चोरीका सत्र मोटरसाइकल बरामद

चोरीका सत्र मोटरसाइकल बरामद
कञ्चनपुर, २७ भदौ । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका क्षेत्रबाट प्रहरीले चोरीका नक्कली नम्बर अङ्कित गरी सञ्चालनमा रहेका १७ वटा मोटरसाइकल बरामद गरेको छ । नौ महिनाको अवधिमै इलाका प्रहरी कार्यालय झलारीले चोरीका अवैध मोटरसाइकल बरामद गरेको हो । बरामद मोटरसाइकलमध्ये ११ वटालाई भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक सुदाम रावलले बताउनुभयो । “भदौ महिनामा बरामद गरिएका बाँकी छवटा चोरीका मोटरसाइ...

पहिरोले पाँच घर विस्थापित, लघु जलविद्युत् अवरुद्ध

पहिरोले पाँच घर विस्थापित, लघु जलविद्युत् अवरुद्ध
फलेवास (पर्वत), २७ भदौ । अविरल वर्षाका कारण बस्तीभन्दा माथिबाट आएको पहिरोमा परी पाँच घर विस्थापित बनेका छन् । उत्तरी पर्वतको भुकताङ्ले गाविस–७ स्थित मिदुका पाँच घर विस्थापित बनेका हुन् । बस्तीभन्दा माथिको तिलिबराङको पहाडबाट पहिरो खस्दा स्थानीय दुर्गाबहादुर छन्त्याल, रसबहादुर छन्त्याल, तीर्थबहादुर विक, इन्द्रबहादुर छन्त्याल र चित्रप्रसाद भुसालको घरमा क्षति पुगेको हो । उनीहरू अहिले आफन्...

पहिरोले मेचीराजमार्ग अवरुद्ध, यात्रु अलपत्र

पहिरोले मेचीराजमार्ग अवरुद्ध, यात्रु अलपत्र
ताप्लेजुङ, २७ भदौ । अविरल वर्षासँगै गएराति झरेको पहिरोका कारण मेची राजमार्गअन्तर्गत पाँचथर ताप्लेजुङ सडकखण्ड पुनः अवरुद्ध बनेको छ । गत भदौ १७ गते गएको पहिरोले सडक अवरुद्ध भए पछि स्काइभेटर मेसिनको सहायताले सात दिन पछि नयाँ ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइए पनि पुनः त्यही ठाउँमा झरेको पहिरोले सडक अवरुद्ध भएको हो । पहिले गएको क्षेत्रबाट नै पुनः पहिरो झरेको बताइएको छ । पहिरो पाँचथर ताप्लेजुङ सडकखण्...

खोलामा शव फेला

खोलामा शव फेला
लिवाङ (रोल्पा), २७ भदौ । शनिबार साँझको खानपिन सकेरसँगै सुतेका कोर्चावाङ–५ निम्री रोल्पाका ४१ वर्षीय कृतिमान पुनको शव जंकोट–१ माडीचौरमा आइतबार फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । करिब तीन वर्ष पहिलोदेखि मानसिक रुपमा अस्वस्थ भएका पुन केही हप्तायता अली बढी बिरामी परेको परिवारलाई उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो । सँगै सुतेका पति ...

कर्णालीमा पहिलो पटक हाडजोर्नीको सफल प्रत्यारोपण

कर्णालीमा पहिलो पटक हाडजोर्नीको सफल प्रत्यारोपण
जुम्ला, २७ भदौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पहिलो पटक हाडजोर्नीको सफल प्रत्यारोपण गरिएको छ । कालिकोट फोइमहादेव–७ का ६३ वर्षीया देवीकन्या पाण्डेको दाहिने हिपको हाडजोर्नीको प्रत्यारोपण गरिएको हो । एक हप्ताअघि भैँसीले हानेर पाण्डेको हड्डी भाँचिएको थियो । हाडजोर्नी विशेषज्ञद्वय डा मङ्गल रावल र पुजन रोकायाको संयुक्त टिमले बिरामी पाण्डेको हाडजोर्नीको प्रत्यारोपण गरेको थियो । तीन दि...

