अख्तियारको निर्देशन नमाने मुद्दा!

अख्तियारको निर्देशन नमाने मुद्दा!
काठमाडौं, जेठ २० - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्यसहितका मन्त्रालय एवं निकायलाई पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड बनाएर लागू गर्न आफूले दिएको निर्देशन कार्यान्वयन नभएपछि छानबिन थाल्ने भएको छ। छानबिनपछि निर्देशन उल्लघंन गर्ने मन्त्रीसहितका पदाधिकारीमाथि भ्रष्टाचारमा मुद्दा चलाउने चेतावनीसमेत अख्तियारले दिएको छ। स्वास्थ्यलगायत विभिन्न मन्त्रालय र मातहतका निकायमा पदाधिकारी निय...

राजदूत उपाध्याय फिर्ता प्रकरणमा संसदीय समितिको चासो

राजदूत उपाध्याय फिर्ता प्रकरणमा संसदीय समितिको चासो
काठमाडौं, जेठ २०- भारतका लागि तत्कालीन राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय भएको तीन सातापछि संसदीय समितिले सरकारसँग जवाफ मागेको छ। सरकारी जवाफका आधारमा छलफल चलाउने समितिको तयारी छ। व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भारतका लागि राजदूत उपाध्यायलाई फिर्ता गर्नुको कारण पाँच दिनभित्र पठाउन सोमबार परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो। समितिले परराष्ट्रसच...

किन आयो दिल्लीको विशेष टोली काठमाडौं ?

किन आयो दिल्लीको विशेष टोली काठमाडौं ?
काठमाडौं, जेठ १७ - कांग्रेस र मधेसवादी दलहरुलाई प्रयोग गरेर ओली सरकार गिराउने दाउ तुहिएपछि तिल्मिलाएको भारत यो कार्ड उपयोगहिन भएसँगै के सोच्दै होला ? नेपालमा अनेक दाउपेच रचेर अस्थिरता निम्त्याउँदै आएको भारत के अब चाहिँ थोककै हो त ? नेपाल मामलामा भारतको आगामी कदमबारे अनेक आशंका र प्रश्नहरु उब्जिरहेको बेला नयाँदिल्लीले गुप्त रुपमा काठमाडौंमा विशेषदूत पठाएर राजनीतिक चलखेल सुरु गरेको दावी स्रोतले ग...

माओवादी केन्द्रमा हजार केन्द्रीय सदस्य

माओवादी केन्द्रमा हजार केन्द्रीय सदस्य
काठमाडौं, जेठ १७ - ६ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाएर आलोचित नेकपा (माओवादी केन्द्र) ले ३ सय केन्द्रीय सदस्य थप्दै हजार बनाउने तयारी गरेको छ । केन्द्रको सोमबार बस्ने बैठकले त्यसको निर्णय लिनेछ । माओवादी केन्द्रको संगठनात्मक विधि र नेतृत्व प्रणालीबारे टुंगो लगाउन वर्षमान पुनको नेतृत्वमा गठित उच्चस्तरीय कार्यदलले यसको तयारी गरेको हो । जेठ ६ गते १० माओवादी समूह मिलेर बनेको माओवादी केन्द्रको ...

टुंगियो ज्येष्ठ नागरिककाे धर्ना

टुंगियो ज्येष्ठ नागरिककाे धर्ना
काठमाडौं–चार वर्षदेखि माग र असन्तुष्टिको नारा लगाउँदै आएका वृद्धवृद्धाले आइतबार भने नयाँ बानेश्वरमा उत्सवको नारा घन्काए । असन्तुष्टिको भाका फेरिएको थियो । यातायात व्यवस्था विभाग परिसरलाई नियमित धर्नास्थल बनाएका ज्येष्ठ नागरिकहरूको मुहारमा खुसी छाएको थियो । सरकारले बजेटमा वृद्धभत्ता दोब्बर बनाउने, स्वास्थ्य बिमाको व्यवस्था गर्नेजस्ता योजना ल्याएपछि उनीहरूको मन पनि बदलियो । ०६९ फागुन २४ देखि ८ बु...

तीनबुँदे सहमतिको अन्तर्कथा

तीनबुँदे सहमतिको अन्तर्कथा
काठमाडौं, जेठ १७ -  २१ वैशाख : प्रधानमन्त्रीको आयोजनामा डिनर मिटिङ गठबन्धनका मुख्य दुई घटकबीच असमझदारी बढेपछि प्रधानमन्त्री केपी ओलीले दुई दलका शीर्ष नेताहरूलाई बालुवाटारमा डिनर मिटिङमा आमन्त्रण गरे । माल्पुवादेखि माछा, कुखुरा र खसीको मासुलगायतका परिकारसहितको छलफल भने त्यति मीठो रहेन । तर, डिनरअघि नै भएको छलफलमा प्रचण्डले सरकार परिवर्तनबारे आफ्नो प्रस्ताव यसरी राखे, ‘शान्तिप्रक्रियाको काम अझै टुं...

केपी ओलीको ‘बजेट महेन्द्र पथमा’ : वामदेव गौतम

केपी ओलीको ‘बजेट महेन्द्र पथमा’  : वामदेव गौतम
काठमाडौं, जेठ १६- एमाले उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ल्याएको बजेट महेन्द्रपथमा गएको बताएका छन् । राजा महेन्द्रपछि पहिलो पटक आज मुलुकको आर्थिक विकासमा केन्द्रित बार्षिक बजेट घोषणा भएको छ, उनले भने पहिलो पटक देश निर्माणमा आधारित बजेट आएको छ । नेपालीको आर्थिक उन्नति गर्नुपर्नेमा गौतमले जोड पनि दिए। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

उपत्यकाभित्र जिउँदो राँगाभैँसी ल्याउन रोकिने

उपत्यकाभित्र जिउँदो राँगाभैँसी ल्याउन रोकिने
काठमाडौं, जेठ १६ - काठमाडौं महानगरपालिकाले उपत्यकाभित्र राँगा–भैँसी भित्र्याउन निषेध गर्ने प्रक्रिया अघि बढाएको छ । महानगरपालिकाका अनुसार अबको तीन वर्षभित्र उपत्यकाभित्र राँगा–भैँसी निषेध भइसक्नेछ । उपत्यकामा मासु खाने उद्देश्यले दैनिक सात सयभन्दा धेरै राँगा तथा भैँसी भित्रिने गरेका छन् । उपत्यकाभित्रका वधशाला सुधार हुन नसकेपछि महानगरपालिकाले राँगा–भैँसी भित्रिने प्रक्रिया नै बन्द गर्न लागेको हो ...

आपराधिक समूहको निसानामा उद्योगी

आपराधिक समूहको निसानामा उद्योगी
काठमाडौं, जेठ १६- विहीबार साँझ महागढीमाई नगरपालिका १६ पसा खोलाबाट अपरहणमा परेका वीरगंज खाद्य उद्योगका संचालक सुरेश केडियाको अवस्था अझै अज्ञात छ । उनको नेपाल भारतक विभिन्न स्थानमा खोजतलास भइरहेको छ । नागरिक दैनिकमा समाचार छ । पहिलादेखि नै बारा, पर्साका उद्योगी, व्यवसायी भारतीय अपराधीहरुको निसानामा पर्दै आएका छन् । भारतीय अपराधी समूहले यस क्षेत्रका उद्योगीलाई अपहरण गरी फिरौती असुल्ने र नदिए ज...

केडियाको अवस्था अज्ञात

केडियाको अवस्था अज्ञात
बारा जेठ १५ -उद्योगी सुरेश केडियाको अवस्था अज्ञात छ । अहिलेसम्म अपहरणकारीबाट कुनै माग आएको छैन् । उनको खोजीमा भारततर्फ गएको छ । यहाँ रहेको भारतीय महावाणिज्य दूतावास मार्फत खोजबिनमा सहयोग गरिदिन पहल गरिएको छ । कान्तिपुर दैनिकमा समाचार छ। करिब ३ वर्षयता हत्या, अपहरणबाट मुक्त बनेका यहांका उद्योगी व्यवसायी पछिल्लो घटनाले पुन त्रसित बनेका छन् ।