एक्कासी चर्चामा आएकी १८ वर्षे रिंकुका यस्ता छन् सपना

एक्कासी चर्चामा आएकी १८ वर्षे रिंकुका यस्ता छन् सपना
पर्सा, वैशाख ३०-रिंकु एकाएक चर्चामा आइन्। अभिभावकले इच्छाविपरीत विवाह गर्न खोजेपछि परिवारकै बिरूद्ध विद्रोह गरिन्। घर नै त्यागिन्। त्यसयता उनको चर्चा झनै चुलियो, आजको कान्तिपुरमा शंकर आचार्यले खबर लेखेका छन्। उनी अब सामाजिक विकृति र कुरितिविरूद्ध लड्न प्रहरी सेवामा प्रवेशको तयारी गरिरहेकी छन्। उनको अधिकांश समय माइती नेपाल आवधिक गृहमा प्रहरी सेवाको परीक्षाको तयारीमा बितिरहेको छ। चैत २४ गते यता उ...

प्रसुति गृहको टेस्ट्युब बेबी सेवा वर्ष दिनेखि अवरुद्ध

प्रसुति गृहको टेस्ट्युब बेबी सेवा वर्ष दिनेखि अवरुद्ध
काठमाडौं, वैशाख ३० - गत वर्षको भूकम्पछि बन्द रहेको परोपकार प्रसुति ‘टेस्ट्युब बेबी’ सेवा अझै सञ्चालनमा आउन सकेको छैन। सरकारी स्तरमा पहिलोपटक प्रसुति गृहले आईभीएफ प्रविधिबाट यो सेवा सञ्चालनमा ल्याएको खबर आजको कारोबार दैनिकमा जुनु भट्टराईले लेखेकी छन्। भूकम्पका कारण अस्पतालका भवनहरुमा क्षति पुगेपछि यो सेवा अवरुद्ध भएको हो। सेवा सञ्चालनमा नआएकै कारण निःसन्तान दम्पतिहरू महंगा निजी अस्पतालमा चर्को ...

यस्तो छ माओवादी एकताको मस्यौदा

यस्तो छ माओवादी एकताको मस्यौदा
काठमाडौं, वैशाख ३० -  पार्टी एकताका लागि विभाजित माओवादी घटकका नेताहरूले साझा धारणा तय गरेका छन्। ललितपुर मानभवनस्थित सैलुङ कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारीको निवासमा करिब अढाइ घन्टा छलफल गरेर शीर्ष नेताहरूले पार्टी एकताको सहमति गरेको खबर आजको नयाँ पत्रिकामा रामकृष्ण अधिकारीले लेखेका छन्। बैठकले एकताका लागि तयार पारिएको १२ बुँदे अवधारणा पनि पारित गरेको छ। केही बुँदा थप गरेर जान सकिने गरी ...

भागबन्डाले अड्कियो राप्रपा र राप्रपा नेपाल एकता

भागबन्डाले अड्कियो राप्रपा र राप्रपा नेपाल एकता
काठमाडौं, वैशाख ३०- राप्रपा नेपाल र राप्रपाबीचको एकता प्रक्रिया अध्यक्ष पदको विवादले अड्किएको छ। एकीकृत राप्रपाको कार्यकारी अध्यक्षमा राप्रपा नेपालले दाबी गरेपछि एकीकरण प्रक्रियामा उल्झन आएको खबर आजको नयाँ पत्रिकामा योगेश ढकालले लेखेका छन्। जेठ महिनाभित्र पार्टी एकीकरण गरिसक्ने भन्दै दुई पार्टीका नेता सम्मिलित कार्यदलमा छलफल भइरहेको छ । तर, छलफल गम्भीरतापूर्वक हुन नसकेको नेताहरूको भनाइ छ। राप्...

एसएसपी प्रेमबहादुर चन्द भ्रष्टाचारी ठहर

एसएसपी प्रेमबहादुर चन्द भ्रष्टाचारी ठहर
काठमाडौं, वैशाख ३०- जग्गा खरिद गर्दा भ्रष्टाचार गरेक ठहर गरी तत्कालिन अञ्चल प्रहरी कार्यालय, बागमतीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रेमबहादुर चन्दलाई विशेष अदालतले ९ महिना कैद हुने फैसला सुनाएको छ। विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई तथा सदस्यहरू प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले एसएसपी चन्दलाई नौ महिना कैद हुने गरी फैसला सुनाएको सो अदालतका उपरजिस्ट्रिर लेखनाथ भट्टराईले बताए। वि...

