प्रचण्ड भन्छन्ः माओवादी आन्दोलन पूर्ण रुपमा एकताबद्ध हुन्छ

प्रचण्ड भन्छन्ः माओवादी आन्दोलन पूर्ण रुपमा एकताबद्ध हुन्छ
काठमाडौँ, १ वैशाख- एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलन पूर्ण रुपमा एकताबद्ध भएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सहिद परिवार समाज र राज्यद्वारा बेपत्ता योद्धा परिवार समाजको संयुक्त प्रशिक्षण भेलालाई आज सम्बोधन गर्दै उहाँले सबै खाले बाधा व्यवधानलाई छिचोलेर अगाडि बढ्ने र जनताको भावनालाई सम्मान गर्दै जाने प्रतिबद्धता व्...

बहुप्रतिक्षित पोखरा अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास आज हुँदै, पोखरामा हर्षोल्लास

बहुप्रतिक्षित पोखरा अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास आज हुँदै, पोखरामा हर्षोल्लास
पोखरा १ बैशाख- आज नयाँ वर्षका दिन पोखरा अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको शिलान्यास गर्दैछन् । शिलान्यास कार्यक्रम भव्य र सभ्य बनाउनका लगि पोखरामा विभिन्न तयारीहरु पनि गरिएका छन् । शिलान्यास समारोहमा एमाओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचणड, नेपाली काग्रेसका महामन्त्री शंशाक कोइराला लगाएका विभिन्न राजनीतिक दलका नेता तथा ...

डोटीमा जिप दुर्घटना : ८ जनाको मृत्यु, ७ जना घाइते

डोटीमा जिप दुर्घटना : ८ जनाको मृत्यु, ७ जना घाइते
धनगढी, वैशाख १- डोटीको बाङ्दुङ्ग्रीसैनबाट जिजोडामान्डौँ गइरहेको ना१ज ३२९४ नंको जिप गएराति ९ बजे जिजोडामान्डौँ–८ मा दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । यस घटनामा अरु सातजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जिजोडामान्डौँ–८ घर भएका ६२ वर्षीय प्रा डा जयराज पन्त, ५५ वर्षीया गुडी पन्त र ५२ वर्षीया सावित्रा पन्तको मृत्यु भएको छ । डा पन्त पद्मकन्या क्याम्पस, काठमाडौँमा प्राध्याप...

‘नेताहरुको कार्यशैलीले मुलुक कमजोर भयो’ भन्दै ज्ञानेन्द्रले देखाए सक्रिय बन्ने संकेत

‘नेताहरुको कार्यशैलीले मुलुक कमजोर भयो’ भन्दै ज्ञानेन्द्रले देखाए सक्रिय बन्ने संकेत
काठमाडौँ, १ वैशाख । पूवराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलको नेताहरुको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै मुलुक कमजोर भएको बताएका छन् । नयाँ वर्ष २०७३ को अघिल्लो दिन शुभकामना सन्देश जारी गर्दै उनले क्षेत्रीय तथा भूमण्डलीय राजनीति नयाँ चरणमा प्रवेश गरेको बताए । राज्यसंयन्त्रलाई व्यक्तिगत लाभमा दुरुपयोग गर्ने शाषकीय शैलीले नेपाल कमजोर भएको उनको तर्क थियो । राष्ट्रसम्बन्धी अवधारणा कमज...

प्रधानमन्त्री र ऊर्जामन्त्रीलेको भाषणभन्दा मुलुकको ऊर्जा क्षेत्रको अवस्था कहालीलाग्दो

प्रधानमन्त्री र ऊर्जामन्त्रीलेको भाषणभन्दा मुलुकको ऊर्जा क्षेत्रको अवस्था कहालीलाग्दो
काठमाडौँ, १ वैशाख । २०७० साल फागुन १४ गते ऊर्जामन्त्रीमा नियुक्त हुने बित्तिकै राधा ज्ञवालीले नेपालीलाई आश्वासन दिइन् ‘तीन वर्षभित्र मुलुक लोडसेडिङमुक्त हुनेछ।’ १९ महिने कार्यकालको उत्तराद्र्धतिर आइपुग्दा उनले भनिन्,‘मलाई काम गर्न दिइएन।’ सुशील कोइरालापछि प्रधानमन्त्री बनेका केपी ओलीले तत्काल घोषणा गरे ‘एक वर्षमा लोडसेडिङ अन्त्य हुनेछ।’ ओलीको यो भनाईलाई आंशिक साथ दिँदै उपप्रधान एवं ऊर्जामन्...

