‘राजनीतिक परिस्थितिलार्इ सेनाले सूक्ष्म ढंगबाट नियालिरहेको छ’

‘राजनीतिक परिस्थितिलार्इ सेनाले सूक्ष्म ढंगबाट नियालिरहेको छ’
काठमाडाैं, ११ साउन– प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएको भोलिपल्ट सोमबार प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गम्भीर अर्थ लाग्ने अभिव्यक्ति दिएका छन्। उनले मुलुकको पछिल्लो राजनीतिनक परिस्थितिलाई नेपाली सेनाले सूक्ष्म ढंगबाट नियालिरहेको र कुनै पनि गतिविधिबाट राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न भएमा जुनसुकैखाले चुनौती सामना गर्न सेना तयारी अवस्थामा रहेको बताए। एक संस्थाले नेपाली से...

अर्को सरकार गठनमा संवैधानिक अड्चन कायमै

अर्को सरकार गठनमा संवैधानिक अड्चन कायमै
काठमाडाैं, ११ साउन– नयाँ सरकार गठनमा देखिएको संवैधानक अड्चन तत्कालका लागि टरेपनि संक्रमणकालमा पटक पटक सरकार परिवर्तन भने संवैधानिक जटिलता यथावत नै रहने देखिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको भोलिपल्ट सोमबार नयाँ सरकार गठनमा देखिएको संवैधानिक बाधा फुकाएर नयाँ सरकार गठनको आह्वानसमेत गरिसकेकी छन्। तर, राष्ट्रपति भण्डारीले संवैधानिक अधिकार प्रयो...

सरकारका विषयमा मोर्चाभित्र चर्को विवाद

सरकारका विषयमा मोर्चाभित्र चर्को विवाद
काठमाडाैं, ११ साउन– अब बन्ने सरकारमा सहभागिताको विषयलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा गम्भीर विवाद देखिएको छ। मोर्चाका केही घटक नयाँ सरकारले मेधसी मोर्चाले उठाएका माग सम्बोधन गर्दै चित्त बुझाउने ठाउँ दिएमा सरकारमा जान सकिने बताउँदै आएका छन् भने केही नेताले सरकारमा जानै नसकिने अडानमा छन्। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारमा जाने सम्भावना नरहेको बताए। ‘हामी सरकारमा जान...

गाउँ बन्यो टापु, कोसी नदीको भँगालोमा १२ सय जना

गाउँ बन्यो टापु, कोसी नदीको भँगालोमा १२ सय जना
काठमाडाैं, ११ साउन– अविरल वर्षाका कारण हुनमाननगरको गोबरगाढा क्षेत्र चारैतिर कोसीको भँगालोले घेर्दा करिब एक हजार २ सय जना थुनिएका छन्। डुबानमा परेका करिव तीन सय घरमा बिजोग किसिमले उनीहरु बसिरहेका छन्। खाना पकाउने अवस्था नहुँदा गहुँको पिठो खाएर गुजारा चलाएका छन्। स्थानीय महिला स्वयंसेविका चेतरीदेवीले प्रत्येक घरमा बिरामी परेको जानकारी दिइन्। मंगलबारसम्म पानी नघटे थप महामारी आउने खतरा देखिएको छ। ...

‘मजदुर नेता’ले जलाए मजदुरकै सपना

‘मजदुर नेता’ले जलाए मजदुरकै सपना
काठमाडाैं, ११ साउन– आइतबार राति ९ बजे कोठाबाट बा१ज ५१६२ नम्बरको ट्याक्सी लिएर हिँडेका चित्रबहादुर खत्री सोमबार बिहान ३ बजेतिर कोटेश्वरमा थिए। नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले ‘सुकुम्बासीमाथि राज्यले गरेको दमनविरुद्ध’ सोमबार नेपाल बन्दको आहवान गरेकोबारे उनी जानकार नै थिए। झिसमिसे बिहानबाट मात्र बन्द लागू होला भनेर उनी कोटेश्वरमा यात्रु कुरेर बसेका थिए। ‘बन्दकर्ताले गोंगबुमा ट्याक्सी जलाय...

