आर्मी क्लव पोखरा कपको सेमिफाईनलमा प्रवेश

आर्मी क्लव पोखरा कपको सेमिफाईनलमा प्रवेश
पोखरा, ६ वैशाख । पोखरा रङ्गशालामा सञ्चालन भइरहेको मनकामना केबुलकार पोखराकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी थ्री स्टारलाई एक शून्यले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ । आर्मीका विमल रानाले खेलको ६१ औँ मिनेटमा गरेको गोल नै आर्मीका लागि निर्णायक बन्यो । मङ्गलबारको खेल धरान ११ र भारतको दिल्ली फुटबल टोलीबीच हुनेछ ।

नेपाली क्रिकेट टीमलाई प्रचण्डको बधाई

नेपाली क्रिकेट टीमलाई प्रचण्डको बधाई
काठमाडौं, ६ बैशाख- एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले शुभकामना सन्देश दिँदै उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडी एवम् प्रशिक्षकलाई बधाई दिनुभएको छ । उहाँले आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शन गर्न र त्यसका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराउन सरकारलाई आग्रह गर्नुभयो । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले आज भएको दोस्रो खेलमा नामिबियालाई ३ विकेटले पराजित गरेको हो ।

विश्व क्रिकेट लिग च्याम्पियनसीपः नेपालको शानदार जीत, नामिबिया ३ विकेटले पराजित

विश्व क्रिकेट लिग च्याम्पियनसीपः नेपालको शानदार जीत, नामिबिया ३ विकेटले पराजित
काठमाडौं, ६ बैशाख- विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नामिबियाबिरुद्धको दोश्रो खेलमा पनि नेपालले शानदार जीत हासिल गरेको छ । नामिबियाले दिएको २ सय ४० रनको लक्ष्य नेपालले १ बल बाँकी छँदै ७ विकेटको क्षतिमा भेट्टायो । खेलमा कप्तान पारस खड्काले शानदार शतक प्रहार गरे । उनले ८९ बलमा ७ छक्का र पाँच चौकाको सहयोगमा शतक प्रहार गर्दै १ सय ३ रन जोडेका थिए । पारस र शरदले  एक सय ६४ रनको साझेदारी गरे । ...

सात छक्का र पाँच चौकासहित शतक पूरा गर्दै पारस बाहिरिए, पुलामी एक रनमै आउट

सात छक्का र पाँच चौकासहित शतक पूरा गर्दै पारस बाहिरिए, पुलामी एक रनमै आउट
काठमाडौं, ६ बैशाख- कप्तान पारस खड्काले नामिबियाविरुद्धको जारी खेलमा शतक पूरा गरेका छन् । शतकसँगै उनी आउट भएका छन् । पारसले ९४ बल खेल्दै १ सय ३ रन बनाए । उनले ७ छक्का र पाँच चौका हाने । उनको ठाउँमा भित्रिएका राजेश पुलामी पनि एक रन मात्रै बनाउँदै आउट भएका छन् । अर्धशतक पूरा गरेका अर्का शरद भेषवाकरले भने ८९ बलमा ६० रन जोडेका छन् । उनी अहिले क्रिजमा छन् ।

नामिबियाविरुद्धको खेलमा शरदको पनि अर्धशतक

नामिबियाविरुद्धको खेलमा शरदको पनि अर्धशतक
काठमाडौं, ६ बैशाख- विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत तेस्रो चरण अन्तर्गत कीर्तिपुर मैदानमा जारी खेलमा नेपाली क्रिकेटर शरद भेषवाकरले पनि अर्धशतक पूरा गरेका छन् । उनले ७३ बलमा ४ चौका हान्दै अर्धशतक पूरा गरेका हुन् । यता कप्तान पारस खड्काले भने ७४ बलमा ८४ रन बनाएका छन् ।

नामिबियाविरुद्धको खेलमा पारसको अर्धशतक, चिच्याए दर्शक

नामिबियाविरुद्धको खेलमा पारसको अर्धशतक, चिच्याए दर्शक
काठमाडौं, ६ बैशाख- विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत तेस्रो चरण अन्तर्गत कीर्तिपुर मैदानमा जारी खेलमा कप्तान पारस खड्काले अर्धशतक पूरा गरेका छन् । उनले ४५ बल खेल्दै अर्धशतक पुर्याएका हुन् । दोस्रो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल आउट भएसँगै आशा र भरोसाका केन्द्रविन्दू बनेका खड्काले निकै टिकेर खेलिरहेका छन् । पारसको अर्धशतकसँगै दर्शकहरु खुशीले चिच्याएका छन् ।

दोस्रो विकेट गुमाउँदा पनि दर्शकको साथ उस्तै, आशा र भरोसाका केन्द्र विन्दु बने पारश

दोस्रो विकेट गुमाउँदा पनि दर्शकको साथ उस्तै, आशा र भरोसाका केन्द्र विन्दु बने पारश
काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत तेस्रो चरण अन्तर्गत कीर्तिपुर मैदानमा जारी खेलमा दोस्रो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल आउट भएसँगै अब सबैको आशा र भरोसाका केन्द्रविन्दू बन्न पुगेका छन् कप्तान पारश खड्का । खड्का टिकेर खेल्न सकेको खण्डमा नेपाल जित निश्चय नै निकाल्ने छ । पारश र शरद भेषवाकरको उत्कृष्ठ पारी जमेको खण्डमा नेपाली दर्शक र टिमलाई नै राम्रो हुने थियो । पारशले अहिले २४० ...

नामिबियाद्धारा नेपाललाई २ सय ४० रनको लक्ष्य

नामिबियाद्धारा नेपाललाई २ सय ४० रनको लक्ष्य
बैशाख ६, काठमाडौं- आईसीसी वल्र्ड क्रिकेट च्याम्पियनसिप अन्तर्गत आज भैरहेको खेलमा नामिबियाले नेपाललाई रनको लक्ष्य दिएको छ । नामिबियाले पूरै ५० ओभर खेल्दा ९ विकेटको क्षतिमा २३९ रन बनाउन सक्यो । नेपालले अब केही बेरपछि जवाफी ब्याटिंग गर्दैछ । किर्तीपुर मैदानमा नेपाली स्पिनरहरुको आज उत्कृष्ट प्रदर्शन रह्यो । आठौं र नवौं विकेट शक्ति गौचनले लिए । सन्दिप लामिछानेले ३ विकेट लिए । नरेश बुढाएरले एक, वसन...

नामिबियाको सातौं विकेट पनि झर्यो

नामिबियाको सातौं विकेट पनि झर्यो
काठमाडौं, ६ बैशाख- नामिबियाको सातौंं विकेट झरेको छ । पछिल्लो विकेट सन्दिप लामिछानेले लिएका हुन् । नामिबियाले ४३ औं ओभरको खेल सकिँदा १ सय ७० रन जोडेको छ ।

नामिबियाको छैठौं विकेट पनि झर्यो

नामिबियाको छैठौं विकेट पनि झर्यो
काठमाडौं, ६ बैशाख- नामिबियाको छैठौं विकेट झरेको छ । पछिल्लो विकेट शक्ति गौचनले लिएका हुन् । नामिबियाले ३९ औं ओभरको खेल चलिरहँदा १ सय ३४ रन जोडेको छ ।