मौरी पालेर मासिक बीस हजार आम्दानी

मौरी पालेर मासिक बीस हजार आम्दानी
पर्वत, २७ चैत । उत्तरी पर्वतको लेखफाँट–५ ठूलाचौरका भगवान् आचार्यले विदेशबाट फर्केपछि व्यावसायिक मौरीपालन सुरु गर्नुभएको छ ।विदेश पुगेर सोचेजस्तो कमाइ नभएपछि उहाँले गाउँ फर्किएर सुरु गरेको मौरीपालन व्यवसायबाट मासिक २० हजारभन्दा बढी आम्दानी हुने गरेको छ । सुरुमा दुई वटा काठको घारबाट मौरीपालन सुरु गर्नुभएका आचार्यले अहिले आधुनिक र काठको गरी ३५ वटा घारमा मौरीपालन गर्नुभएको छ । जिल्लास्थित विभिन्न स...

राज्यमन्त्रीले फलफूल बाँड्दा दंग परे बिरामी

राज्यमन्त्रीले फलफूल बाँड्दा दंग परे बिरामी
काठमाडौँ २७ चैत- सहिद स्मारक जनसङ्ख्या सहकारी संस्था लिमिटेडले आज आफ्नो नवौँ वार्षिक साधारणसभाको अवसरमा सहिद मेमोरियल अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरेको छ । साधारणसभाको उद्घाटनपछि सहरी विकास राज्यमन्त्री मञ्जु चौधरीले अस्पतालमा पुगेर करिब ४० जना बिरामीलाई फलफूल वितरण गर्नुभएको हो । कलङ्की चोकमा अवस्थित सय शय्याको सो अस्पताललाई विगत आठ वर्षदेखि सहिद स्मारक जनसङ्ख्या सहकारी संस्था ...

नियन्त्रणमा आयो जाजरकोटमा देखिएको झाडाबान्ताको प्रकोप

नियन्त्रणमा आयो जाजरकोटमा देखिएको झाडाबान्ताको प्रकोप
जाजरकोट, २७ चैत । जिल्लाको दशेरा र ढिमेमा देखिएको झाडाबान्ताको प्रकोप नियन्त्रणमा आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । लक्षण देखिनासाथ स्थानीय स्वास्थ्यकर्मी र सदरमुकामबाट गएको स्वास्थ्यकर्मीको टोलीको उपचारपछि झाडाबान्ता नियन्त्रणमा आएको हो । यही चैत्र १९ गते दसेराको जनप्रिय उच्च माविमा प्रवेशिका (एसएलसी) परीक्षा केन्द्रमा परीक्षा दिन गएका विद्यार्थी, शिक्षक र अभिभावकमा पखालाको सङ्क्रमण ...

भर्खरै जन्मिएको शिशुको शव जंगलमा फेला

भर्खरै जन्मिएको शिशुको शव जंगलमा फेला
चैत २७ गते- पाँचथरको दक्षिणी गाविस याशोक–५ स्थित शेरजम्बा सामुदायिक जङ्गलमा भर्रखर जन्मेको शिशुको शव फेला परेको छ । शुक्रबार साँझ जङ्गलमा शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । केहि दिनअघि नै मारेर जङ्गलमा फालेको अवस्थामा शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको भन्दै यासोक–५ का दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिरामी छाडेर डाक्टरहरु बियरमा मस्त भएपछि अस्पतालमा बिरामीको मृत्यु

बिरामी छाडेर डाक्टरहरु बियरमा मस्त भएपछि अस्पतालमा बिरामीको मृत्यु
रुकुम, २७ चैत । शुक्रबार बिहान ३ बजेतिर चौखावाङग–५ का नेपबहादुर ओलीले स्यालापाखामा रहेका आफ्ना सम्धी कृष्णबहादुर नाथलाई फोन गरे । उनले अत्यन्तै सानो स्वरमा भने ‘सम्धी म अस्पतालमा छु, मेरो मुटु दुःखिरहेको छ, भाई डाक्टर खोज्न गएको छ, सायद म मर्छु होला । तपाइँ मलाई भेट्न अस्पताल सल्ले आउनुस् ।” यति मात्र भनेपछि स्यालापाखाबाट कृष्णबहादुर सम्धी भेट्न अस्पताल पुगे तर उनले सम्धीको शव मात्र भेटे । यतिब...

