ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतुः,परिधावी नाम संवत्सर,शाके १९४१,सम्वत २०७६ साल जेठ ९ गते विहिबार नेपाल सम्बत ११३९ वछलागा,सन् २०१९ मे २३ तारिक कृष्णपक्ष पञ्चमी तिथि राती ४ वजेर २७ मिनेटसम्म,पूर्वषाढा नक्षत्र विहान ६ वजेर १ मिनेटसम्म, शुभयोग,कौलवकरण,आनन्दादियोग धाता,सूर्य वृष राशीमा,चन्द्रमा मध्यान्ह १२ वजेर २८ मिनेटसम्म धनु उप्रान्त मकर राशीमा ।

मुहूर्त अशुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३३ वजेबाट मध्यान्ह १२÷२७ वजेसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः–विहान ८÷३६ वजेबाट १०÷१८ वजेसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–अपरान्ह १÷४२ वजेबाट ३÷२४ वजेसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान ५÷१३ वजेबाट ६÷५४ वजेसम्म रहनेछ । अशुभ दूरमुहूर्तः– विहान ९÷४५ वजेबाट १०÷३९ वजेसम्म र अपरान्ह ३÷११ वजेबाट ४÷५ वजेसम्म रहनेछ ।

बार वेला सूर्योदयबाट प्रातः ६÷५४ वजेसम्म शुभ वेला,६÷५४ वजेबाट ८÷३६ वजेसम्म रोग वेला,८÷३६ वजेबाट १०÷१८ वजेसम्म उद्वेग वेला,१०÷१८ वजेबाट १२ वजेसम्म चर वेला,१२ वजेबाट १÷४२ वजेसम्म लाभ वेला,१÷४२ वजेबाट ३÷२४ वजेसम्म अमृत वेला,३÷२४ वजेबाट ५÷६ वजेसम्म काल वेला र ५÷६ वजेबाट सूर्यास्तसम्म शुभ वेला रहनेछ ।
बार वेला
सूर्यास्तबाट ८÷७ वजेसम्म अमृत वेला,८÷७ वजेबाट ९÷२५ वजेसम्म चर वेला,९÷२५ वजेबाट १०÷४३ वजेसम्म रोग वेला,१०÷४३ वजेबाट १२÷१ वजेसम्म काल वेला,१२÷१ वजेबाट १÷१९ वजेसम्म लाभ वेला,१÷१९ वजेबाट २÷३७ वजेसम्म उद्वेग वेला,२÷३७ वजेबाट ३÷५५ वजेसम्म शुृभ र ३÷५५ वजेबाट सूर्योदयसम्म अमृत वेला रहनेछ ।
शुभाशुभ

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।

Aries

पूर्वाद्ध भन्दा उत्तराद्र्ध बढि अनुकुल देखिन्छ । आत्म विश्वास बढ्नेछ । रोकिएका काम अगाडि बढ्ने छन् । पुण्यका काम हुनेछन् । बैदेशिक कामबाट लाभान्वित हुनुहुनेछ । दूर्जनहरुको पलायन हुनेछ ।

Taurus

खानपानका कारण स्वास्थ्य कमजोर बन्नेछ । कार्य शिथिलता बढ्ला । व्यापारमा गिरावट आउनेछ । अपरान्हबाट समयमा सामान्य सुधार आउनेछ । मानसिक तनावमा कमि आउनेछ ।

Gemini

दिन प्रतिकुल हुदैछ समयको सदुपयोग गरेर काम गर्नु होला । पूर्वान्हमा व्यापारबाट सामान्य आम्दानी हुनेछ । दाम्पत्य जीवनमा खुशि छाउनेछ । मध्यान्हबाट खर्च तथा काममा अवरोध आउनेछ ।

Cancer

कार्य सम्पादनमा सामान्य समस्या आउन सक्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । मनबाट भ्रम हटेर जानेछ । मध्यान्हबाट समयले बढि साथ दिनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्ने देखिन्छ ।

Leo

संघर्ष गरेर अगाडि बढ्नु पर्ने देखिन्छ । पढाई लेखाईमा सामान्य सुधार आउनेछ । परिवारबाट सहयोग पाईनेछ । व्यापार व्यवसायबाट आँशिक लाभ हुनेछ । विरोधी सक्रिय हुनेछन् ।

Virgo

भेटघाटमा समय बढि खर्च हुनेछ । गरेका कामबाट उपलब्धि कम हासिल हुने देखिन्छ । काम गर्ने जोश जागर घट्नेछ । व्यापार व्यवसायमा सामान्य प्रगति होला । सहयोग कमै मिल्नेछ ।

Libra

कार्य लगनशिलता विस्तारै घट्नेछ । समयमा गरेका अधिकाँश काम सम्पादन हुनेछन् । आर्थिक क्षेत्रमा उन्नति हुनेछ । अपरान्हबाट समयले कम साथ दिनेछ । अनावस्यक खर्च बढ्नेछ । व्यापार घट्नेछ ।

Scorpio

पूर्वाद्ध भन्दा उत्तराद्र्ध समय बढि अनुकुल देखिन्छ । व्यापारमा क्रमिक सुधार आउनेछ । लगनशिल भई गरेरमा धेरै क्षेत्रमा सफलता मिल्नेछ । नोकरी तथा राजनीतिबाट लाभ लिन सकिनेछ ।

Sagittarius

शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । काममा ढिला सुस्ति नगर्नु होला अपरान्हबाट समयले कम साथ दिनेछ । धन दिने काम नगर्नु होला ।

Capricorn

विरोधीबाट काममा अवरोध आउन सक्छ सर्तक रहनुहोला । व्यापारबाट सोचे जस्तो लाभ हुने छैन । काम गरेर जश मिल्ने छैन । फजुल खर्च बढ्नेछ । अपरान्ह देखि समय थोरै अनुकुल हुनेछ । कुम्भः–

Aquarius

पूर्वान्हमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । पारिवारिक सुख मिल्नेछ । शत्रुका कारण लाभ हुने देखिन्छ । अपरान्हबाट समयले कम साथ दिनेछ । खर्च विवाद बढ्नेछ ।

Pisces

पूर्वान्हको तुलनामा अपरान्ह बढि अनुकुल देखिन्छ । अवरुद्ध कामहरु अगाडि बढ्ने छन् । काम गर्दा सामाजिक प्रतिष्ठा बढ्नेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।

Comments