मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
झापा, २८ चैत- को ९ प ९६५० नंको मोटरसाइकलको ठक्करबाट झापामा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचगाछी–४ निवासी ८५ वर्षीय वृद्ध कञ्चन ताजपुरिया रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ताजपुरियालाई पाँचगाछी–५ स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मोटरसाइकलले शनिबार साँझ ठक्कर दिएको थियो । पैदल हिँडिरहेका उनलाई मोटरसाइकलले ठक्कर दिएलगत्तै उपचारका लागि दमक...

पोखरामा नमुना सडक निर्माण

पोखरामा नमुना सडक निर्माण
पोखरा, २८ चैत- पोखरा उपमहानगरपालिका वडा नं १७ स्थित हिमाली चोकदेखि आँखा अस्पताल चोकसम्म पोखरा सहरकै नमुना सडक निर्माण सम्पन्न भएकोछ । एक सय ७६ मिटर लम्बाइ र १० दशमलव ५ मिटर चौडाइ रहेको सो बाटो कुल रु ३५ लाख ८९ हजार २१४ मा निर्माण सम्पन्न गरिएको हो । कुल बजेटको ७० प्रतिशत नगरपालिका र बाँकी स्थानीय जनश्रम परिचालन गरिएको सो सडकको उत्तरपट्टि पक्की र दक्षिणमा गटर ढलका साथै सडकको दायाँबायाँ फुटपा...

नेपाल औषधी व्यवसायी संघको पोखरामा अन्तरक्रिया

नेपाल औषधी व्यवसायी संघको पोखरामा अन्तरक्रिया
पोखरा, २८ चैत- नेपाल औषधी व्यवसायी संघ गण्डकी अञ्चल शाखाले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान, अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेको छ । संघको वार्षिक कार्यक्रम अन्तर्गत प्रकाशित नयाँ वर्षको क्यालेन्डर पनि उक्त अवसरमा बिमोचन गरिएको शाखा अध्यक्ष यामनाथ पौडेलले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल औषधी व्यवसायी संघका केन्द्रीय सदस्य रामचन्द्र रेग्मीले संघको गण्डकी शाखा सामाजिक गत...

प्रधानमन्त्रीका स्वकीय सचिव भन्छन्ः ओलीको सरकार पूर्ण सफल देखियो

प्रधानमन्त्रीका स्वकीय सचिव भन्छन्ः ओलीको सरकार पूर्ण सफल देखियो
पोखरा, २८ चैत- छ महिना पूरा गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार पूर्ण सफल देखिएको प्रधानमन्त्रीका स्वकिय सचिव रमेश आचार्यले दाबी गरेका छन् । असहज परिस्थितिमा गठन भएको सरकारले मधेश आन्दोलन र नाकाबन्दीबाट मुलुकलाई पार लगाउँदै छिमेकीसँगको सम्बन्ध सुमधुर बनाउन सक्नु नै सरकारको सफलता भएको उनको जिकिर छ । नेकपा एमाले धादिङ पोखरा सम्पर्क मञ्चले पोखरामा शनिबार आयोजना गरेको नयाँ वर्ष २०७३ को शुभ...

महन्थ ठाकुरले भने, ‘मधेस एउटा राष्ट्र हो’

महन्थ ठाकुरले भने, ‘मधेस एउटा राष्ट्र हो’
काठमाडौं, २८ चैत- तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस एउटा राष्ट्र भएको ठोकुवा गरेका छन् । उनले भने, ‘मधेस एउटा राष्ट्र हो । एउटा राष्ट्र बन्नका लागि भाषा, संस्कृति र जनसंख्या आर्थिक स्रोतलगायतका जेजे चाहिने हो , सबै पूर्ण भएको छ । त्यसैले मधेस एउटा राष्ट्र हुनुपर्छ भन्ने कुरामा हामी अडिग छौं ।’ तमलोपाले मधेस आन्दोलनका मुद्दा र सञ्चार विषयमा शनिबार आयोजना गरेको अन्तरक्रिय...

