पैसासँगै चोरले श्रीमती भगाएपछि

पैसासँगै चोरले श्रीमती भगाएपछि
काठमाडौं, जेठ १५ । गत चैत ७ मा ज्ञानश्वेरमा एक ट्राभल एण्ड मनी ट्रान्सफरबाट ४ लाख ४६ हजार चोरी भयो । नयाँ पत्रिका दैनिकमा समाचार छ। महानगरीय प्रहरी वृत्त कमलपोखरीले घटनाको अनुसन्धान सुरु गर्यो । सिसिटिभी फुटेजका आधारमा सहजै चोरको पहिचान भयो । तर चोर फेला परेनन् । घटनाको दुई सातापछि मनी ट्राभल्सका संचालक अर्को उजुरी लिएर प्रहरी कार्यालय पुगे । यसपटक उनले छोरासहित श्रीमती वेपत्ता भएको सुन...

श्रीमती र छोरीको हत्या गर्ने पुन पक्राउ

श्रीमती र छोरीको हत्या गर्ने पुन पक्राउ
पोखरा, १४ जेठ । श्रीमती र छोरीको हत्या गरेको आरोपमा पोखरा–१४ रातमाटे डाँडा बस्ने ३१ वर्षीय विमल पुनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज पक्राउ गरेको छ । अपराह्न ४ बजे २६ वर्षीया श्रीमती नरमाया श्रीष र ६ वर्षीया छोरी पूर्णिमालाई फलामको रडले टाउकामा प्रहार गरी उनले हत्या गरेको प्रहरीले जनाएको छ ।

पोखरामा शुक्रबार दिउँसो रडले हानेर आमाछोरीको हत्या

पोखरामा शुक्रबार दिउँसो रडले हानेर आमाछोरीको हत्या
पोखरा, १४ जेठ- पोखराको चाउथेमा शुक्रबार दिउँसो आमाछोरीको हत्या भएको छ । चाउथेस्थित रातो डाँडा स्थित एक घरमा आमा र उनकी ६ बर्षीय छोरीको हत्या भएको हो । हत्याको आरोपमा श्रीमान् विमल पुनलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ गर्दा उनी रगताम्य अवस्थामा भेटिएका थिए । ३१ बर्षीय पुनले आफ्नै श्रीमती नरमाया र आठ बर्षकी छोरीको रड प्रहार गरी दिउँसो ४ बजेतिर हत्या गरेको प्रहरीले जनाएको छ । घटनको...

मनिषाको मृत्यु र उद्योगपति केडिया अपहरणबारे जानकारी गराउन माग

मनिषाको मृत्यु र उद्योगपति केडिया अपहरणबारे जानकारी गराउन माग
काठमाडौँ, १४ जेठ । व्यवस्थापिका संसद् आजको बैठकमा सांसद् विक्रम खनालले नवलपरासी बर्दाघाट निवासी मनिषा घर्तीमगरको हत्या शङ्कास्पद मृत्यु र बाराका उद्योगपति सुरेशकुमार केडियाको अपहरणबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गर्नुभयो । सभामुख ओनसरी घर्तीसँग समय लिई अर्का सांसद् दिलशोभा पुनले नवलपरासी बर्दाघाटका मनिषा घर्तीमगरको शङ्कास्पद मृत्युका बारेमा उच्चस्तरीय छानबिन समिति गठन गरी छानबिन गर्न र द...

बस्ती निर्माणको लागि धुर्मुस-सुन्तलीलाई अहिलेसम्मकै ठुलो सहयोग

बस्ती निर्माणको लागि धुर्मुस-सुन्तलीलाई अहिलेसम्मकै ठुलो सहयोग
ताजाखबर। गिरान्चौर एकीकृत बस्ती निर्माण गरिरहेको धुर्मुस-सुन्तली फाउन्डेसनलाई अहिले सम्मकै ठुलो रकम सहयोग प्राप्त भएको छ । रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफरले धुर्मुस-सुन्तली फाउन्डेसनलाई १५ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेको हो । संस्थाका प्रबन्ध निर्देशक चन्द्र टण्डनले एक जोडी कलाकारले उदाहरणीय काम गरिरहेकाले उनीहरूलाई थप आँट र हौसलास्वरूप संस्थागत रूपमा सिटी एक्सप्र...

