मुटुरोगी लिम्बुलाई मनकारी मन भएकाहरुले १ लाखभन्दा बढी सहयोग गरे

मुटुरोगी लिम्बुलाई मनकारी मन भएकाहरुले १ लाखभन्दा बढी सहयोग गरे
इलाम, २८ चैत- किरात याक्थुम चुम्लुङ जिल्ला शाखा इलामले सोयाक गाविसका मुटुरोगी बुद्धराज लिम्बूलाई रु एक लाखभन्दा बढी आर्थिक सहयोग प्रदान गरेको छ । मुटुरोगबाट थलिएका लिम्बूलाई उपचारार्थ शाखाले रु एक लाख १५ हजार ८२१ सहयोग प्रदान गरेको हो । शनिबार इलाम सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी चुम्लुङको इजरायल शाखाबाट प्राप्त रु एक लाख र माङ्गेना चेली समूह गोङ्गबु काठमाडौँबाट प्राप्त रु १५ हजार ८३१ गरी...

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
झापा, २८ चैत- को ९ प ९६५० नंको मोटरसाइकलको ठक्करबाट झापामा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचगाछी–४ निवासी ८५ वर्षीय वृद्ध कञ्चन ताजपुरिया रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ताजपुरियालाई पाँचगाछी–५ स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मोटरसाइकलले शनिबार साँझ ठक्कर दिएको थियो । पैदल हिँडिरहेका उनलाई मोटरसाइकलले ठक्कर दिएलगत्तै उपचारका लागि दमक...

नेपाल औषधी व्यवसायी संघको पोखरामा अन्तरक्रिया

नेपाल औषधी व्यवसायी संघको पोखरामा अन्तरक्रिया
पोखरा, २८ चैत- नेपाल औषधी व्यवसायी संघ गण्डकी अञ्चल शाखाले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान, अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेको छ । संघको वार्षिक कार्यक्रम अन्तर्गत प्रकाशित नयाँ वर्षको क्यालेन्डर पनि उक्त अवसरमा बिमोचन गरिएको शाखा अध्यक्ष यामनाथ पौडेलले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल औषधी व्यवसायी संघका केन्द्रीय सदस्य रामचन्द्र रेग्मीले संघको गण्डकी शाखा सामाजिक गत...

श्रीमानलार्इ ऋणको भारी बोकाएर अर्कैसँगै भाग्ने महिला

श्रीमानलार्इ ऋणको भारी बोकाएर अर्कैसँगै भाग्ने महिला
काठमाडौं, चैत २८ । श्रीमान् विदेशमा रहेको समयमा सहकारी र व्यक्तिबाट ऋण लिएर अर्कै पुरुषसँग भाग्ने खोटाङकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। नागरिक दैनिकमा समाचार छ। ऋण लिएर अर्कै पुरुषसँग भागेकी दिक्तेल नगरपालिका-८ की ३५ वर्षीया सुजता राईलाई प्रहरीले पक्राउ गरेको हो। उनका श्रीमान् रोजगारीका सिलसिलामा दुई वर्षदेखि मलेसियामा छन्। महुली सहकारी संस्था, डिप्रोस सहकारी संस्था र गाउँका स्थानीयसँ...

अनियमितता रोक्न खोज्ने एलडीओको सरुवा

अनियमितता रोक्न खोज्ने एलडीओको सरुवा
रोल्पा, चैत २८ - जिल्ला प्राविधिक कार्यालयले सडक मर्मत गर्न गरेको टेन्डर प्रक्रियामा अनियमितता भएको आशंका गर्दै सहमति जनाउन अस्वीकार गरेका रोल्पाका स्थानीय विकास अधिकारी (एलडीओ) को सरुवा भएको छ। कान्तिपुर दैनिकमा समाचार छ। एलडीओ गेहेन्द्रवहादुर डाँगीलार्इ स्थानीय विकास मन्त्रालयले फिर्ता बोलाएको हो। ‘टेन्डरमा मैले हस्ताक्षर गर्न नचाहेपछि यो अवस्था आएको हो,’ जिविसले आयोजना गरेको नियमित पत्रकार भ...