आजदेखि नयाँबर्ष विक्रम संवत् २०७३ सुरु, स्नानदान सहित शुभकामनासहित मनाईंदै

आजदेखि नयाँबर्ष विक्रम संवत् २०७३ सुरु, स्नानदान सहित शुभकामनासहित मनाईंदै
काठमाडौँ, १ वैशाख- सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने सङ्क्रान्तिलाई मेष अर्थात् वैशाख सङ्क्रान्ति भनिन्छ । यो नै विक्रम सम्बतको पहिलो दिन हो । आज विक्रम संवत् दुई हजार त्रिहत्तर (२०७३) वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने आजको दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र ...

ग्रह, गोचरबाट कस्तो छ तपाईको २०७३ साल ? हेर्नुहोस् बर्षभरीको राशिफल

ग्रह, गोचरबाट कस्तो छ तपाईको २०७३ साल ? हेर्नुहोस् बर्षभरीको राशिफल
मेषः– वर्षारम्भ गुरुदेवको थोरै अनुकुलताले पढाई लेखाई एवं अनुसन्धानका क्षेत्रमा राम्रो हुनेछ । व्यवसाय परिवर्तनको सम्भावना पनि देखिन्छ । अढैया शनिले काम काजमा विलम्ब गराउनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । विशेष गरेर नसा एवं उच्च रक्त चापले सताउनेछ ।  सन्तानबाट सुख कम मिल्न छ । श्रावणबाट गुरु प्रतिकुल हुदा पढाई लेखाईमा अवरोध आउनेछ भने बैदेशिक क्षेत्रबाट लाभान्वित हुनु हुनेछ । स्वव्यवसायमा समस्या ...

अभाव, तनाव र आशै आशले बितेको एउटा वर्ष २०७२, जस्लाई इतिहाँसले पनि दुखद र त्रासदिपूर्ण आँखाले हेर्नेछ

अभाव, तनाव र आशै आशले बितेको एउटा वर्ष २०७२, जस्लाई इतिहाँसले पनि दुखद र त्रासदिपूर्ण आँखाले हेर्नेछ
काठमाडौं, चैत ३० । आज वर्ष २०७२ को अन्तिम दिन । आज हामीले यो वर्षलाई बिदा गरेर भोली देखि २०७३ मा प्रवेश गर्दैछौँ । समय र कालसँगै घडीले आफ्नो गतिलाई निरन्तरता दिएपनि वर्ष २०७२ भने हरेकको मानसपटलमा स्मरणयोग्य नै रहिरहनेछ । जुन वर्ष सुख, राम्रा काम र प्रगतिभन्दा पनि दुख र त्रासदीको घनचक्करमा पिल्सिन पुग्यो । इतिहाँसकै स्मरणयोग्य वर्षका रुपमा आँफुलाई चिनाउन यि घटनाहरुका कारण वषौँसम्म स्मरणयोग्य रहिरहन...

प्रधानमन्त्री ओलीले देशबासीको सम्बोधनका क्रममा के के भने ? पढ्नुहोस् सम्बोधनको पूर्णपाठ

प्रधानमन्त्री ओलीले देशबासीको सम्बोधनका क्रममा के के भने ? पढ्नुहोस् सम्बोधनको पूर्णपाठ
काठमाडाँै, ३० चैत- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा ठूला राजनीतिक परिवर्तन आएपनि जनताको दुःख निवारण नभएकोमा सर्वसाधारणलाई झैँ आफूलाई पनि भित्रभित्रै पोल्ने गरेको बताउनुभएको छ । नयाँ वर्ष २०७३ को उपलक्ष्यमा आज साँझ आफ्नै कार्यकक्षबाट दिनुभएको सन्देशमा उहाँले लोकतन्त्रका लागि चार जना प्रातःस्मरणीय सहिदहरूले हाँसीहाँसी मृत्यु अँगालेका र ७५ वर्षपछि संविधान घोषणा भएको बताउँदै अधिकार प्राप्तिक...

खोटाङमा भएको बस दुर्घटनामा परी २४ जनाको ज्यान गएको घटनाप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

खोटाङमा भएको बस दुर्घटनामा परी २४ जनाको ज्यान गएको घटनाप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त
काठमाडौँ, ३० चैत- उपराष्ट्रपति नन्दबहादुर पुनले खोटाङको दिक्तेलबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस खोटाङको बर्खेटारमा दुर्घटनामा परी जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति पुनले आज एक वक्तव्य प्रकाशित गरी दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि र मृतक परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । उपराष्ट्रपति पुनका प्रेस संयोजक मनोज घर्तीले जारी गर्नुभएको वक्तव्यम...