ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,परिधावी नाम संवत्सर,शाके १९४१,सम्वत २०७६ साल वैशाख १५ गते रविबार नेपाल सम्बत ११३९ चौलागा,सन् २०१९ अप्रिल २८ तारिक कृष्णपक्ष नवमी तिथि साँझ ७ वजेर ५२ मिनेटसम्म,धनेष्ठा नक्षत्र अहोरात्र,शुक्लयोग,तैतिलकरण,आनन्दादियोग मातङ्ग,सूर्य मेष राशीमा,चन्द्रमा अपरान्ह ४ वजेर १९ मिनेटसम्म मकर उप्रान्त कुम्भ राशीमा ।

मुहूर्त – शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३५ वजेबाट मध्यान्ह १२÷२८ वजेसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः–अपरान्ह ३÷१८ वजेबाट ४÷५७ वजेसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–अपरान्ह ४÷५७ वजेबाट ६÷३५ वजेसम्म रहनेछ । अशुभ यमघण्टायोगः–मध्यान्ह १२÷२ वजेबाट अपरान्ह १÷४० वजेसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–अपरान्ह ४÷५० वजेबाट ५÷४२ वजेसम्म रहनेछ ।

बार वेला – सूर्योदयबाट प्रातः ७÷८ वजेसम्म उद्वेग वेला,७÷८ वजेबाट ८÷४६ वजेसम्म चर वेला,८÷४६ वजेबाट १०÷२४ वजेसम्म लाभ वेला,१०÷२४ वजेबाट १२÷२ वजेसम्म अमृत वेला,१२÷२ वजेबाट १÷४० वजेसम्म काल वेला,१÷४० वजेबाट ३÷१८ वजेसम्म शुभ वेला,३÷१८ वजेबाट ४÷५७ वजेसम्म रोग वेला र ४÷५७ वजेबाट सूर्यास्तसम्म उद्वेग वेला रहनेछ ।

बार वेला – सूर्यास्तबाट ७÷५७ वजेसम्म शुभ वेला,७÷५७ वजेबाट ९÷१९ वजेसम्म अमृत वेला,९÷१९ वजेबाट १०÷४१ वजेसम्म चर वेला,१०÷४१ वजेबाट १२÷३ वजेसम्म रोग वेला,१२÷३ वजेबाट १÷२५ वजेसम्म काल वेला,१÷२५ वजेबाट २÷४७ वजेसम्म लाभ वेला,२÷४७ वजेबाट ४÷८ वजेसम्म उद्वेग र ४÷८ वजेबाट सूर्योदयसम्म शुभ वेला रहनेछ । शुभाशुभ“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।

Aries

मेषः– दिन अनुकुल देखिन्छ । गरेका काम बन्नेछन । व्यापार व्यवसायमा शुभ संकेत देखिने छन् । आयको दृष्टिले मध्यान्ह पछिको समय बढि अनुकल देखिन्छ । अवसरको खोजी हुनेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

Taurus

वृषः– पूर्वान्ह समय ठीकै ठीकै देखिन्छ । ढिलो गरि काम सम्पन्न हुनेछन् । अपरान्हबाट समयले बढि साथ दिनेछ । गरेका काममा बढि सफलता मिल्नेछ । काम गर्ने जोश जागर बढ्नेछ । इज्जत प्रतिष्ठा बढ्नेछ ।

Gemini

मिथुनः– गरेका अधिकाँश काममा असफलता मिल्नेछ । आफ्ना आन्तरिक कुरा नखोल्नु होला र अरुबाट सहयोगको अपेक्षा नराख्नु होला उल्टो सहयोग गर्ने छन् । व्यापार घट्न सक्छ । आयको तुलनामा खर्च बढि हुने देखिन्छ ।

Cancer

कर्कटः– काममा विलम्व नगर्नु होला समयमा गरेका काम सफल हुनेछन् । व्यापारबाट आम्दानी बढ्नेछ । विशेष गरेर मध्यान्ह पछिको समय प्रतिकुल बन्नेछ । अन्तिम चरणमा पुगेका काम पनि स्थगित हुनेछन् । स्वस्थ्यमा समस्या आउन सक्छ ।

Leo

सिंहः– पुराना समस्या सुल्झिने छन् । विवादको अन्त्य हुनेछ । आफ्नो कामलाई प्राथमिकता दिनु होला । विशेष गरेर अपरान्हबाट समयले बढि साथ दिनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । नजिकका व्यक्तिबाट सहयोग मिल्नेछ ।

Virgo

कन्याः– अन्योलमा नपर्नु होला । समयमा निर्णय लिने कोशिस गर्नु होला । विरोधीको बक्रदृष्टि पर्ने हुदा काममा सतर्क रहनु होला । संघर्ष नगरि काम सफल हुनेछैनन । आर्थिक कारोवार गर्दा विचार प¥याउनु होला । अल्प लाभ हुनेछ ।

Libra

तुलाः– समस्यबाट पूर्ण मुक्ति नमिल्न सक्छ । साथी भाईको आशा र भरोसामा काम नगर्नु होला उल्टो गुमाउने अवस्था आउन सक्छ । काम काजमा विलम्ब हुनेछ । अवसर गुम्ने देखिन्छ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । यात्रामा कठिनाई उत्पन्न हुनसक्छ ।

Scorpio

वृश्चिकः– पूर्वान्हकालमा गरेका अधिकाँश काम सफल हुनेछन् समयको सदुपयोग गर्नु होला । अपरान्हबाट समयले कम साथ दिनेछ । पारिवारिक समस्या बढ्ने छन् । काम गरेर जश पाईने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ ।

Sagittarius

धनुः– पूर्वान्हमा आर्थिक कारोवार नगर्नु होला समस्या बढि हुनेछ । अपरान्हबाट समयले थोरै साथ दिनेछ । काम गर्ने जोश जागर विस्तारै बढ्नेछ । परिवारजनको सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट लाभ हुनेछ । आफन्तको सहयोग मिल्नेछ ।

Capricorn

मकरः– मध्यान्ह पूर्वको समय थोरै अनुकुल रहेको छ भने अपरान्हको समय मध्यम रहेकोछ । सहयोगको सम्भावना क्षिण देखिन्छ । धन लगानी हुने ठाँउ गलत पर्न सक्छ । प्रयत्न गरे सफलता मिल्नेछ । आफन्तका कारण बदनाम हुनसक्छ सतर्क रहनु होला ।

Aquarius

कुम्भः– मध्यान्ह सम्म समय बढि नै प्रतिकुल देखिन्छ । आर्थिक कारोवार नगर्नु होला । अपरान्ह पछि समयमा सुधार आउनेछ । इच्छित काममा सफलता मिल्नेछ । व्यापारबाट आम्दानी बढ्नेछ । उद्योग पराक्रम बढ्नेछ ।

Pisces

मिनः– कुनै काम गर्नु छ भने पूर्वान्हमा गर्नु होला । अपरान्ह देखि समय प्रतिकुल हुनेछ । खर्च बढि उपलब्धि कम हात लाग्नेछ । अनावस्यक विषय वस्तुमा समय बढि खर्च हुनेछ । झुट्टा कुराले पिरोल्नेछ । व्यापारमा गिरावट आउनेछ ।

Comments