गर्मीमा अण्डाको प्रयोग कत्तिको फाईदाजनक छ, जान्नुहोस

गर्मीमा अण्डाको प्रयोग कत्तिको फाईदाजनक छ, जान्नुहोस
ताजा खबर। कतै तपाईहरुले सुन्नु भएको होला गर्मीमा अण्डा खानु राम्रो हुदैन। रिसर्चरको भनाइ छ कि अण्डा गर्मीमा सेवन गर्दा शरीरलाई नोक्सान हुदैन। गर्मीमा अन्डाको सेवन गर्दा आवश्यक तत्वको पूर्ति  हुन्छ। अण्डामा भिटामिन ए, डी र अन्य पोषक तत्वको भरपुर मात्रा हुन्छ। जसले शरीरलाई स्वस्थ राख्नमा मद्दत गर्छ। साँचो कुरा यो छ कि गर्मीमा अण्डाको सेवन गर्नाले गर्मि सँग जुध्ने क्षमता मिल्दछ र पाचनमा पनि सजिलो हुन...

विजयकुमार गच्छदारलाई चिकित्सकको ध्यानाकर्षण

विजयकुमार गच्छदारलाई चिकित्सकको ध्यानाकर्षण
काठमाडौँ, १० वैशाख - स्वास्थ्य समूहबाटै सचिव बनाउन माग गर्दै नेपाल चिकित्सक सङ्घले आजले उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई भेटी ज्ञापनपत्र बुझाएको छ । सङ्घका अध्यक्ष डा अञ्जनीकुमार झा, महासचिव डा मुक्तिराम श्रेष्ठसहित सङ्घका पदाधिकारीसहितको टोलीले ज्ञापनपत्र बुझाउँदै संशोधित स्वास्थ्य ऐनको दफा १९ बमोजिम स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य समूहकै विशिष्ट व्यक्ति सचिव बनाउनुपर्ने माग राखेको हो । ...

अत्यधिक रक्तस्रावका कारण गर्भवतीको मृत्यु

अत्यधिक रक्तस्रावका कारण गर्भवतीको मृत्यु
जुम्ला, १० वैशाख । अत्यधिक रक्तस्रावका कारण विकट मालिकाबोता गाउँकी एक गर्भवती महिलाको मृत्यु भएको छ । ज्यान गुमाउने गर्भवती महिला मालिकाबोता–५ की २० वर्षीया बाँचु रावत हुन् । मङ्गलबार दिउँसो ३ बजेदेखि उनको रगत बग्न सुरु भएको पति काशीचन्द्र रावतले बताउनुभयो । नजिकको स्वास्थ्य चौकीमा भन्यौँ, त्यहाँ नसक्ने भएपछि एम्बुलेन्स बोलायौँ । बाटोका कारण एम्बुलेन्स पनि समयमै नआएकाले झन्डै १० घन्टा जति उनको ...

जटिल किसिमका शल्यक्रिया सुरु भएसँगै अस्पतालमा रगतको अभाव

जटिल किसिमका शल्यक्रिया सुरु भएसँगै  अस्पतालमा रगतको अभाव
डडेल्धुरा, १० वैशाख । उपक्षेत्रीय अस्पताल डडेल्धुरामा जटिल किसिमका शल्यक्रिया सुरु भएसँगै बिरामीलाई रगत आपूर्तिमा कमी आएको छ । नयाँ वर्षको आरम्भसँगै अस्पतालमा एमडिजिपी डाक्टरले सेवा दिन सुरु गरी विभिन्न किसिमका शल्यक्रिया हुन थालेपछि अहिले अस्पताललाई रगतको अभाव हुन थालेकोे अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिहंले बताउनुभयो । डडेल्धुरामा एक मात्र रक्तसञ्चय गरिरहेको नेपाल रेडक्रसको ब्लडब...

कपाल नहुनेलाई खुशिको खबर, अब नेपालमै तीन हजार रौँ तीन दिनमै प्रत्यारोपण गर्न सकिने

कपाल नहुनेलाई खुशिको खबर, अब नेपालमै तीन हजार रौँ  तीन दिनमै प्रत्यारोपण गर्न सकिने
बनेपा, ९ वैशाख । काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि कपाल प्रत्यारोपणसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी सुरु भएको छ । नेपालभरका ३० जना छाला तथा चर्मरोग विशेषज्ञहरुको सहभागिता रहेको उक्त गोष्ठीमा कपाल प्रत्यारोपण विधिबारे छलफल गरिनाका साथै सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइने छ । तालुपना तथा कपाल खुइलिने समस्यालाई ध्यानमा राखेर धुलिखेल अस्पतालले विगत छ महिनाको अवधिमा करिब ६० जनामा कपाल प्रत्यारो...

