एजेन्सी –  बहुचर्चित बलिउड फिल्म टाइगर जिन्दा है’ले भारतीय वक्सअफिसमा २५० करोड भारू कमाइ गरेको छ। सलमान खान र कट्रिना कैफ अभिनित फिल्म टाइगर जिन्दा है’ले १० दिनमा २५० करोड भारू कमाइ गरेको बताइएको छ । खबर अनुसार फिल्मले अझै दुईसातासम्म ठूलो बलिउड फिल्म रिलिज नहुने भएकाले आगामी दिनमा पनि फिल्मको कमाइ राम्रो हुने विश्लेषण छ।सलमान र क्याटरिनाको जोडीलाई दर्शकहरूले फिल्ममा रूचाएका छन्।

सन् २०१२ मा रिलिज भएको कविर खान निर्देशित ‘एक था टाइगर’को सिक्वल फिल्मबाट सलमानले यसअघि रिलिज भएको ‘ट्यूबलाईट’बाट खस्किएको आफ्नो वक्सअफिस पावरलाई पुनस् लयमा फर्काउन सफल भएका छन्। यसपछि शाहरुख फिल्म भारतमा व्यस्त हुनेछन् ।

तपाईको प्रतिक्रिया