जबसम्म नेपालमा हिन्दु राज्यको घोषणा हुन्न, तबसम्म हाम्रो आन्दोलन रोकिन्न : कमल थापा

जबसम्म नेपालमा हिन्दु राज्यको घोषणा हुन्न, तबसम्म हाम्रो आन्दोलन रोकिन्न : कमल थापा
दाङ,२८ चैत । राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले नेपालमा धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र घोषणा नहुँदासम्म आन्दोलन नरोकिने उद्घोष गर्नुभएको छ । राप्रपा नेपालले तुलसीपुरमा आयोजना गरेको मध्यपश्चिमस्तरीय हिन्दू जागरणसभालाई सम्बोधन गर्र्दै उहाँले जनजागरण सभा नै आन्दोलनको स्वरुप भएको बताउनुभयो । पार्टीले धर्मनिरपेक्ष राष्ट्रसहितको संविधान स्वीकार गर्न बाध्य भएको र त्...

काठमाडौँमा भूकम्पको कडा झड्का महशुस

काठमाडौँमा भूकम्पको कडा झड्का महशुस
काठमाडौँ, २७ चैत- काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । साँझ ७ बजेतिर गएको भूकम्पको केन्द्रविन्दू ललितपुर रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्प ४ दशमलव ५ रेक्टर स्केलको गएको हो । गत वैशाख १२ गतेकै झल्को दिने गरी गएको भूकम्पका कारण मानिसहरु सडकमा निस्केका छन् ।

काठमाडौंको उद्योगमा कुहिएको चाउचाउ र चनाबाट बनाइन्छ ‘दालमोठ’

काठमाडौंको उद्योगमा कुहिएको चाउचाउ र चनाबाट बनाइन्छ ‘दालमोठ’
चैत २७, काठमाडौं- काठमाडौंका केही उद्योगले कीरा परेको चना र दाल तथा ढुसी परेको चाउचाउबाट दालमोठ बनाउने गरेको रहस्य खुलेको छ । काठमाडौको कुमारीगालमा रहेको उपहार दालमोठ उद्योगमा कुहिएका र अखाद्य वस्तुबाट दालमोठ बनाउने गरेको पाईएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौ जिल्ला प्रशासन कार्यालय, उपभोक्ता अधिकारकर्मी र प्रहरीले शनिबार उक्त उद्योगमा अनुगमन गरेको थियो । त्यस क्रममा चाउचा...

जीवन धान्नै गाह्रो भएपद्धि इटहरीका डेढ दर्जन पत्रकारले पत्रकारिता छोडेर अन्य पेशा रोजे

जीवन धान्नै गाह्रो भएपद्धि इटहरीका डेढ दर्जन पत्रकारले पत्रकारिता छोडेर अन्य पेशा रोजे
इटहरी, २७ चैत- भर्खरै सरकारले सञ्चारकर्मीलाई झण्डै बीस हजार मासिक तलब दिनुपर्ने नीति अघि सारिरहेको खबर प्राप्त भइरहँदा राजधानीका प्रकाशन वा प्रसारण हुने विभिन्न सञ्चार माध्यम र स्थानीय सञ्चार माध्यममा कार्यरत इटहरी र यस आसापासका डेढ दर्जन सञ्चारकर्मीले भने आफ्नो पेसाबाट जीवन गुजारामा समस्या भएपछि पेसा परिवर्तन गरेको पाइएको छ । मुलुकमा प्रजातन्त्र बहालीपछि राम्रो विकास भएको सञ्चार उद्यम विस्तार...

नया वर्षदेखी  सिंहदरबार केन्द्रित आन्दोलन -राजेन्द्र महतो

नया वर्षदेखी  सिंहदरबार केन्द्रित आन्दोलन -राजेन्द्र महतो
नवलपरासी, २७ चैत । सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले सरकारले मधेशका मागको बेवास्ता गरे वैशाख पहिलो सातादेखि सिंहदरबारमा दबाब केन्द्रित आन्दोलन चल्ने बताउनुभएको छ । पूर्व मन्त्रीसमेत रहनुभएका महतोले आज नवलपरासीको परासीमा पत्रकारसँग कुरा गर्दै अब आन्दोलन मधेसमा मात्र नहुने भन्दै अबको आन्दोलन सिंहदरबार केन्द्रित कडा प्रकारको रहने दाबी गर्नुभयो । पछिल्लो समयमा गरिएका आन्दोलनले...

सुनसरीमा भीषण आगलागीः ४० घर जले, आगो अझै नियन्त्रणमा आएन

सुनसरीमा भीषण आगलागीः ४० घर जले, आगो अझै नियन्त्रणमा आएन
इटहरी, २७ चैत । सुनसरी जिल्लाको तीन छुट्टाछुट्टै स्थानमा आज दिउँसो भीषण आगलागी हुँदा करोडौँको नोक्सानी भइसकेको प्रहरीले प्रारम्भिक तथ्याङ्क दिएको छ । जिल्लाको सदरमुकाम इनरुवासँगै जोडिएको भोक्राहा–२ मा लागेको आगो वडा नं ४ सम्म फैलिइसकेको छ । मुस्लिम समुदायको सघन बसोबास रहेको भोक्राहामा लागेको आगो नियन्त्रण गर्न हम्मेहम्मे परिरहेको बताइएको छ । पश्चिमी तातो वायुसँगै सुरु भएको आगोले भोक्राहा–२ द...

जनताले चाहे हिन्दू राज्य र राजतन्त्र फर्किन सक्ने

जनताले चाहे हिन्दू राज्य र राजतन्त्र फर्किन सक्ने
ताजा खबर, दाङ २७ चैत्र- उपप्रधानमन्त्री एंव परराष्ट्रमन्त्री कमल थापाले जनताले चाहे हिन्दू राज्य र राजतन्त्र फर्किन सक्ने वताउनुभएको छ । संवैधानिक राजतन्त्र र हिन्दु राज्यको मागमा आफू र आफ्नो पार्टी कत्ति पनि बिचलित नभएको बताउँदै थापाले जनताले चाहे र विश्वास गरे राजतन्त्र फर्किन सक्ने दाबी गर्नुभएको हो। रिपोर्टर्स क्लब दाङले आज घोराहीमा गरेको साक्षात्कारमा उपप्रधानमन्त्री थापाले आफ्नो पार्टी आफ्न...

एघार आयोजनामा जलविद्युत् कम्पनीको आठ अर्ब बढी लगानी

एघार आयोजनामा जलविद्युत् कम्पनीको आठ अर्ब बढी लगानी
काठमाडौँ, २७ चैत । जलविद्युत् क्षेत्रको विकासका लागि स्थापना गरिएको जलविद्युत् लगानी तथा विकास कम्पनीले हालसम्म विभिन्न ११ वटा जलविद्युत् आयोजनामा सहवित्तीयकरणका आधारमा लगानी गरेको छ । मुलुकको जलविद्युत् क्षेत्रमा लगानी गर्ने र उल्लेख्य सुधार गर्ने लक्ष्यका साथ सरकारले स्थापना गरेको सो कम्पनीले हालसम्म रु आठ अर्ब ३६ करोड ८० हजार लगानी गरेको छ । कम्पनीले लगानी गरेका आयोजनाको क्षमता ३८८ मेगावा...

बिरामी छाडेर डाक्टरहरु बियरमा मस्त भएपछि अस्पतालमा बिरामीको मृत्यु

बिरामी छाडेर डाक्टरहरु बियरमा मस्त भएपछि अस्पतालमा बिरामीको मृत्यु
रुकुम, २७ चैत । शुक्रबार बिहान ३ बजेतिर चौखावाङग–५ का नेपबहादुर ओलीले स्यालापाखामा रहेका आफ्ना सम्धी कृष्णबहादुर नाथलाई फोन गरे । उनले अत्यन्तै सानो स्वरमा भने ‘सम्धी म अस्पतालमा छु, मेरो मुटु दुःखिरहेको छ, भाई डाक्टर खोज्न गएको छ, सायद म मर्छु होला । तपाइँ मलाई भेट्न अस्पताल सल्ले आउनुस् ।” यति मात्र भनेपछि स्यालापाखाबाट कृष्णबहादुर सम्धी भेट्न अस्पताल पुगे तर उनले सम्धीको शव मात्र भेटे । यतिब...

साथीले खुट्टामा पिसाब गरिदिएको भन्दै हत्या

साथीले खुट्टामा पिसाब गरिदिएको भन्दै हत्या
पाँचथर, २७ चैत- साथीले खुट्टामा पिसाब गरिदिएको भन्दै हत्या पाँचथरमा एकजनाको हत्या भएको छ । पाँचथरको रवी बजारका सुखवीर राईको हत्या भएको हो । स्थानीय एक साँस्कृतिक कार्यक्रममा सहभागी भई घर फर्कने क्रममा शुक्रबार राति दुई बजे अनिल राईले सुखवीरको हत्या गरेको प्रहरीले जनाएको छ । उनको शव रवी–२ लिलिया खोला छेउको बाटोमा मखलरले पासो लगाएको अवस्थामा भेटिएको थियो । हत्यामा संलग्न अनिल फरार रहेको र उनको खो...