वैद्यले पन्छाए माओवादी एकता

वैद्यले पन्छाए माओवादी एकता
पोखरा, २८ चैत- मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र पुष्पकमल दाहाल नेतृत्वको एकीकृत माओवादीबीच एकता तत्काललाई टर्ने देखिएको छ। वैद्य माओवादीका महासचिव रामबहादुर थापाले तत्कालै पार्टी एकता हुनुपर्ने मतसहित बिहीबार साँझदेखि हस्ताक्षर अभियान थालेपछि संकटमा परेका अध्यक्ष वैद्यले आन्तरिक गृहकार्य नपुगेकाले वैशाख अन्तिम साता फेरि बस्ने भन्दै शनिबार बिहान बैठक स्थगनको निर्णय लिएका हुन्। ...

सार्वजनिकस्थलमा सांस्कृतिक कार्यक्रम गर्न नपाइने

सार्वजनिकस्थलमा सांस्कृतिक कार्यक्रम गर्न नपाइने
काठमाडौं, २८ चैत- सरकारले ठमेल, दरबारमार्गलगायत पर्यटकीय क्षेत्र वरवर आवागमनमा अवरोध पुग्नेगरी सार्वजनिक स्थलमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न निषेध गरेको छ । पर्व मनाउने नाममा शान्तिसुरक्षा र सवारी आवागमनमा अवरोध पुग्ने गरेको निष्कर्ष निकाल्दै महानगरीय प्रहरी र काठमाडौं जिल्ला प्रशासन कार्यालयले आम सर्वसाधारणको आवगमनमा अवरोध पुग्ने गरी कुने पनि संस्कृतिक कार्यक्रम भोजभतेर, होहल्लालगायतका गति...

झन्डा नराख्दा एमाले बैठकमा विवाद

झन्डा नराख्दा एमाले बैठकमा विवाद
काठमाडौं, २८ चैत- कम्युनिस्ट पार्टीको झन्डा र ब्यानर नराखी केन्द्रीय समितिको बैठक सञ्चालन गरिएको विषयमा एमालेमा बिवाद उत्पन्न भएको छ । पार्टीको शनिबार सुरु भएको बैठकमा केन्द्रीय सदस्य ठाकुर गैरेले कम्युनिष्ट पार्टीको बैठकमा व्यानर र झन्डा नहुनु आश्चर्य भएको भन्दै प्रश्न उठाएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठककक्षमा नेपालको राष्ट्रिय झन्डामात्र राखिएको थियो । ‘राष्ट्रिय झन्डा हुनु...

नसाका लागि दिइने औषधिमा फोहोर भेटियो

नसाका लागि दिइने औषधिमा फोहोर भेटियो
काठमाडौं, २८ चैत- ललितपुरको एक औषधि पसलमा सिकिस्त बिरामीलाई शक्ति मिलोस् भनेर नसाबाट दिइने औषधिमा फोहोर भेटिएको छ । पाटनस्थित लक्ष्मी फर्मामा डेक्सट्रोज नामक औषधिभित्र फोहोरका काला कण भेटिएको हो । विशेष सूचनाका आधारमा औषधि व्यवस्था विभागका कर्मचारीले उक्त फर्मामा पुगी छानबिन गर्दा २५ एमएलको औषधिभित्र फोहोरका कण भेटिएपछि नमुना ल्याएर छानबिन प्रक्रिया अघि बढाएका छन् । भारतको हिन्दूस्तान औषधि उद्...

कहिले खुल्ला ठोरी नाका ?

कहिले खुल्ला ठोरी नाका ?
काठमाडौं, २८ चैत- भारतले अघोषित नाकाबन्दी गरेका बेला अवैध रुपमा भित्रिएको ठोरीको तेलले राजधानीको ‘प्राण’ धान्यो । इन्धन भित्रिने प्रमुख नाका सुचारु भएपछि भने अहिले यो नाका सुनसान छ । नाकाबन्दीका बेला चम्किएको ठोरीको भने आफ्नै पीडा छ । पर्साको सदरमुकाम वीरगन्ज आन्दोलनको केन्द्र बनेका बेला ठोरी नाकाका दिन फिरेका थिए । पेट्रोल र डिजेल लिन काठमाडौं, पोखरा, नेपालगन्जलगायत ३५ भन्दा बढी जिल्लाबाट मोट...