काठमाडौं – शरीरका धेरै अंगले रोग लागेको प्रस्ट संकेत गर्छन्। ती मध्ये एक हो, हत्केला। हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे हामीले जानाकारी पाउन सक्छौँ।

नङ टुक्रनुः यदि हात–खुट्टाको नङ छिटोछिटो टुक्रिएको छ भने शरीरमा जिंकको कमी भएको मान्नुपर्छ। जिंकले नङमा नयाँ कोष बनाउन सहयोग गर्छ।

कत्ला आउनुः कहिले–काहीँ हाम्रो हत्केलामा कत्ला आएर हैरान हुन्छ। कत्ला आउँदा हामी शरीरमा नयाँ छाला आएको विश्वास गर्छौं। तर, भिटामिन र प्रोटिनको कमीले छाला उप्किने वा कत्ला आउने गर्दछ।

छाला सुख्खाः कहिले–काहीँ हातको छाला फुस्रो र सुख्खा हुन्छ। शरीरमा पर्याप्त भिटामिन नहुँदा छाला फुस्रो हुनेगर्छ। यस्तो बेला माछा र च्याउ खानाले फाइदा गर्छ।

हत्केला चिलाउँदाः मोस्चराइजेसन गर्दा पनि कहिले–काहीँ हात फुस्रो हुने र चिलाउने गर्छ। हात चिलाउने मानिसको हत्केलामा नराम्रा धर्सा देखिन्छन्। यस्तो अवस्थामा भिटामिन ई युक्त क्रिम प्रयोग गर्नुपर्छ।

नङ नरम हुनुः हातको नङ नरम भयो भने शरीरमा क्याल्सिमको कमी भएको बुझ्नुपर्छ। नङ सेतो हुने र बारम्बार भाँचिने गर्छ भने दूध, माछा, पालक साग जस्ता क्याल्सियमयुक्त खानेकुरा खानुपर्छ।

नङमा कालो दागः नङ फुलेर सेतो हुनु सामान्य लक्षण भए पनि कहिलेकाहीँ नङमा कालो दाग देखापर्छ। नङमा कालो दाग आएको छ भने, तत्कालै चिकित्सकलाई देखाउनुपर्छ। नङ कालो हुनु छालाको क्यान्सरको संकेत हुन सक्छ।

हत्केलामा रातो धब्बाः हातमा रातो धब्बा वा दाग आएको छ भने लिबरमा केही समस्या भएको हुनसक्छ। लिबरले काम गर्न छाडेपछि ब्लड सर्कुलेसन खराब हुन्छ र रक्त नलीमा रातो दागी देखिन्छ।

हत्केलामा पसिनाः स्ट्रेस र एक्टिभ थाइराइडका कारण शरीरको मेटाबोलिजम तीव्र हुन्छ, जसका कारण थप क्यालोरी उपभोग हुन्छ र ज्यादै पसिना आउँछ। बढी पसिना आइरह्यो भने चिकित्सकको सल्लाह लिनुपर्छ।स्वास्थ्य खबरपत्रिकामा खबर छ ।

हत्केला सुनिनुः हत्केला सुनिनु शरीरमा कोलेस्ट्रोलको मात्रा बढी भएको संकेत हो। कोलेस्ट्रोलले मुटुलाई असर गर्छ । तसर्थ, कोलेस्ट्रोल कम हुने खानेकुरा खानुपर्छ।

तपाईको प्रतिक्रिया