ओलीले प्रतिवेदन सच्याएपछि एमाले विवाद थामथुम

ओलीले प्रतिवेदन सच्याएपछि एमाले विवाद थामथुम
काठमाडौं, २८ चैत- प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पोलिटब्युरो बैठकको राजनीतिक प्रतिवेदनलाई सच्याएर मात्रै केन्द्रीय कमिटि बैठकमा पेस गरेपछि एमालेभित्रको बहस तत्कालका लागि थामथुम भएको छ । पोलिटब्युरो बैठकमा माधव नेपाल पक्षले विरोध जनाएपछि अध्यक्ष ओली त्यसलाई परिमार्जन गर्न बाध्य भएका हुन् । ओलीले सच्याएर प्रतिवेदनमा ‘२०६२÷६३ को जनआन्दोलनपछि पुँजीवादी जनवादी क्रान्तिका आधारभूत अभिभारा...

कहिले खुल्ला ठोरी नाका ?

कहिले खुल्ला ठोरी नाका ?
काठमाडौं, २८ चैत- भारतले अघोषित नाकाबन्दी गरेका बेला अवैध रुपमा भित्रिएको ठोरीको तेलले राजधानीको ‘प्राण’ धान्यो । इन्धन भित्रिने प्रमुख नाका सुचारु भएपछि भने अहिले यो नाका सुनसान छ । नाकाबन्दीका बेला चम्किएको ठोरीको भने आफ्नै पीडा छ । पर्साको सदरमुकाम वीरगन्ज आन्दोलनको केन्द्र बनेका बेला ठोरी नाकाका दिन फिरेका थिए । पेट्रोल र डिजेल लिन काठमाडौं, पोखरा, नेपालगन्जलगायत ३५ भन्दा बढी जिल्लाबाट मोट...

लोकसेवा फर्म भर्दा पनि कार्टेलिङ

लोकसेवा फर्म भर्दा पनि कार्टेलिङ
काठमाडौं, २८ चैत- ‘फर्म भरेको कति हो, दाइ ?’ ‘नयाँको दुई सय । पुरानो सय रुपैयाँ ।’ ‘कति महँगो त ?’ ‘हाम्रो रेट नै यही हो ।’ यो संवाद अनामनगर लोकसेवा आयोग अगाडि आवेदक र पसलेबीच केही दिनअघि भएको हो । लोकसेवा आयोगले विभिन्न पदको आवेदन फर्म भर्न पछिल्लो समय अनलाइनको व्यवस्था गरेको छ । यो व्यवस्थापछि लोकसेवा दिन चाहनेहरु कार्यालयअगाडि वा विभिन्न साइबरमा फर्म भर्न व्यस्त हुन थालेका छन् । लोकसे...

श्रीमानलार्इ ऋणको भारी बोकाएर अर्कैसँगै भाग्ने महिला

श्रीमानलार्इ ऋणको भारी बोकाएर अर्कैसँगै भाग्ने महिला
काठमाडौं, चैत २८ । श्रीमान् विदेशमा रहेको समयमा सहकारी र व्यक्तिबाट ऋण लिएर अर्कै पुरुषसँग भाग्ने खोटाङकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। नागरिक दैनिकमा समाचार छ। ऋण लिएर अर्कै पुरुषसँग भागेकी दिक्तेल नगरपालिका-८ की ३५ वर्षीया सुजता राईलाई प्रहरीले पक्राउ गरेको हो। उनका श्रीमान् रोजगारीका सिलसिलामा दुई वर्षदेखि मलेसियामा छन्। महुली सहकारी संस्था, डिप्रोस सहकारी संस्था र गाउँका स्थानीयसँ...

सिंगो गाउँ नै ल्याप्चे

सिंगो गाउँ नै ल्याप्चे
गोरखा, २८ चैत- बिही ९ ड्याङगाउँमा एक संस्थाले सोलार बिजुली बाड्यो । ४० घरपरिवारका सदस्य बिजुली बत्तीको उपकरण लिन उपस्थित भए । संस्थाले बुझिलिएको भर्पाई गराउँदा चालिसै घरका सदस्यले ल्याप्चे सही गरे । ‘हाम्रो गाउँको सबैले ल्याप्चे गरे, मलाई साह्रै लाजमर्दो भयो,’ अघिल्लो साता भएको कार्यक्रमबारे स्थानीय बिही युवा मैत्री क्लबका सल्लाहाकार नवीन गुरुङले भने, ‘गाउँमा विद्यालय छैन, त्यसैले कसैले पनि पढ...