पहिरोका कारण सिद्धिचरण लोकमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धिचरण लोकमार्ग अवरुद्ध
गाईघाट (उदयपुर), २७ भदौ । निरन्तर वर्षाको कारण सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुर जिल्लाको कटारीदेखि घुर्मी सडकखण्डको घुर्मी बजारको माथिल्लो भागको सडकखण्ड र लेखानी गाविस–२ स्थित बेतिनीमा आज बिहान गएको पहिरोको कारण सो सडकखण्ड अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आइतबार दिउँसो घुर्मी बजारको माथिल्लो पाखाको सडकखण्डमा पहिरो गएपछि सो क्षेत्रमा सञ्चालन हुने सम्पूर्ण यातायात साधन अव...

यौनधन्दा गराउने होटल सञ्चालक पक्राउ

यौनधन्दा गराउने होटल सञ्चालक पक्राउ
इटहरी, २७ भदौ । एक किशोरीलाई जबर्जस्ती भारतीय नागरिकसँग यौन सम्पर्कमा लगाउन खोज्ने इटहरी–१ का लुम्बिनी होटलका सञ्चालक रामजी खत्री आइतबार अबेर पक्राउ परेका छन् । होटल सञ्चालक खत्रीले चार जना भारतीय नागरिकसँग प्रतिव्यक्ति पाँच हजारका दरले रु २० हजार लिई उनीहरुले नै लिएर आएको सवारीसाधनसँगै किशोरीलाई खत्री आफैँले मोटरसाइकलमा भेडेटार लैजाँदै गर्दा पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ ...

बागलुङदेखि छिमेकी मुलुक भारतको नयाँ दिल्लीसम्म सिधा बस सेवा सुरु हुने

बागलुङदेखि छिमेकी मुलुक भारतको नयाँ दिल्लीसम्म सिधा बस सेवा सुरु हुने
बागलुङ, २७ भदौ । बागलुङदेखि छिमेकी मुलुक भारतको नयाँ दिल्लीसम्म सिधा बस सेवा सुरु हुने भएको छ । आउँदो असोज ७ गते पहिलो बस यहाँबाट नयाँ दिल्लीका लागि प्रस्थान गर्नेछ । धौलागिरि अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिले पोखरामा रहेको मोर्डन ईरा टुर्स एन्ड ट्राभल्स प्रालिसँगको सहकार्यमा बस चलाउन लागेको हो । साताको आइतबार, बुधबार र शुक्रबार सेवा सुचारु हुने समितिले जनाएको छ । नयाँ दिल्लीबाट पनि ...

मोदी र मेरो केमेस्ट्री मिल्छ : दाहाल

मोदी र मेरो केमेस्ट्री मिल्छ : दाहाल
नयाँ दिल्ली, भदौ २७। प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘केमेस्ट्री’ मिल्ने बताएका छन् । भारत भ्रमणको पूर्वसन्ध्यामा हिन्दुस्तान टाइम्सको हिन्दी संस्करणलाई दिएको अन्तर्वार्तामा दाहालले मोदी र आफ्नो बीचमा वैचारिक तथा अन्य पक्षमा फरकपन भए पनि सोचाइ र केही विषयमा समानता रहेको बताएका छन् । दाहालले आफूजस्तै मोदी पनि खतरा मोल्न चाहने र परम्परागतभन्दा फरक ढंगल...

स्नातकोत्तर तह दोस्रो वर्ष, बीए दोस्रो वर्ष र एलएलबी प्रथम वर्षको परीक्षाफल प्रकाशित

स्नातकोत्तर तह दोस्रो वर्ष, बीए दोस्रो वर्ष र एलएलबी प्रथम वर्षको परीक्षाफल प्रकाशित
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशात्र संकायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको इतिहास विषय (सोधपत्र बाहेक) को परीक्षाको परीक्षाफल आइतबार प्रकाशित गरिएको छ । यस्तै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशात्र संकायतर्फ (खरीपाटी) स्नातक तह तीन वर्षे बीए दोस्...