डन्डीफोर आएमा पहिलो उपचार भनेको बेलाबेलामा फेसवास गर्ने नै हो । छालालाई तैलीय हुन नदिनका लागि बेलाबेलामा सफा पानी र आफूलाई सुट हुने खालको फेसवासको प्रयोग गरेर अनुहारलाई सफा राख्नुपर्छ ।

धेरै नै जटिल किसिमको डन्डीफोर आयो भने डाक्टरसँग सम्पर्क राखेर औषधिको प्रयोग गर्न सकिन्छ । रोगको प्रवृत्ति हेरेर एन्टिबायोटिकको प्रयोग गर्न सकिन्छ । तर, औषधिको प्रयोग गर्दा छालाको डाक्टरलाई देखाएर मात्र प्रयोग गर्नुपर्छ ।

साधारण डाक्टर र औषधि पसलेकोमा गएर उनीहले भने बमोजिमको औषधि खानु हुँदैन । डन्डीफोर आएपछि अनुहारमा दाग बस्छ । दाग बस्नु रोगको दोष होइन, त्यो भनेको आफ्नो औँलाका कारणले भएको हो । डन्डीफोर आउने बित्तिकै धेरैले ऐनामा हेरेर औँलाले कोट्याउन थाल्छन् ।

जसले गर्दा दाग बस्छ । त्यसैले डन्डीफोरलाई कोट्याउने निचोर्ने काम गर्नु हुँदैन । हातले छुँदा संक्रमणको सम्भावना हुने भएकाले यस्तो बानीलाई हटाउनुपर्छ । – एजेन्सी

तपाईको प्रतिक्रिया