नर्सिंङको सम्बन्धन स्थगित

नर्सिंङको सम्बन्धन स्थगित
काठमाडौं, वैशाख ३०- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) ले स्वास्थ्य शिक्षा नीति नबनाएसम्म नर्सिङ कार्यक्रम सञ्चालनको अनुमति नदिने भएको छ। गत बिहीबार शिक्षा मन्त्रीगिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको सीटीईभीटीको बैठकले तीन वर्षे प्रमाणपत्र तह नर्सिङ कार्यक्रम रोकेर अन्य कार्यक्रम सञ्चालनको अनुमति दिने निर्णय गरेको खबर आजको कान्तिपुरमा छापिएको छ।

दिल्लीमा कसले हैरान खेलायो देउवालाई ?

दिल्लीमा कसले हैरान खेलायो देउवालाई ?
काठमाडौं,वैशाख २९- ‘नाकको उपचार गर्न मेरो अझै दुई चार दिन दिल्ली बस्ने कार्यक्रम थियो । तर, यताबाट सरकार ढाल्नुपर्यो, छिटो आइज भनेर ताकेता लगाएको लगायै गरे । म आएँ । आएर यो मान्छेको ताल देख्दा छक्क परेको छु ।’ गत साताको सरकार ढाल्ने र बचाउने प्रचण्ड खेलाबारे आफ्नो निकस्टसँग शेरबहादुर देउवाले भन्दै गए, ‘मैले सरकार ढालौँ भनेको पनि होइन ऊ आफैँ आयो । त्यतिले नपुगेर कुरा गर्नलाई अनेक मान्छे पठायो ।’...

बीचैमा कमरेड प्रचण्ड कता बेपत्ता ?

बीचैमा कमरेड प्रचण्ड कता बेपत्ता ?
काठमाडौं,वैशाख २९- एमाले नेताहरुसँग निर्णायक वार्ता गर्न लाजिम्पाटबाट स्थायी समितिको बैठक टुंग्याएर मन्त्रीलगायत एमाओवादी नेताहरु राति बालुवाटारतिर लागे । त्यहाँ निकैबेर प्रचण्डको प्रतिक्षा भयो तर आफ्नो निवासबाट निस्किएका प्रचण्डलाई डेढसय मिटरको दूरी छिचोलेर वार्ता स्थलमा पुग्न झण्डै आधा घण्टा लाग्यो । बीचैमा कतै हराए । बेला घर्किसकेपछि प्रम निवासमा झुल्किएका उनलाई कुरी बसेकाहरुले सोधे– ‘किन ढि...

एमाले नेता प्रदीप ज्ञवालीलाई भारतको राजदूत बनाउने तयारी

एमाले नेता प्रदीप ज्ञवालीलाई भारतको राजदूत बनाउने तयारी
काठमाडौं,वैशाख २९- जाते जाते आफ्ना मान्छेलाई रिक्त ठाउँमा नियुक्त गर्ने सोचअनुसार वित्तीय आयोगमा डा. पुष्प कँडेललाई ल्याइने भएको छ । उता, समाज कल्याण परिषद्मा सिपी मैनालीले उपाध्यक्ष आफ्नै मान्छे राख्ने इच्छा देखाइपछि सदस्यसचिव चाहिँ एमालेका भागमा परेको छ । जनआस्था साप्ताहिकमा खबर छ । अख्तियारले लगाएको रोक फुकवा भएन भने सिपीले लागूऔषध दुर्व्यसनी युवाहरुको क्षेत्रमा संलग्न पूर्वएसएसपी बसन्तु कँव...

फास्ट ट्र्याक आफै बनाउने भन्नु ‘इमोसनल’ कुरा मात्र : देउवा

फास्ट ट्र्याक आफै बनाउने भन्नु ‘इमोसनल’ कुरा मात्र : देउवा
काठमाडौं,वैशाख २९-कांग्रेस सभापति तथा प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाले काठमाडौं–निजगढ फास्ट ट्र्याक स्वदेशी कम्पनीले बनाउन नसक्ने जिकिर गरेको बारेमा अन्नपूर्ण पोष्टले समाचार छापेको छ । सरकारले नीति तथा कार्यक्रममा फास्ट ट्र्याक स्वदेशी कम्पनीले नै बनाउने घोषणा गरेकोमा आपत्ति जनाउँदै देउवाले आन्तरिक लगानीमा फास्ट ट्र्याक बनाउने भन्नु ‘इमोसनलु मात्र भएको टिप्पणी गरेको समाचारमा उल्लेख छ । ...