मृगौला रोगीलाई तीन लाख सहयोग

मृगौला  रोगीलाई  तीन लाख सहयोग
मोरङ , ७ वैशाख । मोरङ जिल्लाको इटहरा–१ लक्ष्मी चोकका मिर्गाैला रोगी तेजबहादुर नेपाली (विक्रम)लाई रु तीन लाख बराबरको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । पीडित नेपालीको उपचारका लागि देश विदेशबाट प्राप्त भएको रु तीन लाख सात हजार ३५ बुलेट गाइज क्लब इटहराले सोमबार बेलुका हस्तान्तरण गरेको हो । इटहरा समाज कतारबाट रु एक लाख एक हजार ७८०, दक्षिण कोरियाबाट इटहरा–२ निवासी विनोद तामाङको अगुवाइमा त्यहाँ रह...

विकट गाउँमा एम्बुलेन्स सेवा सुरु

विकट गाउँमा एम्बुलेन्स सेवा सुरु
पर्वत , ७ वैशाख । यातायात सुविधाको अभावमा ग्रामीण क्षेत्रका बासिन्दाले अकालमै ज्यान गुमाउनुपरेको अवस्थालाई मध्यनजर गर्दै विकट गाउँमा एम्बुलेन्स सेवा सुरु गरिएको छ । स्वास्थ्य मन्त्रालयबाट अनुदानमा प्राप्त एम्बुलेन्स सेवा सुचारु गरिएको हो । पर्वतको लुंखुदेउराली गाविसमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमार्फत सञ्चालन हुने गरी प्राप्त भएको एम्बुलेन्सको आइतबारदेखि औपचारिक रुपमा सेवा सुचारु गरिएको ह...

टर्कीमा जमेका नेपाली चिकित्सक

टर्कीमा जमेका नेपाली चिकित्सक
काठमाडौं, ७ बैशाख सिरहा गोलबजाका एक नेपाली युवालाई टर्की सरकारले बालरोग तथ नवजात शिशु चिकित्साका क्षेत्रमा विशिष्ट सेवा पुर्याएवापत ‘वर्ष चिकित्सक’ का रुपमा सम्मानित गरेको छ । नेपाल सरकारको छात्रवृत्ति पाएर सन् २००० मा टर्कीको अन्कारामा एमबीबीएस अध्ययन गर्न गएका विनोदकुमार शाह कामको अवसर पाएर अन्कारास्थित लोकमान हेकिम हस्पिटलमा सेवारत थिए । अन्कारा युनिभर्सिटीबाट बालरोग तथा नवजात शिशु स्याहारमा ए...

मापदण्ड विपरीत सञ्चालन भएका आयुर्वेद चिकित्सालयको दर्ता खारेज गरिने

मापदण्ड विपरीत सञ्चालन भएका आयुर्वेद चिकित्सालयको दर्ता खारेज गरिने
काठमाडौँ, ६ वैशाख । सरकारले निर्धारण गरेको मापदण्ड विपरीत सञ्चालन भएका आयुर्वेद चिकित्सालयको दर्ता खारेज गरिने छ । आयुर्वेद विभागमा दर्ता नभएका, जथाभावी विज्ञापन गरी भ्रम सिर्जना गरेका र पूर्वाधार नभएका उपचार केन्द्रलाई कारबाही गर्न लागिएको हो । कपाल झर्न रोक्ने, अर्बुद रोग निको पार्ने भन्ने जस्ता मिथ्या प्रचार गरी सेवाग्राहीलाई ठग्दैआएका उपचार केन्द्रको विभागले अनुगमन र नियमन गरिरहेको विभाग...

दुवै मृगौलाले काम गर्न छाडेपछि श्रेष्ठलाई बचाउन सहयोगको अपिल

दुवै मृगौलाले काम गर्न छाडेपछि श्रेष्ठलाई बचाउन सहयोगको अपिल
झापा, ६ बैशाख- दुवै मिर्गौलाले काम गर्न छाडेपछि विगत लामो समयदेखि उपचाररत रहनुभएका झापाको गरामनीका एक स्थानीयवासीको जीवन बचाइदिन सहयोगको अपिल गरिएको छ । गरामनी–९ निवासी ४१ वर्षीय बलराम श्रेष्ठको दुवै मिर्गौलामा समस्या आएर काम गर्न छाडेपछि आर्थिक अभावले उपचार गराउन नसकेपछि स्थानीयवासीले उहाँको उपचारका लागि सहयोगको अपिल गरेका हुन् । श्रेष्ठको आर्थिक अवस्था कमजोर भएको र उपचारका लागि यसअघि पनि ...