एजेन्सी । आफन्तको जन्मदिनमा पनि अनुहार लुकाएर कोही पाहुना पुग्छन् भने उनीहरुलाई तपाई के भन्नुहुन्छ ? यस्तै भएको छ भारतीय अभिनेता अर्जुन कपुरको ब्यक्तिगत जीवनमा पनि ।

अर्जुनकी आफ्नी बहिनी अंशुला कपुरको बर्थडे पार्टीमा कालो मास्क लगाएर अनुहार लुकाइ पुगेपछि उनलाई पार्टीमा देख्नेहरु नै चकित परे । अर्जुनले आफ्नो आउँदै गरेको फिल्म ‘संदीप और पिंकी फरार’काको लागि आफ्नो लुकमा केही परिवर्तन गरेको र त्यही लुक गोप्य राख्न मास्क लगाएको भारतिय मिडियाहरुले जनाएका छन् ।

आउँदै गरेको चलचित्रमा अर्जुन सुन्दरी नायिका परिणती चोपडासँग रोमान्स गरिरहेको बताइएको छ । जसको छायांकन केही प्रतिशत नेपालमा समेत गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया