टर्कीमा जमेका नेपाली चिकित्सक

टर्कीमा जमेका नेपाली चिकित्सक
काठमाडौं, ७ बैशाख सिरहा गोलबजाका एक नेपाली युवालाई टर्की सरकारले बालरोग तथ नवजात शिशु चिकित्साका क्षेत्रमा विशिष्ट सेवा पुर्याएवापत ‘वर्ष चिकित्सक’ का रुपमा सम्मानित गरेको छ । नेपाल सरकारको छात्रवृत्ति पाएर सन् २००० मा टर्कीको अन्कारामा एमबीबीएस अध्ययन गर्न गएका विनोदकुमार शाह कामको अवसर पाएर अन्कारास्थित लोकमान हेकिम हस्पिटलमा सेवारत थिए । अन्कारा युनिभर्सिटीबाट बालरोग तथा नवजात शिशु स्याहारमा ए...

साउदी अरबसँगको श्रम सम्झौता अन्योलमा

साउदी अरबसँगको श्रम सम्झौता अन्योलमा
काठमाडौं, ७ बैशाख अघिल्लो महिना नै हुने भनिएको साउदी अरबसँगको श्रम सम्झौता अलमालमा परेको छ । साउदी सरकाले नेपालले उठाएका अधिकांश सर्त मान्न मञ्जुर गरे पनि विमाबापतको रकम उपलव्ध गराउन नसकिने जवाफ फर्काएपछि नेपाली अधिकारी दोधारमा परेका छन् । श्रम सम्झौता नभए घरेलु कामदारका रुपमा नेपाली महिला साउदी जान पाउने, नपाउने विषयमा पनि अन्योल पर्नेछ । गत जेठमा ल्याइएको घरेलु कामदार सम्बन्धी निर्देशि...

नेपालीले पाए भारतमा स्टार अफ एक्सेलेन्स अवार्ड

नेपालीले पाए भारतमा स्टार अफ एक्सेलेन्स अवार्ड
नवलपरासी, ५ वैशाख । नवलपरासी घर भएका एक नेपाली विद्यार्थीले भारतमा स्टार अफ एक्सेलेन्स अवार्ड पाउन सफल भएका छन् । नवलपरासीको बर्दघाट नगरपालिका–४ निवासी अभियान पौडेलले भारतमा एरोनटिक इन्जिनियरिङमा डिपार्टमेन्ट प्रथम भएर सो अवार्ड प्राप्त गर्न सफल भएका हुन् । पौडेल सत्यभामा युनिभर्सिटी, चेन्नाइ, भारतमा एरोनटिक इन्जिनियरिङमा विभाग प्रथम भएका हुन् । एरोनटिक इन्जिनियरिङमा हवाइजहाज तथा हवाई सेवासम्बन...

कमाउन हिँडेको दुई दिनमै बाकसमा फिर्ता

कमाउन हिँडेको दुई दिनमै बाकसमा फिर्ता
काठमाडौं, ५ बैशाख- खोटाङको राखाबादेल ९ की ३२ वर्षीया लक्षी राई दुबई जाने अन्तिम तयारीमा थिइन् । हाल राजधानीमा बस्दै आएकी लक्ष्मी विदेश जानुअघि एकपटक आमा र दाईलाई भेट गर्न भनेर राखाबादेल पनि आइन् गाउँ आएलगत्तै राजधानी फर्किएकी उनी महादेवस्थान १ बर्खेटारमा मंगलबार भएको बस दुर्घटनामा वितिन् । विदेश जाने, सम्पत्ति कमाउने अनि स्वदेश फर्केर परिवारसँग सुखसयलका साथ जीवन बिताउने सपना बोकेर घरबाट ...

कतारमा नेपाली कामदारका गुनासा २४ घन्टाभित्रै समाधान

कतारमा नेपाली कामदारका गुनासा २४ घन्टाभित्रै समाधान
काठमाडौं, ५ बैशाख- विश्वकप फुटबल प्रतियोगिताका लागि पूर्वाधार निर्माणमा रहेका श्रमिकलाई जनावरको जस्तै व्यवहार गरेको आरोप खेप्दै आएको कतार सरकारले त्यहाँ रहेका नेपाली श्रमिकका समस्या आफ्नो निकायमा आइपुगेको २४ घन्टाभित्र समाधान गरिदिने प्रतिबद्धता व्यक्त गरेको छ। कतारका श्रम, प्रशासन तथा समाजकल्याणमन्त्री इस्सा विन साद अल लाइमी जुफलीले पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका एमाओवादी उपाध्यक्...

