जंगली च्याउ खाँदा एकै परिवारका तीन सहित ५ को मृत्यु, नौ बिरामी,

जंगली च्याउ खाँदा एकै परिवारका तीन  सहित ५ को मृत्यु, नौ बिरामी,
काठमाडौं–जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा पाँचथरमा एकै परिवारका तीन जनासहित ५ जनाको मृत्यु भएको छ । नौ जना विरामी परेका छन् । आङना गाविस–१ स्थित वीरेन्द्र माङ्लाकको श्रीमती ४५ वर्षीया पदममाया माङ्लाक, छोरीहरु ५ वर्षीया सोनिका माङ्लाक, १३ वर्षीया कविता माङ्लाक, भाउजू पर्ने ३९ वर्षीया मनकुमारी माङ्लाक र थर्पु गाविस–६ स्थित धनबहादुर मावोको छोरी ११ वर्षीया एलिजा मावोको मृत्यु भएको जिल्ला प्रहरी ...

कुमारीघरमा विवाद चुलियो, आर्थिक अनियमितता गरेको आरोप

कुमारीघरमा विवाद चुलियो, आर्थिक अनियमितता गरेको आरोप
जेठ १७, काठमाडौं–जीवित देवी कुमारीको हेरचाह गर्ने चिताइदारले आर्थिक अनियमितता गरेको आरोप लगाउँदै तलेजुका १० जना पुजारीले गुठी संस्थानमा निवेदन दिएका छन् । उनीहरुले हेरचाहको नाममा धर्मविपरीत कामबाट चिताइदार ज्ञानदेवी शाक्यको परिवारले महानगरक्षेत्रभित्र करोडौं मूल्यका तीनवटा भर बनाएका, ४ वटा मोटरसाइकल, नगद , सुन, चाँदी र गहना जोडी विदेशबाट समेत रकम लिएर आर्थिक अनियमितता गरेको निवेदनमा उल्लेख गरे...

टुंगियो ज्येष्ठ नागरिककाे धर्ना

टुंगियो ज्येष्ठ नागरिककाे धर्ना
काठमाडौं–चार वर्षदेखि माग र असन्तुष्टिको नारा लगाउँदै आएका वृद्धवृद्धाले आइतबार भने नयाँ बानेश्वरमा उत्सवको नारा घन्काए । असन्तुष्टिको भाका फेरिएको थियो । यातायात व्यवस्था विभाग परिसरलाई नियमित धर्नास्थल बनाएका ज्येष्ठ नागरिकहरूको मुहारमा खुसी छाएको थियो । सरकारले बजेटमा वृद्धभत्ता दोब्बर बनाउने, स्वास्थ्य बिमाको व्यवस्था गर्नेजस्ता योजना ल्याएपछि उनीहरूको मन पनि बदलियो । ०६९ फागुन २४ देखि ८ बु...

जरिवानाले चालक अनुशासित

जरिवानाले चालक अनुशासित
काठमाडौं, जेठ १७- एको वैशाख ३१ गते काठमाडौं उपत्यकामा नियमविपरित सवारी चलाउने १ हजार ६ सय १७ चालक कारबाहीमा परे । नागरिक दैनिकमा समाचार छ। तर त्यसको ठिक एक दिनपछि जेठ १ गते उपत्यकाभर जम्मा ४ सय ६० जना चालक मात्र कारबाहीमा परे । एक दिनमै उपत्यकाका सडकमा ट्राफिक प्रहरीको कारबाहीमा पर्ने संख्या झन्डै चार गुणा घट्नु एउटै कारण हो, नियमविपरित सवारी चलाउनेलाई गरिने जरिवाना वृद्धि । महानगरीय ट्राफिक प...

च्याउ खाएर बिरामी भएका थप एकको मृत्यु

च्याउ खाएर बिरामी भएका थप एकको मृत्यु
पाँचथर, १६ जेठ । च्याउ खाएर बिरामी भएका थप एक जनाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला पाँचथर आङना–१ बस्ने कालुमान माङलाकको ३९ वर्षीया श्रीमती मनकुमारी माङलाक रहनुभएको छ । उहाँले गत जेठ १० गते जङ्गलबाट ल्याएको च्याउ खाई बिरामी हुनुभएको थियो । उहाँको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनु...