सूर्ती खाने क्रममा आगो सल्किँदा जलेर महिलाको मृत्यु

सूर्ती खाने क्रममा आगो सल्किँदा जलेर महिलाको मृत्यु
मोरङ, २७ चैत सुर्तीको चुर खाने क्रममा शरीरमा आगो सल्किँदा मोरङ इटहराकी एक महिलाको आज मृत्यु भएको छ । हिजो साँझ चुर खाने क्रममा हावाहुरीका कारण शरीरमा आगो सल्किँदा जलेर इटहरा–३ की ४२ वर्षीया कमला धिमालको मृत्यु भएको हो । आगोले जलेर गम्भीर घाइते भएकी महिलाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरी चौकी इटहराका प्रहरी सहायक निरीक्षक केशव न...

खरले छाएको घरमा आगलागी, पीडित परिवार विचल्लीमा

खरले छाएको घरमा आगलागी, पीडित परिवार विचल्लीमा
कञ्चनपुर, २७ चैत- भीमदत्तनगरपालिका–१५ का रामलाल चौधरीको खरले छाएको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । बालबालिकाले चुलोमा रहेको आगो चलाउँदा गए राति आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट लत्ताकपडा, खाद्यान्न पुरै जलेर नष्ट भएको पीडित परिवारले जनाएका छन् । यसैगरी, महाकाली नदी माथिको झोलुङ्गे पुलमा भीमदत्तनगरपालिका–१८ गोवरैयाका अजय जैरुले चलाउँदै गरेको से३प ७७६१ नं को स...

दाङका दश जना बालश्रमिकको उद्धार

दाङका दश जना बालश्रमिकको उद्धार
दाङ, २७ चैत- यहाँका दश जना बालश्रमिकलाई परिवारमा पुनःस्थापित गरिएको छ । तुलसीपुर नगरपालिका र न्यू सिपिसी तुलसीपुरले सर्वेक्षणबाट भेटिएका ५३ जना बालश्रमिक मध्ये १४ वर्ष मुनिका दश जना बालश्रमिकलाई शैक्षिक सामग्रीसहित अभिभावकको जिम्मा लगाएको हो । होटल, ग्रील उद्योग, रिक्सा, यातायात, गहना उद्योगलगायत क्षेत्रमा श्रम गर्दै आएका बालबालिकालाई रोजगारदाता र परिवारसँगको परामर्शमा उद्धार गरी अभिभावकको ...

साहुको कुटपिटबाट मजदूरको मृत्यु

साहुको कुटपिटबाट मजदूरको मृत्यु
महोत्तरी, २७ चैत- साहुको कुटपिटपछि गम्भीर घाइते भएका एक मजदुरको मृत्यु भएको छ । हातिलेट–२ का पवन बस्नेतको कुखुरा फर्ममा वर्षौदेखि मजदुरी गर्दै आएका स्थानीय २५ वर्षीय बिजुलीकुमार सदाको कुटपिटबाट मृत्यु भएको हो । केहीदिन अगाडि साहुसँग सामान्य विवाद हुँदा दुवैजना बीच कुटाकुट भएको थियो । सोही क्रममा साहुको कुटाइबाट गम्भीर घाइते भएको सदाको समयमै उपचार हुन नसक्दा मृत्यु भएको प्रहरीले जनाएको छ । क...

भक्तपुरमा आजदेखि सुरु भएको बिस्केट जात्रामा झुम्न थाले स्थानीयवासी

भक्तपुरमा आजदेखि सुरु भएको बिस्केट जात्रामा झुम्न थाले स्थानीयवासी
काठमाडौँ, २७ चैत । प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको बिस्केट जात्रा आजदेखि सुरु भएको छ। जात्राको सुरुआतसँगै यहाँको रौनकमा स्थानीयवासी झुम्न थालेका छन् तर सुरक्षाको चिन्ता पनि उत्तिकै बढ्न थालेको छ। नववर्षको आगमनसँगै सुरु हुने बिस्केट जात्रा आठ रात नौ दिनसम्म धूमधामका साथ मनाइन्छ। जात्राको पहिलो दिन आज काठै काठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवत...