काभ्रे दुर्घटना : क्षतिपूर्तिको कुरा नमिल्दा आफन्तले शव बुझेनन्

काभ्रे दुर्घटना :  क्षतिपूर्तिको कुरा नमिल्दा आफन्तले शव बुझेनन्
काठमाडौँ, १ भदौ । काभ्रे पलाञ्चोकको बिर्ता देउराली–९ कोसीपारि सडकमा सोमबार भएको बस दुर्घटनामा मृत्यु भएका व्यक्तिका आफन्त र व्यवसायीबीच क्षतिपूर्तिको कुरा नमिल्दा पीडितले शव बुझ्न मानेको छैनन् । क्षतिपूर्तिबारे आज दिनभर अरनिको यातायात समितिका पदाधिकारी, जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद र पीडितपक्षबीच धुलिखेलमा छलफल भए पनि क्षतिपूर्तिको कुरा नमिलेकाले आफन्तले शव बुझ्न र शव परीक्षण गर्न दिएका...

मानसिक र शारीरिक यातना दिएको आरोपमा शिक्षक पक्राउ

मानसिक र शारीरिक यातना दिएको आरोपमा शिक्षक पक्राउ
भोजपुर, १ भदौ । शिक्षकले मानसिक तथा शारीरिक यातना दिएको भन्दै विद्यार्थीले विष सेवन गरेको आरोपमा शिक्षकलाई प्रहरीले पक्राउ गरेकोे छ । पञ्चकन्या निमावि सिद्धेश्वर–१, दाँवा, भोजपुरका शिक्षक इन्द्रवीर प्रधानलाई बालिकालाई मानसिक र शारीरिक यातना दिएको आरोपमा प्रहरीले मंगलबार अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । कक्षा ६ मा अध्ययन गर्ने १३ वर्षीया बालिकालाई बिहे गर्ने भनेर पटकपटक जिस्काएको शिक...

‘घडेरी बेच्ने’ काममा नेपाली सेना

‘घडेरी बेच्ने’ काममा नेपाली सेना
काठमाडौं, भदौ १ - सुन्दा अचम्म लाग्न सक्छ । मुलुकको आन्तरिक र बाह्य सुरक्षा गर्ने तथा आवश्यक पर्दा रणनीतिक विकासका आयोजनाहरुलाई अघि बढाउने महत्वपूर्ण भूमिका पाएको नेपाली सेना ‘घडेरी बेच्ने’ काममा पनि लागेको छ । सैनिक लोककल्याणकारी कोष अन्तर्गत रहेर सेनाले जग्गा खरिद गरेर त्यसलाई ‘प्लटिङ’ गरी बिक्री विरतण गरेको हो ।आजको कान्तिपुर दैनिकमा खबर छ । सेनाले ‘घडेरी योजना’ अन्तर्गत बहालवाला, अवकाश प...

मृत्युअघि आमाले भनिन् : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनू

मृत्युअघि आमाले भनिन् : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनू
खोटाङ  “श्रीमती त मरेर गइन् नै”, एक युवाले भने, “हामी दुई बीचको नाता सम्बन्ध राख्ने नौमहिने बालकको बिचल्ली हुने भयो ।” ब्लड क्यान्सरबाट पीडित बनेकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएपछि खोटाङ खार्मी–८ का अशोक तामाङले यस्तो दुखेसो पोख्नुभएको हो । क्यान्सरबाट पीडित बनेकी १८ वर्षीया कविता तामाङको उपचारका क्रममा साउन ३० गते मृत्युु भएको हो ।     काठमाडौंको सिभिल अस्पतालमा उपचार गराउ...

पहिरोका कारण धादिङका २५ घर विस्थापित

पहिरोका कारण धादिङका २५ घर विस्थापित
मलेखु (धादिङ), ३२ साउन । उत्तरी धादिङको दार्खा गाविस–८ धार्नामा आज पहिरो जाँदा २५ घर विस्थापित भएका छन् । गाउँ माथिबाट पहिरो खसेपछि विस्थापितले स्थानीय विद्यालय भवन र छिमेकी गाउँका नातेदारका घरमा शरण लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जीयारले बताउनुभयो । पहिरोले घरमा क्षति नपु¥याए पनि गाउँमा बस्न नसकिने अवस्था भएपछि गाउँवासीले आपत्कालीनरुपमा गाउँ छाडेका हुन् । प...

