ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,परिधावी नाम संवत्सर,शाके १९४१,सम्वत २०७६ साल वैशाख १३ गते शुक्रबार नेपाल सम्बत ११३९ चौलागा,सन् २०१९ अप्रिल २६ तारिक कृष्णपक्ष सप्तमी तिथि दिउँसो ४ वजेर १३ मिनेटसम्म,उत्तरषाढा नक्षत्र राती ० वजेर ४१ मिनेटसम्म,साध्ययोग,बवकरण,आनन्दादियोग आनन्द,सूर्य मेष राशीमा,चन्द्रमा मकर राशीमा ।

मुहूर्त -शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३६ वजेबाट मध्यान्ह १२÷२८ वजेसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः–विहान ७÷८ वजेबाट ८÷४६ वजेसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–विहान १०÷२४ वजेबाट मध्यान्ह १२÷२ वजेसम्म रहनेछ । अशुभ यमघण्टायोगः–अपरान्ह ३÷१७ वजेबाट ४÷५५ वजेसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–विहान ८÷७ वजेबाट ८÷५९ वजेसम्म र मध्यान्ह १२÷२८ वजेबाट अपरान्ह १÷२० वजेसम्म रहनेछ ।

बार वेला – सूर्योदयबाट प्रातः ७÷८ वजेसम्म चर वेला,७÷८ वजेबाट ८÷४६ वजेसम्म लाभ वेला,८÷४६ वजेबाट १०÷२४ वजेसम्म अमृत वेला,१०÷२४ वजेबाट १२÷२ वजेसम्म काल वेला,१२÷२ वजेबाट १÷४० वजेसम्म शुभ वेला,१÷४० वजेबाट ३÷१७ वजेसम्म रोग वेला,३÷१७ वजेबाट ४÷५५ वजेसम्म उद्वेग वेला र ४÷५५ वजेबाट सूर्यास्तसम्म चर वेला रहनेछ ।

बार वेला – सूर्यास्तबाट ७÷५६ वजेसम्म रोग वेला,७÷५६ वजेबाट ९÷१८ वजेसम्म काल वेला,९÷१८ वजेबाट १०÷४० वजेसम्म लाभ वेला,१०÷४० वजेबाट १२÷२ वजेसम्म उद्वेग वेला,१२÷२ वजेबाट १÷२५ वजेसम्म शुभ वेला,१÷२५ वजेबाट २÷४७ वजेसम्म अमृत वेला,२÷४७ वजेबाट ४÷९ वजेसम्म चर र ४÷९ वजेबाट सूर्योदयसम्म रोग वेला रहनेछ । शुभाशुभ “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।

Aries

मेषः– आफुले चाहेको काम गर्न सकिनेछ । आफ्नो काममा आफै अग्रसर भएर लाग्नु होला । कार्य प्रगति राम्रो रहनेछ । काम गर्ने जोश जागर बढ्ने छ । कार्य गोपनियता अप्नाउनु होला ।

Taurus

वृषः– भ्रमित नभई काम गर्नू आवस्यक छ । बाहिरी कामको अलमल बढि हुनेछ । धार्मिक विश्वास बढ्नेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछ ।

Gemini

मिथुनः– काम कुरा एकातिर कुम्लो बोकि ठिमीतिर,आज यस्तै यस्तै हुने देखिन्छ । आफुले सोचेका कामले प्राथमिकता पाउने छैन । काम गर्ने जोश जागर घट्नेछ । चिन्ताले छाड्ने छैन ।

Cancer

कर्कटः– कर्म क्षेत्रबाट बाहिर जादा अवसर गुम्नेछ । काम गर्न आलटाल नगर्नु होला आफैलाई घाटा हुनेछ । आर्थिक कारोवारबाट समान्य सन्तुष्टि मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुने देखिन्छ ।

Leo

सिंहः– घमण्डलाई त्यागेर काम गर्नु होला । अनावस्यक काममा विवाद गरेर कुनै फाइदा हुने छैन । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । विरोधीसँगको लडाईमा विजय प्राप्त हुनेछ ।

Virgo

कन्याः– धन भन्दा श्रम लगानी बढि गर्नु होला । कहि कतैबाट काममा अवरोध आउन सक्छ सतर्क रहनु होला । बाहिरी कुराले वढि पिरोल्ने छ । समयलाई बुझ्न नसक्दा कार्य विमुख हुुने अवस्था आउन सक्छ ।

Libra

तुलाः– सुख,शाििन्तमा कमि आउनेछ । शरीरिमा रोग व्याधिको.प्रकोप रहनेछ । भौतिक सम्पतिको नास हुन सक्नछ । घरयासी कुराले बढि सताउने छ । आलोचना बढ्ने छ । नोकरीबाट भने सन्तुष्टि मिल्नेछ ।

Scorpio

वृश्चिकः– कार्य क्षमता बढ्नेछ । अधिकाँश काम आफैबाट टुङ्गो लाग्नेछन् । आर्थिक कारोवारमा सुधार आउनेछ । नोकरी तथा राजनीतिमा नयाँ जिम्मेवारी थपिनेछ । व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ ।

Sagittarius

धनुः– स्वास्थ्यमा लगानी बढ्न सक्छ । रुघा,खोकी दमले सताउन सक्छ । आर्थिक कारोवार गडबढिन सक्छ सतर्क रहनु होल । आफन्त बनेर धोका दिन सक्छन् होशियार रहनु होला । बोलिको प्रभाव कम पर्नेछ ।

Capricorn

मकरः– काममा देखिएका समस्या समाधान भएर जाने छन् । दैनिक काम काजमा प्रगति राम्रो हुनेछ । तनावमा कमि आउनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आम्दानी खर्च बरावरै जस्तो हुनेछ ।

Aquarius

कुम्भः– प्रतिकुल परिस्थितिमा काम गर्नु पर्ला । गरेका कामबाट उचित प्रतिफल पाईने छैन । व्यर्थको गुमाई फिराई बढि हुनेछ । आर्थिक कारोवारमा खासै प्रगति हुने देखिन्न । स्वास्थ्यमा समस्या आउन सक्छ ।

Pisces

मिनः–कार्य क्षमता घट्ने छैन । स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ । गरेका काम अधिकाँश सफल हुनेछन् । साथी भाई इष्टमित्र परिवारजनबाट सहयोग सहानुभूति मिल्नेछ । बक्यौता रकम उठाउने प्रयत्न गर्नु होला ।

Comments