अनियमितता रोक्न खोज्ने एलडीओको सरुवा

अनियमितता रोक्न खोज्ने एलडीओको सरुवा
रोल्पा, चैत २८ - जिल्ला प्राविधिक कार्यालयले सडक मर्मत गर्न गरेको टेन्डर प्रक्रियामा अनियमितता भएको आशंका गर्दै सहमति जनाउन अस्वीकार गरेका रोल्पाका स्थानीय विकास अधिकारी (एलडीओ) को सरुवा भएको छ। कान्तिपुर दैनिकमा समाचार छ। एलडीओ गेहेन्द्रवहादुर डाँगीलार्इ स्थानीय विकास मन्त्रालयले फिर्ता बोलाएको हो। ‘टेन्डरमा मैले हस्ताक्षर गर्न नचाहेपछि यो अवस्था आएको हो,’ जिविसले आयोजना गरेको नियमित पत्रकार भ...

नेपालमै पहिलो पटक खुल्दैछ वन्यजन्तुका लागी अस्पताल : जहाँ घाइते, टुहुरा र अपाङ्गको उपचार गरिने

नेपालमै पहिलो पटक खुल्दैछ वन्यजन्तुका लागी अस्पताल : जहाँ घाइते, टुहुरा र अपाङ्गको उपचार गरिने
काठमाडौं, चैत २८ ।  वन्यजन्तुको उपचार र उद्धारका लागि चितवनको आँपटारीमा वन्यजन्तु अस्पताल निर्माण हुने भएको छ।  घाइते, टुहुरा, अपाङ्ग तथा समस्याग्रस्त वन्यजन्तुको उपचार र व्यवस्थापन गर्ने उदेश्यले दियालो बंगलासँगै जोडिएको क्षेत्रमा वन्यजन्तु अस्पताल बनाउने तयारी गरिएको हो। यस्तो अस्पताल मुलुककै पहिलो हुनेछ। चितवन मेडिकल कलेजले भवनसमेत निर्माण गरेर हाल प्रयोगविहीन अवस्थामा रहेको संरचनालाई अस्पता...

ठमेल, दरबारमार्ग लगायत पर्यटकीय क्षेत्रमा सांस्कृतिक कार्यक्रम गर्न निषेध

ठमेल, दरबारमार्ग लगायत पर्यटकीय क्षेत्रमा सांस्कृतिक कार्यक्रम गर्न निषेध
काठमाडौं, चैत २८ । सरकारले ठमेल, दरबारमार्गलगायत पर्यटकीय क्षेत्र वरपर आवागमनमा अवरोध पुग्ने गरी 'सार्वजनिक स्थल'मा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न निषेध गरेको छ। पर्व मनाउने नाममा शान्तिसुरक्षा र सवारी आवागमनमा अवरोध पुग्ने गरेको निष्कर्ष निकाल्दै महानगरीय प्रहरी र काठमाडौं जिल्ला प्रशासन कार्यालयले आम सर्वसाधारणको आवागमनमा अवरोध पुग्ने गरी कुनै पनि संस्कृतिक कार्यक्रम, भोजभतेर, होहल्लालगायत...

एमाले बैठक प्रधानमन्त्री निवासमा राखेकोमा नेताहरूको आपत्ति

एमाले बैठक प्रधानमन्त्री निवासमा राखेकोमा नेताहरूको आपत्ति
काठमाडौं, चैत २८ । एमाले केन्द्रीय कमिटीको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा राखिएकोमा सदस्यहरूले आपत्ति जनाएका छन्। शनिबार बैठक सुरु हुनासाथ केही सदस्यले पार्टीको झन्डा र ब्यानरविनै प्रधानमन्त्री निवासमा बैठक डाकिएको भन्दै आपत्ति जनाएका थिए। नेपालपक्षीय केन्द्रीय सदस्यहरू ठाकुर गैरे, टंक कार्की, रामकुमारी झाँक्री, पर्शुराम मेघी गुरुङ, लक्ष्मण पौडेललगायतले प्रधानमन्त्रीनिवासलाई पार्टी कार्यालय ...

उत्कृष्ट विद्यार्थीलाई अब त्रिविमै रोजगारी

उत्कृष्ट विद्यार्थीलाई अब त्रिविमै रोजगारी
काठमाडौं, चैत २८ । त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षामा उत्कृष्ट विद्यार्थीलाई दरबन्दीमै रोजगारी दिने भएको छ। विश्वविद्यालयले अब टपर विद्यार्थीलाई विश्वविद्यालयभित्रै उपप्राध्यापकको रोजगारी दिने र अनुसन्धानमूलक कार्य गराउने नीति ल्याउँदैछ। वैशाख ९ गते बस्ने त्रिवि सभाले सो नीति पास गरी कानुनी मान्यता दिने तयारीसमेत त्रिविले गरेको योजना महशाखा प्रमुख ऋदिशकुमार पोखरेलले बताए। विश्वविद्यालयका...