नेपालसहित दक्षिण एसियामै खडेरी

नेपालसहित दक्षिण एसियामै खडेरी
काठमाडौं, २९ चैत- विश्व मौसम संगठन ‘बल्डए मेटेओरोलिजकल अर्गनाइजेसन’ ले एल निनो नामक मौसमी अवस्थाका कारण दक्षिण एसियामै खडेरी पर्ने जनाएको छ । प्रशान्त महासागरको पानीमा अस्वाभाविक तापका कारण सिर्जना हुने एल निनो मौसमी अबस्थाको प्रभाव विश्वव्यापी रुपमा नै भइरहेको बैज्ञानिकहरुको भनाइ रहेको छ । अनुसन्धान कर्ताहरु भन्छन्, ‘प्रशान्त महासागका केही भागमा तापक्रम सामान्यभन्दा दुई डिग्री सेल्सियस बढ्न सक...

भूकम्पबाट पाकिस्तानमा दुईजनाको मृत्यु

भूकम्पबाट पाकिस्तानमा दुईजनाको मृत्यु
काठमाडौँ चैत्र २९ । आइतबार दिउँसो अफगानिस्तानको हिन्दुकश पर्वतमा गएको ६।८ म्याग्निच्यूडको भूकम्पबाट पाकिस्तानमा दुईजनाको ज्यान गएको छ । अफगानिस्तान(ताजिकिस्तान सीमाना नजिकै गएको भूकम्पबाट पाकिस्तानमा दुईजनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमयले जनाएका छन् । यो भूकम्पबाट अहिलेसम्म चारजना घाइते भएको खबर आएको छ । भूकम्पको केन्द्रबिन्दु राजधानी काबुलबा २८२ किलोमीटर उत्तर(पूर्वमा जमिनको २ ...

मन्दिर आगलागीमा एक सय भन्दा बढीको मृत्यु

मन्दिर आगलागीमा एक सय भन्दा बढीको मृत्यु
नयाँ दिल्ली, २८ चैत । दक्षिण भारतमा रहेको एक मन्दिरमा आइतबार भएको भीषण आगलागीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १०२ पुगेको छ ।भारतको केरेलाराज्यको तटिय सहर पारवुरामा रहेको पुत्तिङ्गल देवीको मन्दिरमा हिन्दु नयाँ बर्षको उपलक्ष्यमा भएको आतिशबादीमा यो आगलागी भएको बताइएको छ । मन्दिर परिसरमा जम्मा भएका व्यक्तिबीच भएको यस आगलागीमा परी १०२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २ सय ५० भन्दा बढी व्यक्ति घाइ...

श्रीमतीलाई एचआईभी पोजेटिभ भएको थाहा पाएपछि पति र उनका परिवारले गरे विभत्स हत्या

श्रीमतीलाई एचआईभी पोजेटिभ भएको थाहा पाएपछि पति र उनका परिवारले गरे विभत्स हत्या
एजेन्सी । एचआईभी पोजेटिभ भएकै कारण भारतको उत्तर प्रदेशकी एक महिलाले ज्यान गुमाउनु परेको छ । उत्तर प्रदेशकी ४० वर्षीया महिलालाई एड्स लागेको भन्दै उनका पति र उनका घर परिवार मिलेर हत्या गरेको भारतीय प्रहरीले जनाएको छ । ति महिलालार्इ एचआईभी लागेको पत्ता लागे लगत्तै परिवारले हत्या गरेको अनुसन्धानबाट खुलेको छ । टाइम्स अफ इंडियाको रिपोर्ट अनुसार गत बुधवार ति महिलालाई हत्या गरिएको हो । उनी पछिल्लो ६ मह...

इस्लामिक समूहको आक्रमणपछि पालमाइराबाट विस्थापित सिरियाली नागरिक घर फर्किन थाले

इस्लामिक समूहको आक्रमणपछि पालमाइराबाट विस्थापित सिरियाली नागरिक घर फर्किन थाले
सिरिया, २८ चैत । सिरियाको मध्यप्रान्त होम्सस्थित पालमाइरा सहरमाथि इस्लामिक समूहको आक्रमणपछि त्यहाँबाट अन्यत्र विस्थापित सयौँ नागरिक शनिबार सिरियाको प्राचीन सहर फर्किएका छन् । सन् २०१५ को मेमा इस्लामिक विद्रोहीको नियन्त्रणमा रहेको सिरियाली प्राचीन संस्कृतिले सुसम्पन्न यस सहरलाई सिरियाली सुरक्षाफौजले गएको महिनामात्र नियन्त्रणमा लिन सफल भएको थियो । पालमाइरा र वरपरका क्षेत्रमा आईएस गतिविधि नियन्...

म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकीको आँखामा के भयो ?