नेपालमै पहिलो पटक खुल्दैछ वन्यजन्तुका लागी अस्पताल : जहाँ घाइते, टुहुरा र अपाङ्गको उपचार गरिने

नेपालमै पहिलो पटक खुल्दैछ वन्यजन्तुका लागी अस्पताल : जहाँ घाइते, टुहुरा र अपाङ्गको उपचार गरिने
काठमाडौं, चैत २८ ।  वन्यजन्तुको उपचार र उद्धारका लागि चितवनको आँपटारीमा वन्यजन्तु अस्पताल निर्माण हुने भएको छ।  घाइते, टुहुरा, अपाङ्ग तथा समस्याग्रस्त वन्यजन्तुको उपचार र व्यवस्थापन गर्ने उदेश्यले दियालो बंगलासँगै जोडिएको क्षेत्रमा वन्यजन्तु अस्पताल बनाउने तयारी गरिएको हो। यस्तो अस्पताल मुलुककै पहिलो हुनेछ। चितवन मेडिकल कलेजले भवनसमेत निर्माण गरेर हाल प्रयोगविहीन अवस्थामा रहेको संरचनालाई अस्पता...

ठमेल, दरबारमार्ग लगायत पर्यटकीय क्षेत्रमा सांस्कृतिक कार्यक्रम गर्न निषेध

ठमेल, दरबारमार्ग लगायत पर्यटकीय क्षेत्रमा सांस्कृतिक कार्यक्रम गर्न निषेध
काठमाडौं, चैत २८ । सरकारले ठमेल, दरबारमार्गलगायत पर्यटकीय क्षेत्र वरपर आवागमनमा अवरोध पुग्ने गरी 'सार्वजनिक स्थल'मा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न निषेध गरेको छ। पर्व मनाउने नाममा शान्तिसुरक्षा र सवारी आवागमनमा अवरोध पुग्ने गरेको निष्कर्ष निकाल्दै महानगरीय प्रहरी र काठमाडौं जिल्ला प्रशासन कार्यालयले आम सर्वसाधारणको आवागमनमा अवरोध पुग्ने गरी कुनै पनि संस्कृतिक कार्यक्रम, भोजभतेर, होहल्लालगायत...

चोरबाटोबाटै क्यासिनोमा छिर्छन् नेपाली

चोरबाटोबाटै क्यासिनोमा छिर्छन् नेपाली
काठमाडौं, चैत २८ । राजधानीका क्यासिनोहरूले चोरबाटोबाट नेपालीलाई जुवा खेलाउने गरेका छन्। भारतीय निर्वाचन आयोगको नक्कली परिचयपत्रका आधारमा क्यासिनोले नेपालीलाई जुवा खेलाउने गरेका हुन्। नयाँ पत्रिका दैनिकमा समाचार छ। प्रहरी बनेर ठगी गरेको आरोपमा गत मंगलबार पक्राउ परेका टोपबहादुर कुँवर र निमबहादुर कुँवर नियमित क्यासिनो जाने गरेको अनुसन्धानमा खुलेको छ। क्यासिनो जान उनीहरूले भारतीय निर्वाचन आयोगको नक...

एमाले बैठक प्रधानमन्त्री निवासमा राखेकोमा नेताहरूको आपत्ति

एमाले बैठक प्रधानमन्त्री निवासमा राखेकोमा नेताहरूको आपत्ति
काठमाडौं, चैत २८ । एमाले केन्द्रीय कमिटीको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा राखिएकोमा सदस्यहरूले आपत्ति जनाएका छन्। शनिबार बैठक सुरु हुनासाथ केही सदस्यले पार्टीको झन्डा र ब्यानरविनै प्रधानमन्त्री निवासमा बैठक डाकिएको भन्दै आपत्ति जनाएका थिए। नेपालपक्षीय केन्द्रीय सदस्यहरू ठाकुर गैरे, टंक कार्की, रामकुमारी झाँक्री, पर्शुराम मेघी गुरुङ, लक्ष्मण पौडेललगायतले प्रधानमन्त्रीनिवासलाई पार्टी कार्यालय ...

जुनी फेर्दैछ बागमती

जुनी फेर्दैछ बागमती
काठमाडौं, चैत २८ । कलकल बगिरहेको नदीसफा अनि कञ्चन पानीमा चलमलाइरहेका माछा। दुवै किनारमा सुन्दर र मनमोहक बगैंचा। आकर्षक साइकल लेन, चिटिक्क मिलेका विश्रामस्थल। दुवैतर्फ सुन्दर सडक। यो वर्णनले तपाईलाई कुनै युरोपेली देशको झल्को आयो होला। तर यो दृश्य काठमाडौंमै सम्भव हुनसक्छ, पाँच वर्षपछि। सरकारले बागमती नदी क्षेत्रलाई यस्तै रोचक र मनमोहक बनाउने योजना अघि सारेको छ। नागरिक दैनिकमा समाचार छ। बर्खाक...