बलात्कार गर्नेलाई नौ वर्ष छ महिना कैद

बलात्कार गर्नेलाई नौ वर्ष छ महिना कैद
इलाम, ३ असार । चौध वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका शान्तिडाँडा–५ का २५ वर्षीय सुमन राईलाई जिल्ला अदालत इलामले बिहीबार ९ वर्ष ६ महिना कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले राईविरुद्ध दर्ता भएको जबर्जस्ती करणी र हाडनाता करणीसम्बन्धी मुद्दाको सुनुवाइ गर्दै मुलुकी ऐन जबर्जस्ती करणी महलको ३ (२) बमोजिम ९ वर्ष कैद सुनाएको हो । यस्तै, ह...

धम्क्याउँदै रकम असुल्ने पक्राउ

धम्क्याउँदै रकम असुल्ने पक्राउ
सुरुङ्गा (झापा), ३ असार । म्याद गुज्रिएको औषधि बिक्री गरेको भन्दै मेडिकल सञ्चालकलाई धम्क्याउँदै रकम असुलेको आरोपमा झापाको भद्रपुरबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–७ निवासी ५० वर्षीय उपेन्द्र ठाकुर र उनका भाइ ४१ वर्षीय धर्मकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार भद्रपुर नगरपालिका–८ निव...

न्यायाधीशका नाममा असुली

न्यायाधीशका नाममा असुली
काठमाडौं, असार ३ - ‘ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ,नहटाउनुस् (पेसी) भन्नुहुन्छ’,अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीसँग मोबाइलमा भन्छन्। ‘हुन्छ भन्नुभा'छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,’ सेवाग्राही (वादी) कृष्णकुमारी ढकालले अन्तिम पेसीमा जितहारको सुनिश्चितता हुन्छ कि हुन्न भन्ने शंका व्यक्त गर्दै अधिकारीलाई जवाफ फर्काउँछिन्। नागरिक दैनिकमा समाचार छ। ‘मैले ...

विद्युत उत्पादन बर्सेनि लक्ष्यभन्दा न्यून

विद्युत उत्पादन बर्सेनि लक्ष्यभन्दा न्यून
काठमाडौं, असार ३ - सरकारले हेरक वर्ष विद्युत उत्पादन बढाउने महत्वाकांक्षी लक्ष्य लिएपनि उपलब्धि भने निराशाजनक रहेको तथ्यांकले देखाएको छ। कारोबार दैनिकमा समाचार छ। एक वर्षभित्र सम्पन्न हुने आयोजनाका सम्बन्धमा समेत सरकारी प्रक्षेपण फितलो देखिनुलाई अध्ययन र अनुसन्धानको कमजोरीका रुपमा लिइएको छ। चालू आर्थिक वर्षमा मात्रै ६ सय मेगावाट विद्युत उत्पादनको महत्वकांक्षी लक्ष्य लिइएकोमा जम्मा ३४ मेगावाट...

न्यायपरिषद विरुद्ध न्यायाधीश सर्वाेच्चमा  

न्यायपरिषद विरुद्ध न्यायाधीश सर्वाेच्चमा  
काठमाडौं, असार ३  - न्यायाधीशको विवरण प्रकाशन गर्दा अवमूल्यन गरी आफूलाई बरियताक्रमको पुछारमा पारिएको बताउँदै पुनरावेदन अदालतका एक न्यायाधीशले न्यायपरिषदविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता गरेका छन्। अन्नपूर्ण पोष्टमा समाचार छ। न्याय क्षेत्रमा पुर्‍याएको योगदानको परिषदबाट कदर नभएको प्रश्न उठाउँदै पुनरावेदन अदालत हेटौंडाका न्यायाधीश डा. सलाहुद्दिन अख्तर सिद्दिकीले रिट दिएका हुन्। सिद्दिकी मुस्लिम ...

५ दिनपछि सबै ग्यास उद्योग बन्द हुने

५ दिनपछि सबै ग्यास उद्योग बन्द हुने
काठमाडौं, असार ३ - सरकारले एचपी ग्यासको खरिद ढुवानीमा आदेश (पीडिओ) रोक्का गर्ने निर्णय गरेपछि व्यवसायी आन्दोलित भएका छन्। कारोबार दैनिकमा समाचार छ। उनीहरुले निर्णय नसच्याए ५ दिनपछि जसम्पूर्ण उद्योग बन्द गर्ने चेतावनी दिएका छन्। नेपाल एलपी ग्यास उद्योग संघले बिहीबार एचपी ग्यासको पीडिओ रोक्का गर्ने निर्णय फिर्ता लिन सरकारलाई ५ दिने अल्टिमेटम दिएको हो। संघले आपूर्तिमन्त्री गणेशमान पुनलाई अल्टिम...

सरकारले ल्यायो कार्ययोजना: एक वर्षमा तीन निर्वाचन

सरकारले ल्यायो कार्ययोजना: एक वर्षमा तीन निर्वाचन
काठमाडाैं,असार ३ - सरकारले आगामी मंसिर्देखि एक वर्षभित्र तीन तहका निर्वाचनले गर्ने महत्वकांक्षी कार्ययोजना तयार गरेको छ। अन्नपूर्ण पोष्टमा समाचार छ। मन्त्रिपरिषदको बिहीबारको बैठकले डेढ वर्षभित्र स्थानीय, प्रदेश र संसद गरी तीनवटा निर्वाचन गर्नेलगायत संविधानले तोकेका कामको योजनावद्ध कार्ययोजना तयार पारेको कानुनमन्त्री अग्नी खरेलले बताए। सरकारले आगामी मंसिरमा अन्तरिम स्थानीय तहको निकाय, जेठमा प्रदे...

१५ हजार तिरे एक दिनमै पासपोर्ट

१५ हजार तिरे एक दिनमै पासपोर्ट
काठमाडौं, असार ३ - दक्षिण एसियामै सबैभन्दा महंगो पासपोर्ट शुल्क लिँदै आएको सरकारले द्रुत सेवाका नाममा थप शुल्क बढाइएको छ। कान्तिपुर दैनिकमा समाचार छ। राहदानी तत्काल आवश्यक परेको तोक आदेश बढेपछि त्यसलाई निरुत्साहित गर्न र चुस्त सेवा दिन भन्दै सरकारले थप शुल्क निर्धारण गरेको हो। द्रुत मार्गबाट राहदानी लिनेलाई ५ हजार थप शुल्क लिएको सरकारले पुनः एकदिनमा, भोलिपल्ट र तीन दिनमा दिने भन्दै क्रमशः १५...

रामगोपालपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

रामगोपालपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु
गौशाला, २ असार । महोत्तरीको रामगोपालपुर गाविसमा चट्याङ लागेर आज साँझ दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा सोही गाविस–४ बस्ने २७ वर्षीया विराजदेवी ठाकुर र २१ वर्षीया शोभादेवी ठाकुर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आफ्नै खेतमा काम गरिरहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेर उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको...

आगामी वर्षदेखि एसएलसी परीक्षा नहुने, साउन १४ गतेदेखि पूरक परीक्षा हुने

आगामी वर्षदेखि एसएलसी परीक्षा नहुने, साउन १४ गतेदेखि पूरक परीक्षा हुने
भक्तपुर, २ असार । परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको एसएलसी परीक्षा नतिजा प्रकाशित गरेको छ । ग्रेडिङ प्रणाली लागू भएपछि सार्वजनिक गरिएको पहिलो र एसएलसीको अन्तिम परीक्षाफल हो ।  सरकारले हालै शिक्षा ऐनमा आठौँ संशोधन गरेर कक्षा १२ सम्मलाई माध्यामिक शिक्षा बनाएपछि आगामी वर्षदेखि एसएलसी परीक्षा नहुने भएको हो । शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले शिक्षा नीतिमा परिवर्तन गरेका कारण अर्को ...