आमा भगाउन छोराछोरीको हत्या

आमा भगाउन छोराछोरीको हत्या
बागलुङ, १४ जेठ । गत वैशाख १४ गते आगलागीमा परी मृत्यु भएका भनिएका जिल्लाको बोहोरागाउँ–७ सानोजिरीका दुई बालबालिकाको हत्या भएको खुलासा भएको छ । सन्तबहादुर घर्तीका ६ वर्षीया छोरी समुन्द्र घर्ती र ३ वर्षीय छोरा मनोज घर्तीको देविस्थान–४ का भीमबहादुर भण्डारीले हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । घर्तीकी श्रीमती २३ वर्षीया कमला घर्तीसँग अनैतिक सम्बन्ध राख्दै आएका भण्डारीले घरमा कोही नभएका ...

ट्याक्टर पल्टिँदा चालकको मृत्यु

ट्याक्टर पल्टिँदा चालकको मृत्यु
डोटी, १४ जेठ । डोटीको चवराचौताराबाट दीपायलका लागि आउँदै गरेको से १ त ६६४५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तिखातर–६ स्थित स्यालपाखा भन्ने स्थानमा गएराति ७ बजेतिर दुर्घटना हुँदा ट्र्याक्टर चालक कैलाली घर भएका ४० वर्षीय चन्दु डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । घटनास्थलमा घाइते भएका चन्दुलाई उपचारका लागि सदरमुकाम सिलगढीतर्फ ल्याउँदै गर्दा...

खटाइएको गाउँ गएनन् ४२८ इन्जिनियर

खटाइएको गाउँ गएनन् ४२८ इन्जिनियर
१४ जेठ, काठमाडौं । सहरी विकास मन्त्रालयले पुनर्निमार्णका लागि छनोट गरेका चार सय २८ जना इन्जिनियरले भूकम्पबाट क्षति प्रभावित १४ जिल्लाका पाँच सय ७५ गाविस र ४२ नगरपालिकामा गएर काम गर्न अनिच्छा व्यक्त गरेका छन् । खटाइएको गाँउ र नगरपालिकामा ती इन्जिनियर हाजिर नभएपछि सहरी विकास मन्त्रालयले वैकल्पिकमा पारेर छनोट हुन नसकेका चार सय २८ इन्जिनियरलाई पठाउने तयारी गरेको छ । एक हजार तीन सय ४६ पछि क्रमशः...

विभूषणका लागि ४१ हजारको सिफारिस,कर्मचारी र प्रहरीको दौडधुप

विभूषणका लागि ४१ हजारको सिफारिस,कर्मचारी र प्रहरीको दौडधुप
१४ जेठ, काठमाडौं । गणतन्त्र दिवसमा सरकारले घोषणा गर्ने विभिन्न विभूषणका लागि ४१ हजारभन्दा बढीको सिफारिस भएको छ । विभूषणका लागि अत्यधिक दबाब आएपछि बिहीबारसम्म पनि विभूषण समितिले क–कसलाई दिने भन्ने निर्णय गर्न सकेको छैन । गणतन्त्र दिवसको अवसरमा सरकारले हरेक वर्ष विभूषण घोषणा गर्दै आएको छ । तर, निश्चित मापदण्डका आधारमा भन्दा पनि सोर्सफोर्सका आधारमा विभूषण दिने प्रवृत्तिले निर्णय हुन नसकेको हो । य...

चालकलाई गोली हानी उद्योगपतिको अपहरण

चालकलाई गोली हानी उद्योगपतिको अपहरण
काठमाडौं–हतियारधारी समूहले बाराको कलैयाबाट बिहीबार साँझ उद्योगपति तथा केडिया अर्गनाइजेसनका कार्यकारी निर्देशक सुरेशकुमार केडियाको अपहरण गरेको छ । परवानीपुरस्थित वीरगन्ज खाद्य उद्योगका सञ्चालक केडिया कलैयाको बघवन गाउँबाट बिहीबार साँझ अपहरणमा परेका हुन् । अपहरणकारीले चलाएको गोली लागेर केडियाका चालक श्यामउमेशप्रसाद साह कानु गम्भीर घाइते भएका छन् । दायाँ कन्चटमा गोली लागेका उनको अवस्था चिन्ताजनक छ ...