहरूलाई माइग्रेन हुन्छ, उनीहरूलाई हर्ट अट्याक हुने आशंका जसलाई माइग्रेन हुँदैन उनीहरूको तुलना बढी हुन्छ । यदि अनौठो आवाज, प्रकाश र महसूसले हेडेक शुरु हुन्छ भने यसको सम्बन्ध हर्ट समस्या सँग हुनसक्छ ।

बिग र हेभी मील- बढी र हेभी मील लिनु अघि पहिले दुई पटक सोच्नुहोस् । तपाईको कम्मर र पेटमा फ्याट बढाउनुको साथै यसले हर्ट अट्याकको समस्या उत्पन्न गर्न सक्छ । यदि तपाई एकै पटकमा बढी खाना खानुहुन्छ भने यसले तपाईको शरीरमा स्ट्रेस हर्मोन नोरीपिन्फ्रिन(norepinephrine) बढ्छ । जसबाट ब्लड प्रेशर र हर्ट रेट बढ्छ, जो हर्ट अट्याकको ट्रिगर हुन्छ । फ्याटी मील्सले ब्लडमा फ्याट बढाउँछ, जसबाट ब्लड भेसल्स नोक्सान हुन्छ ।

बिहान चाँडो उठ्नु- बिहान उठ्ने समयमा शरीर डिहाइड्रेड रहन्छ । यस्तो अवस्थामा हर्ट अट्याकको आशंका बढ्छ ।

नेगेटिभ र पोजिटिभ इमोशन- अत्यधिक बढी खुशी र चिन्तित हुँदा पनि हर्ट अट्याक आउँछ । सरप्राइज पार्टी या लभ प्रपोजल या ग्राण्ड चिल्ड्रनको विवाहमा यस्तो अवस्था देखिन्छ ।

तपाईको प्रतिक्रिया