रियो ओलम्पिक : नेपालको खेल भोलि

रियो ओलम्पिक : नेपालको खेल भोलि
काठमाडौँ, २४ साउन । ब्राजिलमा जारी रियो ओलम्पिकअन्तर्गत आर्चरी (धनुकाँड) खेलमा स्वर्ण पदकका लागि नेपालका जीतबहादुर मोक्तानले मङ्गलबार प्रतिस्पर्धा गर्दैछन् । पुरुष ७० मिटर आर्चरीमा उनले पहिलो खेल भारतका अतानु दाससँग खेल्नु पर्नेछ । उनको खेल नेपाली समयानुसार साँझ ५ः२१ बाट सुरु हुनेछ । यसअघि मोक्तान शनिबार भएको खेलमा ६०७ स्कोर जोड्दै ६० औँ स्थानमा रहेका थिए । ३६ वर्षीय मोक्तानले भारतीय खेलाड...

ओलम्पिकमा जितेर पनि हारिन् गौरिका, किन हारिन त गौरिका ? (भिडियो सहित)

ओलम्पिकमा जितेर पनि हारिन् गौरिका, किन हारिन त गौरिका ? (भिडियो सहित)
ताजाखबर। रियो ओलम्पिकमा सहभागी नेपालकी पौडिबाज गौरिका सिंहले जितेर पनि हारेकी छिन् । उनि जारी रियो ओलम्पिकमा एक सय मिटर ब्याकस्ट्रोकको पहिलो चरणबाटै बाहिरिएकी छिन् । गएराती सम्पन्न हिट ए को प्रतिस्पर्धामा आफ्नो समुहमा शिर्ष स्थानमा रहेकी सिंह समग्रमा भने सहभागी ३४ खेलाडी मध्ये ३१औं स्थानमा रहिन् । रियो ओलम्पिकमा उनले १ मिनेट ८ दशमलब ४५ सेकेण्डको टाईमिङ निकालेकी थिईन् । उनले आफ्नै नाममा रहेको...

गौरिका ३१औँ स्थानमा रहँदै बाहिरिइन्

गौरिका ३१औँ स्थानमा रहँदै बाहिरिइन्
काठमाडौँ, २४ साउन । नेपालकी गौरिका सिंह ब्राजिलमा जारी ‘रियो ओलम्पिक’अन्तर्गत पौडीतर्फको १०० मिटर ब्याकस्ट्रोकको अन्तिम १६ बाट बाहिरिएकी छिन् । गएराति भएको स्पर्धामा उनी ३१ स्थानमा रहँदै बाहिरिएकी हुन् । विभिन्न देशका ३४ खेलाडीले भाग लिएका यस स्पर्धामा उनीभन्दा तल सामाओ, कोसोभो र केन्याका खेलाडी मात्र रहे । प्रतियोगिताकै सबैभन्दा कान्छी खेलाडीको नाम दर्ता गराएकी १३ वर्षीय गौरिकाले १०० मिटर ब...

रियो ओलम्पिकः गौरिकाको उत्कृष्ट प्रदर्शन

रियो ओलम्पिकः गौरिकाको उत्कृष्ट प्रदर्शन
काठमाडौँ, २३ साउन । रियो ओलम्पिककी नेपाली कान्छी खेलाडी १३ वर्षीया गौरिका सिंहले रियो ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी छिन् । भर्खरै सम्पन्न पौडीको १०० मि ‘व्याक स्ट्रोप’ तर्फ उनी प्रथम भएकी छिन् । उनले दुई जना प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो भएकी हुन् । उनले १ दशमलव ८.४५ सेकेन्डमा उक्त दूरी पार गरेकी हुन् ।

दोस्रो अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिप

दोस्रो अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिप
काठमाडौँ, २३ साउन । भारतको कोलकतमा भएको दोस्रो अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपअन्तर्गत आज भएको महिलातर्फको एकल कातामा नेपालकी कुसुम पौडेलले स्वर्णपदक हात पारेकी छिन् । उनले ११ वर्षमुनि उमेर समूहको एकल कातामा बङ्गलादेशलाई ३–२, सिङ्गापुरकी खेलाडीलाई ४–१, र फाइनल खेलमा भारतलाई ५–० ले पराजित गर्दै स्वर्ण पदक जितेकी हुन् । त्यस्तै कुमुतेतर्फ भारतलाई ७–४, सिङ्गापुरलाई ४–३ तथा फाइनलमा बङ्गला...

