जुम्रिकाँडाका युवा गाउँमा बस्न छाडेको निकै भयो ।तर उनीहरु अरुजस्तै कमाउन राजधानी पसेका वा विदेशिएका होइनन् ।बरु गाउँम सडक पुर्याउन जंगलमै बास बस्न थालेका हुन् ।

नगरपालिकाले पदभार्गका लागि बजेट विनियोजन गरेपछि प्युठान नगरपालिका ५ जुम्रिकाँडा चान्जाका बासिन्दा यसरी सडक निर्माणमा जुटेका हुन् ।चान्जा जाने घोरेटो बाटोसमेत नहुँदा स्थानीयले दुःख पाएका थिए ।आजको कान्तिपुरमा यो खबर छ ।

नगरपालिकाले पदभार्ग निर्माणका लागि १२ लाख रुपैयाँ विनियोजन गरेपछि स्थानीयले मोटरसईकलसमेत गुडाउन मिल्ने गरी २ मिटर चौडा बाटो बनाउन थालेका हुन् ।,

तपाईको प्रतिक्रिया