गच्छदारलाई सरकारमा नलगिने, कांग्रेसबाट निधि वा सिटाैलाको नेतृत्व

गच्छदारलाई सरकारमा नलगिने, कांग्रेसबाट निधि वा सिटाैलाको नेतृत्व
काठमाडाैं, ११ साउन– कांग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चालाई विश्वासमा लिनकै लागि विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई सरकारमा नलिने भएका छन् । गच्छदार नेतृत्वको पार्टीलाई सरकारमा ल्याउँदा मधेसी मोर्चा भडकन सक्ने भएकाले कांग्रेस–माओवादीले राप्रपा र केही साना दललाई मात्र समेटेर सरकार निर्माण गर्ने गृहकार्य थालेका हुन् । फोरम लोकतान्त्रिकले अन्तिम घडीमा केपी ओली नेतृत्वको सरकार छाडेको...

बढी भाडा लिएर यात्रु ठग्ने ट्याक्सी कारबाहीमा

बढी भाडा लिएर यात्रु ठग्ने ट्याक्सी कारबाहीमा
काठमाडाैं, १० साउन– नेपाल गुणस्तर तथा नापतौल विभागअन्तर्गतको ट्याक्सी ट्याम्पो इकाइले आर्थिक वर्ष २०७२÷०७३ मा २१३ ट्याक्सीलाई कारबाही गरेको हो । इकाइले कल फास्ट, सिल नभएको, डेढगुना भाडा लिएको, मिटर बिगारेर बढी भाडा लिएको भन्दै उक्त ट्याक्सीलाई कारबाही गरेको हो । कारबाही परेका ट्याक्सीमा फास्ट कल गर्ने ७, सिल नभएको ७३, डेढगुना भाडा लिएको ५७ र मिटर बिगारेर बढी भाडा लिएको ७६ रहेका छन् । इकाइका...

डिडिसीकाे दूधः अाधा लिटरमा ११० मिलि कम

डिडिसीकाे दूधः अाधा लिटरमा ११० मिलि कम
काठमाडौँ, १० साउन । दुग्ध विकास संस्थान (डिडिसी) बाट उत्पादित दूधको परिमाणमा ठगी भएको फेला परेको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालयले काठमाडौँले नाप जाँच गर्दा आधा लिटर दूधमा ११० मिलिलिटर दूध घटी भएको फेला परेको हो । आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले नेपाल गुणस्तर तथा नापतौल विभागमार्फत क्षेत्रीय कार्यालय बालाजुलाई नापजाँचका लागि चिठी पठाएपछि नाप गर्दा उक्त म...

बाधा अड्काउ फुकाउने अधिकारसँगै काँग्रेस र माअाेवादीकाे नयाँ सरकार गठनमा दौडधुप

बाधा अड्काउ फुकाउने अधिकारसँगै काँग्रेस र माअाेवादीकाे नयाँ सरकार गठनमा दौडधुप
काठमाडौँ, १० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न आह्वान गरेसँगै नयाँ गठबन्धनमा संलग्न नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का नेताको दौडधुप सुरु भएको छ । नयाँ सरकारको गठबन्धनमा संलग्न हुने समझदारी बनाएका ती दुई दलका नेताबीच आफूले पाउने मन्त्रालय, आफ्नातर्फबाट सरकारमा नेतृत्व गर्ने व्यक्ति, संयुक्त लोकतान्त्रिक मध...

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको जिप दुर्घटनामा परी नौ जना गम्भिर घाइते

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको जिप दुर्घटनामा परी नौ जना गम्भिर घाइते
हेटौँडा, १० साउन । काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ना १ ज ४७०२ नंको सुमो जिप त्रिभुवन राजपथअन्तर्गत भैंसे–७ को खोप्लाङमा आज अपरान्ह दुर्घटना हुँदा सो जीपमा सवार नौ जना गम्भिर घाइते भएका छन् । घाइतेलाई प्रहरीले उद्धार गरी हेटौँडास्थित चुरेहिल अस्पतालमामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाइएको प्रहरी नायब...