वृद्धभत्ता बढेसँगै ज्येष्ठ नागरिकको आन्दोलन स्थगित

वृद्धभत्ता बढेसँगै ज्येष्ठ नागरिकको आन्दोलन स्थगित
काठमाडौँ, १६ जेठ । उनान्चालीस महिनादेखि विभिन्न माग राख्दै आन्दोलन गरिरहेका ज्येष्ठ नागरिकले शनिबारको बजेट भाषणमा आफ्ना आंशिक मागको सम्बोधन भएको भन्दै आन्दोलन स्थगित गरेका छन् । आज ज्येष्ठ नागरिकले नयाँबानेश्वरबाट ¥याली निकालेर रत्नपार्कस्थित शान्तिबाटिकामा पुगी आन्दोलन स्थगित गरेको घोषणा गरेका हुन् । बजेट भाषणमा सामाजिक सुरक्षा भत्ता वृद्धिको घोषणासँगै ज्येष्ठ नागरिकले ३९ महिना लामो आन्दोलन स्...

महाकाली नदीमा एक भारतीय बेपत्ता

महाकाली नदीमा एक भारतीय बेपत्ता
कञ्चनपुर, १६ जेठ । कञ्चनपुरको महाकाली नदीमा नुहाउने क्रममा आज एक भारतीय नागरिक बेपत्ता भएका छन् । साथीसँग घुम्न आएका बेला नुहाउने क्रममा ३३ वर्षीय भारतीय नागरिक विनोद श्यामवाला नदीमा डुबेर बेपत्ता भएका हुन् । महाकाली नदीको झोलुङ्गे पुलभन्दा १०० मि दक्षिणबाट श्यामवाला नुहाउने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरिक्षक वीरेन्द्रवीर विश्वकर्माले बताउनुभयो ।

कालीगण्डकीमा एक महिलाको शव फेला

कालीगण्डकीमा एक महिलाको शव फेला
वालिङ, १६ जेठ । स्याङ्जाको तुल्सीभञ्ज्याङ–४, निमाघाटस्थित कालीगण्डकीको किनारमा आज एक महिलाको बेवारिसे शव फेला परेको छ । वडा प्रहरी कार्यालय, वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार निलो कुर्ता र कलेजी रङको सुरवाल लगाएकी हल्का कपाल फुलेकी अन्दाजी ४० वर्षीया जस्तो देखिने महिलाको शव फेला परेको हो । स्थानीय प्रत्यक्षदर्शीले महिला गएराति रामनदीधामस्थित कालीगण्डकीमा फाल हालेको बताएका छन्...

गाँजासहित चार जना पक्राउ

गाँजासहित चार जना पक्राउ
विराटनगर, १६ जेठ । मोरङमा लागुपदार्थ १८ किलो गाँजासहित प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ । कटहरीस्थित पुल छेउमा को१६प ९१४७ नंको स्कुटीमा सवारद्वय उदयपुर हरदिने–७ बस्ने २६ वर्षीया रचना तामाङ र धनकुटाको छिन्ताङ–८ बस्ने ३२ वर्षीया शर्मिला बिसुन्केलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुले बोकेको झोलामाथि शङ्का लाग्दा प्रहरी टोलीले जाँच गर्दा सात वटा प्याकेट गरी १४ किलो ग...

सामाजिक सुरक्षा भत्तामा रु ३२ अर्ब ७० करोड

सामाजिक सुरक्षा भत्तामा रु ३२ अर्ब ७० करोड
काठमाडौँ, १६ जेठ । सरकारले आर्थिक वर्ष २०७३÷७४ को बजेट वक्तव्यमार्फत सामाजिक सुरक्षा भत्ता दोब्बर गरी यसका लागि रु ३२ अर्ब ७० करोड विनियोजन गरेको छ । सरकारले ज्येष्ठ नागरिक, एकल महिला, विधवा महिला, अपाङ्गता भएका व्यक्ति र लापोन्मुख आदिवासी÷जनजातिलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता दोब्बर गरी बैंक खातामार्फत उपलब्ध गराउने भएको हो । यसका लागि सरकारले शून्य मौज्दातमा बैंक खाता खोल्न ‘सब...