नयाँ शक्तिका बाबुरामले बिखण्डनकारी सिके राउतलाई मध्य रातमा भेटेर यसो भने

नयाँ शक्तिका बाबुरामले बिखण्डनकारी सिके राउतलाई मध्य रातमा भेटेर यसो भने
२९ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सीके राउतलाई आफ्नै निवासमा बोलाएर दुई साताअघि कुराकानी गरेका छन् । तराईमा सीके राउतको गतिविधि बडिरहेको र प्रहरी प्रशासनले उनलाई केही गर्न नसकेको निष्कर्षसहितको प्रतिवेदन नेपाली सेनाले सरकारलाई बुझाएकै साता भट्टराईले राउतलाई भेटेका हुन् । एमाओवादी प्रवक्ता दीनानाथ शर्माका ज्वाइँ शुभशंकर कँडेलको टेलिभिजन एबीसीमा अन्तर्वार्ता दिएकै दिन राउ...

अस्पतालमा भिडियो एक्सरे अलपत्र, बिरामी मारमा

अस्पतालमा भिडियो एक्सरे अलपत्र, बिरामी मारमा
फलेवास (पर्वत), २९ चैत । जिल्ला अस्पताल पर्वतमा रहेको एक्सरे मेसिन झन्डै एक महिनादेखि अलपत्र बनेको छ । अस्पतालमा कार्यरत चिकित्सकले आन्तरिक कारण देखाउँदै अस्पतालमा रहेको भिडियो एक्सरे सेवा बन्द गरेपछि सर्वसाधारण निजी क्लिनिकमा जान बाध्य बनेका छन् । सेवा बन्द हुँदा अस्पतालमा पुग्ने असहाय, अशक्त बिरामी मर्कामा परेका छन् । पर्वत जिल्ला अस्पतालका चिकित्सकले अस्पतालमा रहेको भिडियो एक्सरे गर्ने को...

भारतबाट फर्कदै गरेका दुई नेपाली युवा सिमानाबाटै बेपत्ता

भारतबाट फर्कदै गरेका दुई नेपाली युवा सिमानाबाटै बेपत्ता
कञ्चनपुर, २९ चैत । भारतको अल्मोडा दुराकोटबाट मजदुरी गरी घर फर्कदै गरेका बर्दिया बनियाभारका दुई जना नेपाली युवा सीमावर्ती भारतीय बजार बनवसा क्षेत्रबाट बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बनियाभार–४ का ३९ वर्षीय छविलाल बोहरा र सोही ठाउँका ४३ वर्षीय इन्द्रप्रसाद ज्ञवाली रहेका छन् । दुवै जनाले चैत २१ गते अल्मोडाबाट फर्केर बनवसा पुगेको फोनमार्फत घर परिवारलाई जानकारी दिएका थिए । हालसम्म घर नपुगेपछि...

वैदेशिक रोजगारीमा जानुअघि महिलाले सनाखत गर्नुपर्ने

वैदेशिक रोजगारीमा जानुअघि महिलाले सनाखत गर्नुपर्ने
काठमाडौं, चैत २९ । वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेका महिला शोषणमा पर्ने घटना बढिरहेका बेला श्रम तथा रोजगार मन्त्रालयले विदेश जानुअघि महिला आफैंले काममा मन्जुरी जनाउँदै सनाखत गर्नु पर्ने व्यवस्था गरेको छ। वैदेशिक रोजगारीमा जाने महिला श्रम स्वीकृति जारी गर्ने कार्यालयमा उपस्थित भएरै सनाखत गर्नुपर्ने व्यवस्था गरिएको हो । वैदेशिक रोजगारीमा जाने युवतीलाई काममा दक्ष बनाएर पठाउनु पर्ने आवाज उठि...

इन्धन भाउ घटाउन किन अटेरी गरिरहेको छ निगम ?

इन्धन भाउ घटाउन किन अटेरी गरिरहेको छ निगम ?
काठमाडौं, चैत २९ ।  इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गर्ने घोषणा गरेको नेपाल आयल निगम पछिल्लो समय त्यसलाई कार्यान्व्यनमा ल्याउन आनाकानी गरिरहेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले हरेक १५ दिनमा पठाउने मूल्यका आनधारमा भाउ तोक्न थाले पनि अहिले आएर त्यसअनुसार समायोजन नगरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद्को वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले मूल्य घटाउन दिएको निर्दे...

