एजेन्सी । ब्राजिलियन फुटबल स्टार नेयमार जादुमयी फुटबेल खेल सँगसँगै प्रेमीका र रोमान्सका कारण पनि बेला बेलामा चर्चामा आउने गर्छन् । वर्ष २०१७ को अन्त्यमा बार्सिलोना छाडेर पीएसजी गएका पीएसजीका फरवार्ड नेयमारले पूर्व प्रेमिका ब्रुना माक्र्विजेनसँग फेरि सम्बन्धमा फर्किएका हुन् ।

यसअघि ३ पटक सम्म प्रेमीका ब्रुना माक्र्विजेनसँग ब्रेकअप गरेका उनले नयाँ वर्षमा नै सम्बन्ध सुधार गर्दै चुम्बन रोमान्समा लिप्त भएको भेटीए ।

ब्राजिलियन नायिकासँग उनले चुम्बन गरेको तस्विर सेयर गर्दै लेखेका छन्, ‘जब मैले तिमीलाई देखेँ, म तिम्रो अंगालोमा पुगिसकेको थिए लभ यु प्रेटिन्हा ।’ उनी प्रेमीका ब्रुना माक्र्विजेनसँग सन् २०१२ देखि सम्बन्धमा रहँदै आएका छन् ।

तपाईको प्रतिक्रिया