गोसाइँकुण्ड आउने तीर्थालु बढे

गोसाइँकुण्ड आउने तीर्थालु बढे
रसुवा, ३२ साउन । रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र गोसाइँकुण्डमा विराजमान शङ्कर भगवान्को दर्शनार्थ पुत्रदा एकादशीदेखि जनैपूर्णिमासम्म लाग्ने मेलामा हजारौँ हजार श्रद्धालु भक्तजन सहभागी हुन्छन् । पौराणिक कथनअनुसार समुद्र मन्थन गर्दा कालकुट विष निस्केको र समुद्रमा निस्केको विष छोडिदिँदा सम्पूर्ण चराचर प्राणी जगत् नै नष्ट हुने भएकाले सबैको रक्षाका लागि भगवान् शङ्करले त्यो विषपान गरी घाँटीमै ...

दृष्टिविहीनलाइ अब सहयाेग गर्नेछ ‘कलम राइटर्स क्लब फर ब्लाइन्ड’ नामक संस्थाले

दृष्टिविहीनलाइ अब सहयाेग गर्नेछ ‘कलम राइटर्स क्लब फर ब्लाइन्ड’ नामक संस्थाले
काठमाडौँ, ३२ साउन । दृष्टिविहीनलाई सहयोग गर्ने उद्देश्यले एस्तर थापाको संयोजकत्वमा ‘कलम राइटर्स क्लब फर ब्लाइन्ड’ नामक संस्था स्थापना गरिएको छ । माइतीघरस्थित सेन्ट जेभियर्स कलेजमा स्नातक तहमा अध्ययनरत थापाको संयोजकत्वमा एक सय जना सम्मिलित क्लबमा विभिन्न कलेजका विद्यार्थी संलग्न छन् । देशमा रहेका दृष्टिविहीन विद्यार्थीलाई कुनै पनि शैक्षिक तहका परीक्षा दिनुपरेमा सो क्लबमा संलग्न विद्यार्थीले परीक...

खडेरीले भोकमरीको चपेटामा परेका हुम्ला बासीलाई राहतका लागि खाद्यान्न वितरण सुरु

खडेरीले भोकमरीको चपेटामा परेका  हुम्ला  बासीलाई राहतका लागि खाद्यान्न वितरण   सुरु
हुम्ला, ३२ साउन । गत वर्षको खडेरीले भोकमरीको चपेटामा परेका राया गाविसका ४२५ घरधुरीले कामका लागि खाद्यान्न कार्यक्रम मार्फत प्रतिव्यक्तिलाई ४६ केजी खाद्यान्न वितरण गरिएको छ । जापान सरकारको सहयोगमा खाद्यान्न वितरण गरिएको हो । यसैबीच सिमकोटदेखि उत्तरी भेगमा पर्ने रोडीकोट गाविस–७ का ४५ घरधुरी वर्षाबाट पहिरो जाने डरले आफन्तकहाँ बस्न बाध्य भएका छन् ।

अनेरास्ववियु क्रान्तिकारीले गरेको शैक्षिक हडतालका कारण आज पनि शैक्षिक संस्था बन्द

अनेरास्ववियु क्रान्तिकारीले गरेको शैक्षिक हडतालका कारण आज पनि शैक्षिक संस्था बन्द
काठमाडौँ, ३२ साउन । नेकपा (माओवादी) निकट अनेरास्ववियु (क्रान्तिकारी) ले गरेको शैक्षिक हडतालका कारण आज पनि देशभरका शैक्षिक संस्था बन्द भएका छन् । निजी विद्यालयमा भएको शुल्क वृद्धि घटाउनुपर्ने, ती विद्यालयमा दिइने १० प्रतिशत छात्रवृत्ति बढाउनुपर्ने लगायत माग राखी गरिँदै आएको हडतालका कारण सोमबार समेत शैक्षिक संस्था बन्द भएका थिए । सो सङ्गठनको आह्वानमा सामुदायिक र निजी विद्यालय तथा विश्वविद्यालय म...

“श्रीमती त मरेर गइन् नै नौ महिने बालकको बिचल्ली हुने भयो”

“श्रीमती त मरेर गइन् नै नौ महिने बालकको बिचल्ली हुने भयो”
खोटाङ, ३२ साउन । “श्रीमती त मरेर गइन् नै”, एक युवाले भने, “हामी दुई बीचको नाता सम्बन्ध राख्ने नौमहिने बालकको बिचल्ली हुने भयो ।” ब्लड क्यान्सरबाट पीडित बनेकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएपछि खोटाङ खार्मी–८ का अशोक तामाङले यस्तो दुखेसो पोख्नुभएको हो । क्यान्सरबाट पीडित बनेकी १८ वर्षीया कविता तामाङको उपचारका क्रममा साउन ३० गते मृत्युु भएको हो । काठमाडौंको सिभिल अस्पतालमा उपचार गराउने क्रम...