सरकार तथा मातहत निकायको उदासीनताले गहिरिँदै बेरुजु

सरकार तथा मातहत निकायको उदासीनताले गहिरिँदै बेरुजु
काठमाडौं, चैत २९ । सरकार तथा मातहत निकायको उदासीनताले बेरुजु रकम वृद्धिदर अझ गहिरिँदै गएको छ । प्रमुख मन्त्रालय नै बेरुजु फस्र्योटमा जिम्मेवार नदेखिँदा बजेट परिचालनमा आर्थिक अनुशासन पालना हुनेमै आशंका चुलिएको छ । बेरुजु फस्र्योट मूल्यांकन र अनुगमन समितिको प्रतिवेदन अनसार २०७२ फागुनसम्म जम्मा १५.५७ प्रतिशत बेरुजु फस्र्योट भएको छ । लेखाणाली चुस्त नहुँदा बेरुजु फस्र्योट चुनौती बन्दै गएको अनुगमन सम...

वामदेव बाउँठिएपछि एमालेभित्र बबाल

वामदेव बाउँठिएपछि एमालेभित्र बबाल
काठमाडौं, चैत २९ । केपी ओली नेकपा (एमाले) को अध्यक्ष निर्वाचित भएपछि त्यस काममा निर्णायक भूमिका निर्वाह गरेका उपाध्यक्ष वामदेव गौतमको भाउ बढ्ने नै भयो । त्यतिबेला कुनै काम बोकेर आफूकहाँ आउने कार्यकर्तालाई उनी हाकाहाकी भन्थे– ‘दुई–चार दिन पर्खनूस् न ।म पार्टी अध्यक्ष भएपछि यो काम गरौंला ।’ गौतमले बिनाकारण त्यसो भनेका थिएनन् । चुनावअघि गौशालास्थित मदन भण्डारी फाउन्डेसनको कार्यालयमा निकटका दुबै पक्षक...

भारतीय जंगलको आगो नेपाली बस्तीमा

भारतीय जंगलको आगो नेपाली बस्तीमा
दाङ , चैत २९ । भारतको जंगलमा सल्केको आगो एक्कासि नेपाली बस्तीमा फैलिएपछि यहाँका एक दर्जन घर जलेर नष्ट भएका छन् । भारतको बलरापुर आरक्षणमा सल्केको आगोले आइतबार दिउँसो दाङको राजपुर गाविस ९ को सिड्की नाकाका घर जलाएको हो । यो आरक्षण दाङसँग सीमा जोडिएको पूर्वपश्चिम करिब ८३ किलोमिटरभन्दा लामो फैलिएको छ । यो क्षेत्रभरि समानान्तर भएर नेपाली बस्ती पनि फैलिएको छ । दस दिनदेखि भारतीय जंगलमा लागेको आगो आइ...

नेपालसहित दक्षिण एसियामै खडेरी

नेपालसहित दक्षिण एसियामै खडेरी
काठमाडौं, २९ चैत- विश्व मौसम संगठन ‘बल्डए मेटेओरोलिजकल अर्गनाइजेसन’ ले एल निनो नामक मौसमी अवस्थाका कारण दक्षिण एसियामै खडेरी पर्ने जनाएको छ । प्रशान्त महासागरको पानीमा अस्वाभाविक तापका कारण सिर्जना हुने एल निनो मौसमी अबस्थाको प्रभाव विश्वव्यापी रुपमा नै भइरहेको बैज्ञानिकहरुको भनाइ रहेको छ । अनुसन्धान कर्ताहरु भन्छन्, ‘प्रशान्त महासागका केही भागमा तापक्रम सामान्यभन्दा दुई डिग्री सेल्सियस बढ्न सक...

भूकम्पपछि खासा गोदाममा थन्किएका सामान नेपाल ल्याइने

भूकम्पपछि खासा गोदाममा थन्किएका सामान नेपाल ल्याइने
काठमाडौं, २९ चैत- भूकम्पपछि खासा गोदाममा थन्किएका समान नेपाल ल्याइने भएको छ । सामान लिन ट्रकर कन्टेनर तातोपानीको लिपिङ पुगेका छन् । तातोपानीको होटल स्मल हेभनमा बसेको नेपाल चीनका स्थानिय प्रशासनका अधिकारीबीच भएको बैठकले समान ल्याउने निर्णय गरेको हो । बैठकमा तातोपानी भन्सार अधिकृत दिब्यराज पोखरेल लगायत अध्यागमन कार्यलय कोदारी, सीमा प्रसासन र चीन तर्फ खासास्थित बिदेश बिभाग प्रमुख सिलु , भन्सार अध...