जिप दुर्घटनामा दुई घाइते

जिप दुर्घटनामा दुई घाइते
जाजरकोट, २४ जेठ । जाजरकोट सदरमुकामबाट पाँचकाटियाका लागि छुटेको जिप वाहुनथानानजिक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । भे१ज ५६६ नंको जिप आज दुर्घटना हँुदा जिपमा सवार अर्छानी–९ की खिमकुमारी सिंह, पैक–५ की मीना आरसी घाइते भएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो । घाइतेको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा पहिरोले सडक बन्द भएकाले समस्या भएको मल्लले जानकारी दिनुभयो ।

सार्वजनिक जग्गामा वनको विकास गर्न निर्देशिका

सार्वजनिक जग्गामा वनको विकास गर्न निर्देशिका
काठमाडौँ, २४ जेठ । सार्वजनिक जग्गामा वनको विकास गर्न तयार पारिएको मस्यौदा निर्देशिकामाथि छलफल सुरु भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा वन तथा भू–संरक्षण मन्त्रालयका सचिव, सहसचिव, वन विभागका महानिर्देशक, उपमहानिर्देशक, क्षेत्रीय वन निर्देशक, सम्बन्धित जिल्ला वन अधिकृत, बहुसरोकारवाला वन कार्यक्रमका प्रतिनिधि लगायतको सहभागितामा छलफल भएको हो । छलफलमा मन्त्रालय सचिव उदयचन्द्र ठाकुरले तराईको ...

एमाले मोरङ–६ मा पुनः तिम्सिना निर्वाचित

एमाले मोरङ–६ मा पुनः तिम्सिना निर्वाचित
पथरी (मोरङ), २४ जेठ । नेकपा (एमाले) मोरङ क्षेत्र नं ६ को अध्यक्षमा खेमराज तिम्सिना पुनः निर्वाचित हुनुभएको छ । गएराति सम्पन्न मतपरिणामअनुसार क्षेत्रीय अधिवेशनले दोस्रो कार्यकालका लागि तिम्सिना अध्यक्षमा निर्वाचित हुनुभएको हो । दुई समूहबीच भएको प्रतिस्पर्धामा दामोदर तिवारीलाई एक मतले पराजित गर्दै तिम्सिना अध्यक्षमा निर्वाचित हुनुभएको नेकपा (एमाले) मोरङले जनाएको छ । कुल ८२ मतमा तिम्सिनाले ४१ र त...

नापी सेवालाई प्रविधियुक्त बनाइन्छः मन्त्री सुब्बा

नापी सेवालाई प्रविधियुक्त बनाइन्छः मन्त्री सुब्बा
इटहरी, २४ जेठ । भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले नेपाल र नेपालीको सम्पत्तिको रक्षाका लागि कार्यरत प्राविधिक जनशक्तिले गर्ने सानो लापर्बाही वा कमजोरीले देश एवम् जनताको जिन्दगीभरको दुस्मन भइने अनि देशकै अस्तित्वमाथि प्रश्न चिह्न खडा गर्ने कार्य हुन नदिन सचेत हुनुपर्दछ भन्नुभएको छ । मन्त्री सुब्बाले आज सुनसरी जिल्लाको इटहरीमा नापी विभागले आयोजना गरेको पूर्वाञ्चल क्षेत्री तालिम गोष्ठ...

मुस्ताङका किसान हाते ट्र्याक्टरतर्फ आकर्षित

मुस्ताङका किसान हाते ट्र्याक्टरतर्फ आकर्षित
मुस्ताङ, २४ जेठ । श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि मुस्ताङका किसान हाते ट्र्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । जिल्ला कृषि विकास कार्यालयले सहुलियत अनुदानमा ट्र्याक्टर वितरण गर्न थालेपछि उनीहरुले ट्र्याक्टरको प्रयोग बढाएका हुन् । गत आवमा जिल्लाका अगुवा सात जना किसानलाई मात्र वितरण गरिएको ट्र्याक्टरका लागि चालु आवमा ४५ जनाले माग फारम भरेको जिल्ला कृषि विकास कार्य...