रोजगारदाताले दिन्छन्, दलालले खान्छन्

रोजगारदाताले दिन्छन्, दलालले खान्छन्
बैशाख ५ गते गत जनवरी ६ मा मुम्बईबाट साउदीको रियाद उडेको जेट एयरको विमान मस्कटमा डाइभर्ट ल्यान्ड गरियो। कारण भनियो–पासपोर्ट नम्बर ०८८४२४५०९ का नेपाली यात्रुले विमानभित्र असामान्य गतिविधि देखाए। ती यात्रुलाई ओमानको अलमसरा अस्पताल भर्ना गरियो। एयरलाइन्सले मस्कटस्थित नेपाली दूतावासलाई फ्याम्समार्फत त्यसको जानकारी गरायो। ‘विपन्न दलित परिवारका उनलाई म्यानपावरले ९५ हजार रुपैयाँ लिएर उडाएको रहेछ, दूता...

नेपाली संस्कृति र सद्भाव बोकेर फर्कियो अमेरीकी टोली

नेपाली संस्कृति र सद्भाव बोकेर फर्कियो अमेरीकी टोली
कञ्चनपुर, ४ वैशाख । दुर्गम बस्तीमा विद्यालय बनाउनका लागि रकमसहित श्रम गर्न कञ्चनपुरको पिलरीफाँटामा आएको अमेरिकाको लिवर्टी हाइस्कुल वासिङ्टनका अभिभावक र विद्यार्थीको टोली नेपाली संस्कृति र सद्भाव बोकेर घर फर्किएको छ । नौ विद्यार्थी र छजना अभिभावकसहितको मणिकाधाम पञ्चकोटी बालविद्यालयको भवन निर्माणका लागि वेलडन संस्थाको सहयोगमा विद्यालयमा श्रम गर्न पुगेको टोलीले एक सातासम्मको बसाइँमा नेपाली संस्कृत...

कोरियाली भाषा परीक्षा दिँदै हुनुहुन्छ ? कहाँ–कहाँ छन् आवेदन केन्द्र ?

कोरियाली भाषा परीक्षा दिँदै हुनुहुन्छ ? कहाँ–कहाँ छन् आवेदन केन्द्र ?
काठमाडौं, ४ बैशाख- आगामी बैशाख ४ र ५ गते हुने कोरियाली भाषा परीक्षाका लागि यही बैशाख १५ देखि १८ गतेसम्मका लागि फाराम भर्ने समय तोकिएको छ । फराम भरेकाहरुले काठमाडौं उपत्यकामा निम्न केन्द्रबाट आवेदन बुझाउन सक्नेछन् १. वनकालीस्थित नेपाल वेद विद्याश्रम संस्कृति मावि २. महाराजगन्जको काठमाडौं भ्याली उच्च मावि ३. कीर्तिपुरको ल्याबरोटरी उच्च मावि ४. सातदोबाटोको महेन्द्र आदर्श विद्याश्रम ५. बालकुमार...

अमेरिकी नागरिकले गरे नेपाली परम्पराअनुसार विवाह !

अमेरिकी नागरिकले गरे नेपाली परम्पराअनुसार विवाह !
गोरखा, ३ वैशाख । भूकम्पले ध्वस्त गोरखाको बुङ्कोटस्थित रामेश्वरी माध्यामिक विद्यालय पुनःनिर्माणमा सघाउँदै आएका एक अमेरिकी नागरिकले नेपाली परम्परा (हिन्दू संस्कार) अनुसार विवाह गरेका छन् । अमेरिकास्थित क्यालिफोर्निया राज्यका ५५ वर्षीय डानियल र ४९ वर्षीया लीलाबीच विवाह भएको हो । डानियल क्रिश्चियन धर्म मान्छन् भने लीला हिन्दू धर्मावलम्वी हुन् । गाउँलेहरु दुलही पक्ष र दुलाह पक्षमा विभाजित हुँदै जन्ती ...

छुरा प्रहारबाट घाइते साउदी अबरका कावा राजदूत शर्माको अवस्था सामान्य

छुरा प्रहारबाट घाइते साउदी अबरका कावा राजदूत शर्माको अवस्था सामान्य
साउदी अरब, ३ वैशाख । छुरा प्रहारबाट घाइते भई अस्पताल भर्ना भएका साउदी अरबका लागि नेपाली कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मालाई डिस्चार्ज गरिएको छ । छुरा प्रहारबाट मुख, काँध र औँलामा गम्भीर चोट लागेका शर्मालाई उपचारपछि बिहीबार साँझ डिस्चार्ज गरिएको दूतावासका द्वितीय सचिव विजय राउतले जानकारी दिनुभयो । राउतका अनुसार शर्माको काँध र मुखमा टाँका लगाइएको छ । उपचारपछि कावा राजदूत शर्माको अवस्था अहिले स...