रियो ओलम्पिकः आर्चरीका मोक्तान ६० औँ स्थानमा

रियो ओलम्पिकः आर्चरीका मोक्तान ६० औँ स्थानमा
काठमाडौँ, २२ साउन । ब्राजिलमा जारी ३१ औँ गृष्मकालीन ओलम्पिकमा नेपाली आर्चरी खेलाडी जितबहादुर मोक्तानले प्रारम्भिक चरण (¥याङकिङ राउन्ड)मा ६०७ स्कोर गरेका छन् । रियो द जेनेरियोमा शुक्रबार भएको पुरुषतर्फ व्यक्तिगत स्पर्धामा ६४ खेलाडी सहभागीमध्ये मोक्तान ६० औंँ स्थानमा रहन सफल भएका हुन् । उनले सुरुका ३६ प्रहारबाट २९९ स्कोर गरेका थिए । त्यस्तै दोस्रो हाफमा उनले ३०८ स्कोर जोड्न सफल भए । थाइल्यान...

राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बिदाई

राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बिदाई
काठमाडौँ, २१ साउन । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत चौथो चरणको नेदरल्यान्ड्सविरुद्वको खेल खेल्न जाने नेपाली क्रिकेट टोलीलाई आज प्रधानमन्त्री पुष्पकमल दाहालले विदाई गर्नुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले टोलीलाई सफलताको शुभकामना दिँदै क्रिकेट विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्वता व्यक्त गर्नुभयो । उहाँले खेल क्षेत्रले...

खेलकुद क्षेत्रमार्फत नयाँ सन्देश दिनेछु– मन्त्री श्रीपाइली

खेलकुद क्षेत्रमार्फत नयाँ सन्देश दिनेछु– मन्त्री श्रीपाइली
काठमाडौँ, २० साउन । नवनियुक्त युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले सबै कर्मचारीको सहयोगले मात्र आफ्नो कार्यकाल सफल हुने बताउनुभएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा आज पदबहाली गर्दै उहाँले दलगत स्वार्थभन्दा माथि उठेर काम गर्न सबै कर्मचारीलाई आग्रह गर्नुभयो । मन्त्री श्रीपाइलीले आफूले युवा र खेलकुद क्षेत्रमा केही नयाँ काम गर्न चाहेको बताउँदै भन्नुभयो, “खेलकुद बृहत् क्षेत्र हो, ...

नेदरल्यान्ड्सविरुद्ध खेल्ने नेपाली टोली घोषणा

नेदरल्यान्ड्सविरुद्ध खेल्ने नेपाली टोली घोषणा
काठमाडौँ, १९ साउन । आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत यही महिना नेदरल्यान्ड्सविरुद्ध खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का प्रतिनिधि भेन्काटापथी राजु, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कासहितको छनोट समितिले आज १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा कप्तान खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, ...

नेपाली कराते टोली भारत प्रस्थान

नेपाली कराते टोली भारत प्रस्थान
काठमाडौँ, १८ साउन । दोस्रो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसीपमा सहभागी हुन २१ खेलाडीसहितको ३४ सदस्यीय नेपाली कराते टोली आज भारतको कोलकाता प्रस्थान गरेको छ । नेपाल कराते महासङ्घद्वारा यहाँ आज आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष दावा गुरुङ, कराते प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाई गर्नुभयो । प्रतियोगितामा सहभागी हुने खेलाडीमा पर्शुराम बाँस्तोला, सर...