काठमाडौँ । पछिल्लो समय चर्चामा रहेर पनि बेलायत जान खोज्दा खोज्दै नपाएकी नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । जसलाई बेलायतले दोस्रो पटक पनि भिसा दिन अस्वीकार गरेको छ ।

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ छायाँकनको लागी बेलायत जान खोजेकी साम्राज्ञी राज्यलक्ष्मी शाहलाई साम्राज्ञीको नामको कारण उनलाई बेलायत सरकारले भिसा नदिएको स्रोतले जनाएको छ । पहिलो पटक भिसा एप्लाई गर्दा उनको नाम र कागजातहरू बलियो नभएको कारण उनलाई भिसा नदिएको भनिएपनि बुझ्दै जाँदा उनको नामका कारण भिसा नपाएको रहस्य खुलेको हो ।

निर्देशक रेनशा वान्तवा राईको डेब्यु निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ छायाँकनको लागी बेलायत जान जपाएपछि चलचित्र निर्माण यूनिट र साम्राज्ञी अहिले ठूलो तनावमा रहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया