वर्तमान सरकार केही दिनभित्र विस्तार हुन सक्ने: प्रधानमन्त्री ओली

वर्तमान सरकार केही दिनभित्र विस्तार हुन सक्ने: प्रधानमन्त्री ओली
काठमाडौँ, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार केही दिनभित्र विस्तार हुन सक्ने बताउनुभएको छ । भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयद्वारा आज आयोजित ‘भूमि व्यवस्थापनमा देखिएका चुनौती र समाधान’ विषयको राष्ट्रिय परामर्श गोष्ठीमा प्रधानमन्त्री ओलीले भन्नुभयो – “सरकार परिवर्तन हुने कुरा हल्ला मात्रै हो । यो दायाँबायाँ हुँदैन ।” सरकारले आफ्ना नीति तथा कार्यक्रमअनुसारका योजनालाई कार्...

कालीगण्डकीमा जल यातायात अवरुद्ध

कालीगण्डकीमा जल यातायात अवरुद्ध
पर्वत, २३ असार । मुलुककै सबैभन्दा ठूलो जलविद्युत् केन्द्र कालीगण्डकी ‘ए’ निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जल यातायात वर्षायामसँगै अवरुद्ध भएको छ । नदीमा पानीको बहाव बढेपछि दुर्घटना बढ्ने खतरा भएपछि असारको पहिलो सातादेखि नै यातायात सेवा अवरुद्ध भएको हो । यातायात अवरुद्ध भएपछि पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दा यातायातको सुविधाबाट वञ्चित बनेका छन् । विगत १६ वर्...

गरिबी निवारणको तीस करोड बढी लगानी

गरिबी निवारणको तीस करोड बढी लगानी
बैतडी, २३ असार । जिल्लामा गरिबी निवारण कोषले अहिलेसम्म आयआर्जन कार्यक्रमका लागि ८७६ सामुदायिक संस्थामार्फत रु ३० करोड २४ लाख ३६ हजार लगानी गरेको छ । विसं २०६३ देखि अहिलेसम्म आयआर्जनतर्फ सो रकम लगानी गरिएको बताइएको छ । चालु आवमा मात्रै कोषले आफ्ना ११ वटा साझेदार संस्थामार्फत जिल्लाका विभिन्न ठाउँका सामुदायिक संस्थामा रु चार करोड २५ लाख ६५ हजार लगानी गरेको कोषका कार्य प्रबन्धक रमेशचन्द्र अवस्थीले...

गोरखाको केरौंजामा थप एकजनाको मृत्यु, पूरै गाउँ शोकमा

गोरखाको केरौंजामा थप एकजनाको मृत्यु, पूरै गाउँ शोकमा
गोरखा, २३ असार । बाटो मर्मत गर्न जाने क्रममा श्रीमती कान्छीमाया गुरुङको पहिरोमा पुरिँदा मृत्यु भएको खबर सुनेपछि घर फर्कंदै गरेका गोरखाको केरौंजा–३ का कृष्ण तामाङको मृत्यु भएको छ । सालो कृष्ण घलेको साथमा घर (केरौंजा) फर्कंदै गरेका तामाङको गएराति अकस्मात् अचेत हुँदा मृत्यु भएको हो । पहिरोमा पुरिँदा केरौंजा–३ का ३० बर्षीया चीनमाया गुरुङ, ४५ वर्षीया कान्छीमाया गुरुङ र १५ वर्षीय सन्दीप घलेको मृत्यु ...

कर छली गर्नेमाथि कारबाही

कर छली गर्नेमाथि कारबाही
रुपन्देही, २३ असार । आन्तरिक राजस्व कार्यालय भैरहवाले कर छली गर्ने व्यवसायीलाई कारबाही थालेको छ । कार्यालयले कानुन विपरीत काम गर्ने र राजस्व छली गर्ने जिल्लाका मदिरा तथा सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग तथा बिक्री वितरण गर्ने व्यवसायीलाई कारबाही थालेको हो । आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत महाराज कोइरालाका अनुसार मदिरा बिक्री गर्ने ४८ व्यवसायीको अनुगमन गर्दा १२ व्यवसायीले बिना...

यसरी ठगिँदैछन् उपभोक्ता

यसरी ठगिँदैछन् उपभोक्ता
उदयपुर, २३ असार । सदरमुकाम गाईघाट बजारका तरकारी बजारलगायत त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न बजार पसलमा व्यापारीले कृत्रिम ढक तथा तराजु प्रयोग गरेर उपभोक्तालाई ठग्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालय, त्रियुगा उद्योग वाणिज्य सङ्घ र त्रियुगा नगरपालिकाका प्रतिनिधिहरुले बजार अनुगमन गर्ने क्रममा केही व्यापारीबाट कृत्रिम ढक तराजु जफत समेत गरेका छन् । तर ती व्यापारीलाई उचित कारबाही नहुँदा उनीहरुल...

सप्तरीका अधिकांश स्थानीय निकायले सामाजिक लेखापरीक्षण गराउँदैनन्

सप्तरीका अधिकांश स्थानीय निकायले सामाजिक लेखापरीक्षण गराउँदैनन्
लहान, २३ असार । स्थानीय स्वायत शासन ऐन, २०५५ मा स्थानीय निकायले वर्षभरिमा एक पटक सामाजिक लेखापरीक्षण गर्नै पर्ने बाध्यात्मक व्यवस्था भए पनि सप्तरीका अधिकांश स्थानीय निकायले त्यसको पालना नगरेको पाइएको छ । लोक कल्याण नेपाल संस्थाले हालै सप्तरीको दुई वटा नगरपालिका र १८ वटा गाविसमा गरेको स्थानीय निकायको कानुन तथा नीतिगत व्यवस्था पालनासम्बन्धी सर्वेक्षणमा सो तथ्य फेला परेको हो । सर्वेक्षण गरिएका २० ...

प्रस्तावित प्रधानन्यायाधीश र प्रमुख आयुक्तलाई संसदीय सुनुवाइमा बोलाइने

प्रस्तावित प्रधानन्यायाधीश र प्रमुख आयुक्तलाई संसदीय सुनुवाइमा बोलाइने
काठमाडौँ, २३ असार संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त अयोधिप्रसाद यादवको शुक्रबार संसदीय सुनुवाइ गर्ने भएको छ । समितिका सभापति कुलबहादुर गुरुङको सभापतित्वमा आज बसेको बैठकले भोलि बिहान बस्ने बैठकमा कार्यवाहक प्रमुख आयुक्त यादवलाई सुनुवाइका लागि उपस्थित गराउने निर्णय गरेको हो । कावा प्रमुख आयुक्त यादवको पुनःनियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतमा दायर रिट निव...

डोल्पामा यातायातको एकमात्र साधनको रुपमा रहेको जुफाल विमानस्थल बन्द

डोल्पामा यातायातको एकमात्र साधनको रुपमा रहेको जुफाल विमानस्थल बन्द
डोल्पा, २३ असार । डोल्पामा यातायातको एकमात्र साधनको रुपमा रहेको जुफाल विमानस्थल बन्द भएको छ । नेपालन्जबाट–डोल्पा हवाई मार्गअन्तर्गत बीचमार्गमा वर्षात् र कुहिरोले मार्ग अवरुद्ध भएपछि गत सोमबारदेखि हवाई सेवा ठप्प भएको नागरिक उड्डयन प्राधिकरण जुफालले जनाएको छ साथै कुहिरोले विमानस्थल समेत छोपेको प्राधिकरणले जनाएको छ । विमानस्थल अवरुद्ध भएपछि पर्यटक, सर्वसाधारण, विद्यार्थी तथा बिरामीको चाप बढेको ...

दाङमा महिलाको धारिलो हतियारको प्रहारबाट हत्या

दाङमा महिलाको धारिलो हतियारको प्रहारबाट हत्या
दाङ, २३ असार । दाङमा एक जना महिलाको धारिलो हतियारको प्रहारबाट हत्या भएको छ । दाङ देउखुरीको सतवरिया–८ रिहारमा २७ वर्षीया बालिका चौधरीको घरमै चक्कु प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिनुभएको छ । रिहारमा किराना पसल गर्दै आएकी चौधरी सोही घरमा डेरा बस्दै आएकी थिइन् । उनको गएराति हत्या भएको प्रहरीले बताएको छ । चौधरीको शव नजिकै एउटा धारिलो चक्कु फेला पर्नुका साथै ...