चितुवाको आक्रमणमा परी शनिबार साँझदेखि बेपत्ता भएकी बालिकाको शव फेला

चितुवाको आक्रमणमा परी शनिबार साँझदेखि बेपत्ता भएकी बालिकाको शव फेला
बैतडी, १९ भदौ । चितुवाको आक्रमणमा परी शनिबार साँझदेखि बेपत्ता भएकी बालिकाको शव आज फेला परेको छ । उदयदेव–२ कफाडीका हिरा चन्दकी चार वर्षीया छोरी अञ्जलीलाई चितुवाले शनिबार आक्रमण गरी लगेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बालिकाको शव घरदेखि कर...

खाल्डो खनेर गाड्ने तयारी गरिरहेको अवस्थामा शिशु रोएपछि (भिडियो सहित)

खाल्डो खनेर गाड्ने तयारी गरिरहेको अवस्थामा शिशु रोएपछि (भिडियो सहित)
ताजाखबर। मृत्यु भएको भन्दै खाल्डो खनेर गाड्ने तयारी गरिरहेको अवस्थामा रोएपछि एक नवजात शिशुले जीवन पाएका छन् । शुक्रबार दिउँसो ३ बजेतिर जन्मिएको शिशुले धेरै बेरसम्म हुने प्रतिक्रिया जनाएपछि रुकुमको एक दम्पतीले मरेको ठहर गर्दै नेपालगन्ज–१७, बुलबुलियास्थित घाट पुर्‍याएका थिए । ...

महिला हिंसाका घटना बढे पनि उजुरी घट्दो

महिला हिंसाका घटना बढे पनि उजुरी घट्दो
ललितपुर, १९ भदौ । महानगरीय प्रहरी परिसर ललितपुर, महिला तथा बालबालिका सेवा केन्द्रमा महिला हिंसाका उजुरी दर्तामा अघिल्लो वर्षभन्दा कमी आएको छ । आव २०७२÷७३ मा अघिल्लो वर्षभन्दा झन्डै एक सय कम उजुरी दर्ता भए । पहिले प्रहरीकहाँ गएर मात्रै घटना अदालतमा जाने भए पनि अहिले सोझै अदालतमा ...

व्रत सकिएपछि के खाने, के नखाने ?

व्रत सकिएपछि के खाने, के नखाने ?
डा. सवीर खाँ होमियोचिकित्सक पशुपति होमियोप्याथी, पुल्चोक दिनभरको व्रत सकिएपछि पनि तिजको दिन बेलुका अन्न नखाने धार्मिक मान्यता छ । व्रतको दिन बेलुका फलफूल र झोलयुक्त पदार्थ भने खान धार्मिक छुट छ । दिनभरको भोकपछि थकित शरीरमा समन्वय हुने गरी खान जानिएन भने तत्काल जटिल समस्या पनि ...

चितुवाको आक्रमणबाट १४ वटा भेडा मरे

चितुवाको आक्रमणबाट १४ वटा भेडा मरे
म्याग्दी १९ भदौ । म्याग्दीको चिमखोलाको दहबुकीमा चितुवाको आक्रमणबाट एउटै गोठका १४ वटा भेडा मरेका छन् । चिमखोला–१ नामिलाका यमबहादुर बुढाको गोठमा शनिबार राति चितुवाले आक्रमण गरेर भेडा मारेको हो । १४ भेडा मरेको र ६ वटा घाइते भएको कृषक बुढाले बताउनुभयो । छ वटाको समूहमा आएका चितुवाल...

सुरक्षित तरिकाले तिज मनाउन…

सुरक्षित तरिकाले तिज मनाउन…
प्रद्युम्न कार्की प्रहरी उपरीक्षक तिज नेपाली महिला दिदीबहिनीले निकै उत्साहसाथ मनाउँछन् । बिहानैदेखि व्रत बसेर शिव मन्दिरमा पूजा तथा नाचगान गरी यो पर्व मनाइने प्रचलन छ । तिजको दिन महिला दिदीबहिनीमा नयाँ डिजाइनको कपडा तथा गहना लगाउने पनि प्रतिस्पर्धा नै हुन्छ । बहुमूल्य गहना लगाउ...

कारखानाबाट सिधै ५ हजारमा लाइसेन्स !

कारखानाबाट सिधै ५ हजारमा लाइसेन्स !
तनहुँ – तनहुँ प्रहरीको टोलीको नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउने एक समूहलाई पक्राउ गरेको छ । पृथ्वी राजमार्गअन्तर्गत कोत्रेमा जाँचका क्रममा शंका लागेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नक्कली लाइसेन्स बनाउन सक्रिय दुई अभियुक्त र तीन प्रयोगकर्तालाई पक्राउ गर्न ...

गैरकानुनी रुपमा बस्ने पर्यटक बढे

गैरकानुनी रुपमा बस्ने पर्यटक बढे
काठमाडौं – पोखरामा गैरकानुनी रुपमा बस्ने पर्यटकको संख्या बढेको छ । लामो समय पोखरा बसेका पर्यटकको गतिविधि अनुगमन नगर्दा यो अवस्था आएको पर्यटन व्यवसायीले बताएका छन् । अध्यागमन कार्यालय पोखराको आयोजनामा स्थानीय पर्यटन व्यवसायीसँग भएको अन्तरक्रिया पश्चिमाञ्चल क्षेत्रीय होटल संघका ...

सरकारी स्वास्थ्य संस्था आइएनजिओलाई ठेक्का

सरकारी स्वास्थ्य संस्था आइएनजिओलाई ठेक्का
काठमाडौं, भदौ १९ - सरकारी संरचनामा बनेका चारवटा स्वास्थ्य संस्था गैरसरकारी संस्थालाई ठेक्कामा सञ्चालन गर्न दिइएको छ। सरकारले दुई वटा स्वास्थ्य संस्था राष्ट्रिय तथा दुई वटा स्वास्थ्य संस्था अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई ठेक्कामा दिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। ती...

भान्साघरमा ग्यास चुहावटभई आगलागी हुँदा हुँदा छ घाइते

भान्साघरमा ग्यास चुहावटभई आगलागी हुँदा  हुँदा छ घाइते
धनगढी, १८ भदौ । कैलाली जिल्लाको पूर्वी क्षेत्र पथरैया गाविस वडा नं १ मा स्थानीय एक परिवारको भान्साघरमा रहेको ग्यास सिलिन्डरबाट ग्यास चुहावट भई आगलागी हुँदा छजना घाइते भएका छन् । टीकापुर इलाका प्रहरी कार्यालयका अनुसार कलावती जैसीको भान्सामा रहेको ग्यास चुहावट हुँदा कलावतीसहित ...