ट्राफिक नियम उलङ्घन गर्ने ४ हजार चालक कार्वाहीमा

ट्राफिक नियम उलङ्घन गर्ने ४ हजार चालक कार्वाहीमा
रसुवा, २४ जेठ । ट्राफिक नियम उलङ्घन गर्ने सवारी चालकउपरको कारबाही तीव्र पारिएको छ । यातयात व्यवस्था विभागको अनुमति बेगर आएका र स्थानीयस्तरमा ट्राफिक नियम उलङ्घन गर्ने चार हजार १०० सवारी चालकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी रसुवाले जनाएको छ । पासाङल्हामु मार्गमा चल्ने सवारी साधनबाट चालु आवको साउनदेखि हालसम्म जरिवानाबापत रु १८ लाख २१ हजार ५०० राज्यकोषमा दाखिला भइसकेको बताइएको छ । का...

काँग्रेस अर्घाखाँचीमा पदाधिकारी चयन

काँग्रेस अर्घाखाँचीमा पदाधिकारी चयन
अर्घाखाँची, २४ जेठ । नेपाली काँग्रेस अर्घाखाँचीको बैठकले जिल्ला कार्यसमितिलाई पूर्णता दिएको छ । बिपी स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको बैठकले महिला सङ्घकी सभापति शान्ता भण्डारीलाई उपसभापति र युवा नेता विष्णु भुसाललाई सचिवमा मनोनीत गरेको जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले जानकारी दिनुभयो । बैठकले पार्टीको वरिष्ठ नेतामा पूर्व सभापति कमलप्रसाद भुसाललाई दोस्रो बरियतामा रहने गरी निर्णय ग...

इजरायलको हिरासतमा रहेका इरान टीभीका समाचारदाता रिहा

इजरायलको हिरासतमा रहेका इरान टीभीका समाचारदाता रिहा
जेरुसेलम, २४ जेठ । चारदिन इजरायली हिरासतमा राखिएका इरानको अरबी टेलिभिलन च्यानका गोलान हाइटस्थित समाचारदातालाई आइतबार रिहा गरिएको छ । अल अलाम न्युज चयानलका पत्रकार बसाम अल सफिदीलाइृ इजरायली आतङ्कवादी सङ्गठनलाई सहयोग पु¥याएको आरोपमा गत बुधबार नियन्त्रणमा लिइएको थियो ।

तालिवान लडाकूद्वारा सरकारी कार्यालयमा आक्रमण, सात जनाको मृत्यु

तालिवान लडाकूद्वारा सरकारी कार्यालयमा आक्रमण, सात जनाको मृत्यु
पुली अलाम, २४ जेठ अफगानी तालिवानी बन्दुकधारी समूह एकसाथ अफगानिस्तानको लोगार प्रान्तको राजधानी पुली अलाममा रहेका सरकारी कार्यालयको खानतलासी लिने भन्दै आक्रमण गर्दा सात जनाको मृत्यु भएको छ । तालिवानी विद्रोहीले आफ्नो यो आक्रमण उनीहरुको सरकारविरुद्धको तेस्रो बदलापूर्ण आक्रमण भएको बताएका छन् । तालिवान विद्रोहीले गत हप्ता सरकारी जेलमा रहेका लडाकूलाई फाँसीको सजाय सुनाएपछि बदलास्वरुप यो आक्रमण गरि...

काठमाडौंको बसपार्कमा बन्दैछ काठमाडौं टावर, निर्माण सामग्रि अभावले काम अघि बढेन

काठमाडौंको बसपार्कमा बन्दैछ काठमाडौं टावर, निर्माण सामग्रि अभावले काम अघि बढेन
काठमाडौँ, २४ जेठ । निर्माण सामग्रीको अभावका कारण पुरानो बसपार्कमा बनाउन लागिएको काठमाडौँ टावरको निर्माण कार्य अन्योलमा परेको छ । टावर निर्माणको सम्पूर्ण सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले निर्माण कार्य सुरु गर्न ढिला भएको निर्माणको जिम्मा पाएको जलेश्वर, स्वछन्द र विकोईका प्रमुख मनोज भेटवालले जानकारी दिनुभयो । उहाँका अनुसार सिमेन्ट, ढुङ्गा, गिट्टी बालुवालगायतको सामग्रीबाहेक अन्य सबै निर्माणक...