म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकीको आँखामा के भयो ?
म्यानमार, २८ चैत- म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीको सफल आँखा उपचार पछि उहाँ शनिबार घर फर्किनुभएको छ । नेत्री सुकी उपचारका लागि शनिबार अस्पताल भर्ना हुनुभएको थियो । उहाँको अर्को आँखाको उपचार यही अप्रिल १६ मा गरिने उहाँको दल नेसनल लिग फर डेमोक्रेसीका उच्च नेता बिन टेनले बताउनुभयो । सत्तरी वर्षीया सुकी आफ्ना निजी चिकित्सकको सल्लाहमा आँखाको उपचार गर्नुभएको बताउँदै आँखामा के समस्...

पेरुमा बस दुर्घटनामा परी मतदान गर्न हिँडेका २३ जनाको मृत्यु

पेरुमा बस दुर्घटनामा परी मतदान गर्न हिँडेका २३ जनाको मृत्यु
पेरु, २८ चैत । दक्षिणी पेरुको ग्रामीण इलाकामा अवस्थित राजमार्गमा शुक्रबार बस सडकबाट करिब २० मिटर तल नदीमा खसेपछि भएको दुर्घटनामा २३ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरी कमान्डर जर्ज पास्टरले रेडियोसँग घटनामा २३ जनाको मृत्यु भएको र ३५ जना घाइते भएको बताउनुभयो । विपरित दिशाबाट आइरहेको ट्रकलाई जोगाउने प्रयासस्वरुप एक्कासी मोड्दा बस सडकबाट करिब २० मिटर तल नदीमा खसेको थियो । पुएल्टोबाट मोल्डान...

सुकी विदेशमन्त्री भएपछि म्यानमारमा आस्थाका बन्दी रिहाईको प्रक्रिया सुरु, शुक्रबार १३८ जना रिहा

सुकी विदेशमन्त्री भएपछि म्यानमारमा आस्थाका बन्दी रिहाईको प्रक्रिया सुरु, शुक्रबार १३८ जना रिहा
याङ्गुन, २७ चैत- म्यानमारको जेलमा रहेका राजनीतिक आस्थाका बन्दी रिहाइको प्रक्रिया सुरु भएको समाचार छ । शुक्रबारमात्र सो प्रक्रियाबाट कम्तीमा १३८ जना बन्दी रिहा गरिएको जनाइएको छ । म्यानमारको राजधानी नेपित्व तथा अरु चार वटा जेलमा रहेका बन्दीमध्ये करिब १३८ जनालाई शुक्रबार राति रिहा गरिएको छ । उनीहरुको बाँकी जेल जीवन माफी गरी रिहा गरिएको प्राप्त समाचारमा जनाइएको छ । यसरी आममाफी पाएका ती बन्दीमा ...

अमेरिकी रक्षामन्त्री आस्टोन कार्टर आइतबार भारत आउँदै

अमेरिकी रक्षामन्त्री आस्टोन कार्टर आइतबार भारत आउँदै
नयाँ दिल्ली, २७ चैत । अमेरिकी रक्षमन्त्री आस्टोन कार्टर आइतबार भारत आउँदै हुनुहुन्छ । तीनदिने औपचारिक भ्रमणका लागि उहाँ भारत आउन लाग्नुभएको हो । समाचार स्रोतकाअनुसार उहाँले आफ्नो तीनदिने बसाइँका क्रममा भारतीय राजधानी नयाँ दिल्लीका साथै पश्चिमी भारतीय राज्य गोवाको पनि भ्रमण गर्नुहुने छ । भारतीय रक्षामन्त्री मनोहर परिकारको आमन्त्रणमा उहाँ भारत आउन लाग्नुभएको बताइएको छ । आफ्नो भ्रमणको पूर्व ...

नयाँ दिल्लीका मुख्य मन्त्रीलाई जुत्ता प्रहार, जुत्ता प्रहार गर्ने व्यक्ति पक्राउ

नयाँ दिल्लीका मुख्य मन्त्रीलाई जुत्ता प्रहार, जुत्ता प्रहार गर्ने व्यक्ति पक्राउ
 काठमाडौँ, २७ चैत ।  भारतीय नेता तथा नयाँ दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवालमाथी जुत्ता प्रहार भएको छ । आम आदमी पार्टीका अध्यक्षसमेत रहेका केजरीवालको प्रमुख आतिथ्यतामा शनिबार दिल्लमिा आयोजीत एक पत्रकार सम्मेलनमा उनी एक व्यक्तिले जुत्ता हानेको भारतीय मिडियाले उल्लेख गरेका छन् । दिल्लीमा केही महिनादेखि जोर बिजोर प्रणालीका आधारमा गाडी चल्न थालेपछि सोही विषयमा छलफल गर्न आयोजीत कार्यक्रमका अवसर...