नेप्सेको इतिहासमै बढी सेयर कारोबार

नेप्सेको इतिहासमै बढी सेयर कारोबार
काठमाडौँ, ३२ जेठ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० को इतिहासमा पहिलोपटक रु दुई अर्बभन्दा बढी मूल्यको सेयर कारोबार भएको छ । नेप्से परिसुचक १६ दसमलव १४ पुगेको छ । नेप्सेमा आज सबैभन्दा बढी रु दुई अर्ब १९ करोड ७८ लाख ५९ हजार ८५७ मूल्यको सेयर कारोबार भएको नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले जानकारी दिनुभयो । नेप्से अहिलेको स्वरुपमा विसं २०५० देखि सञ्चालनमा आएको हो । आज १३४ कम्पनीका ३७ लाख ५१ हज...

चक्रपथभित्रका सबै सडक कालोपत्र गर्न निर्देशन

चक्रपथभित्रका सबै सडक कालोपत्र गर्न निर्देशन
काठमाडौँ, ३२ जेठ । व्यवस्थापिका–संसद्को विकास समितिले काठमाडौँ उपत्यकामा भइरहेको सडक विस्तार कार्यलाई तीव्र गतिमा अगाडि बढाउन र सरकारको नीति तथा कार्यक्रमअनुसार एक वर्षभित्र कालोपत्र गरिसक्न निर्देशन दिएको छ । समितिले आजको बैठकमा भएको छलफलपछि चक्रपथ भित्रका सबै सडक एक वर्षभित्र कालोपत्र गर्न सहरी विकास, भौतिक पूर्वाधार तथा यातायात, उपत्यका विकास प्राधिकरण, काठमाडौँ उपत्यका सडक विस्तार आयोजना, ...

दुई लाख कफीका बिरुवा वितरण

दुई लाख कफीका बिरुवा वितरण
पाँचथर, ३२ जेठ । राष्ट्रिय कफी विकास बोर्डले पाँचथर, तेह्रथुम र इलाममा यस किसानलाई वर्ष दुई लाख १५ हजार कफीका बिरुवा वितरण गरिरहेको छ । बोर्डले जिल्लाको रानीगाउँस्थित उत्तम कफी फलफूल केन्द्रमार्फत किसानलाई ५० प्रतिशत अनुदानमा कफीका बिरुवा वितरण गर्न थालेको केन्द्रका प्रमुख पुण्य चौलागार्इंले जानकारी दिनुभयो । केन्द्रले अहिले प्रतिवटा कफीको बिरुवा १२ रुपैयाँ ५० पैसामा बिक्री वितरण गरिरहेको छ । ...

नेपालमा बेरोजगार युवाका लागि रोजगारीको भरपर्दो श्रोत बन्दै सहकारी

नेपालमा बेरोजगार युवाका लागि रोजगारीको भरपर्दो श्रोत बन्दै सहकारी
काठमाडौँ, ३२ जेठ । विसं २०१३ मा नेपालमा सहकारीको प्रादुर्भाव भएदेखि हाल आएर केही कमीकमजोरीका बाबजुद सहकारी व्यवसाय दशौँ लाख युवाका लागि रोजगारीको स्रोतका रुपमा विकास भएको छ । तर सङ्ख्यात्मकरुपमा सहकारी संस्थाको विकास भएपनि उत्पादनको क्षेत्र तथा सङ्गठित उद्योग व्यवसायको रुपमा भने सहकारीको अझै विकास हुन सकेको छैन । रासससँग कुरा गर्दै सहकारी विभागका प्रवक्ता विष्णुप्रसाद घिमिरेले नेपालमा प्रथम ...

नेपालमा लगानीका सम्भावना अध्ययन गर्दै चिनियाँ टोली

नेपालमा लगानीका सम्भावना अध्ययन गर्दै चिनियाँ टोली
काठमाडौं जेठ ३२ - पूर्वी क्षेत्रमा औद्योगिक लगानीको सम्भावनाबारे अध्ययन गर्न चिनियाँ उद्योगीको टोली विराटनगर पुगेको छ । सुनसरी मोरङ औद्योगिक करिडोर र पूर्वी नेपालको औद्योगिक अवस्थाबारे जानकारी लिन पुगेको टोलीले नेपालमा जलविद्युत र औद्योगिक क्षेत्रमा सात सय लगानिकर्ता ल्याउन सकिने जानकारी दिएको छ । सोमबार बिराटनगर पुगेको चिनिया ग्लोबल एनजीओ युनियनका अध्यक्ष चौहुई जोनले विराटनगरमा उद्योगी व्यवसाय...

सत्तरी बर्षको उमेरमा कृषिबाटै १५ लाख रुपैयाँ आम्दानी

सत्तरी बर्षको उमेरमा कृषिबाटै १५ लाख रुपैयाँ आम्दानी
पाल्पा, ३१ जेठ । उमेरले ७० वर्ष पुग्दा पनि खिमानन्द पोखरेलको कृषि व्यवसायप्रतिको मोह झन झन बढ्दैछ । फुर्तिला पोखरेलले तरकारी, फलफूल र पशुपालन व्यवसायबाट वार्षिक रु १५ लाख बढी आम्दानी गर्नुहुन्छ । जिल्लाको पश्चिमी भेगमा अवस्थित देउराली–७ का कृषक पोखरेलले विसं २०५१ मा पाँच रोपनी जग्गाबाट सुरु गरेको तरकारी व्यवसाय अहिले १३ रोपनीमा विस्तार गर्नुभएको छ । उहाँले तरकारी बिक्री गरी गत वर्ष रु सात लाख आ...

जुम्लामा भिषण पहिरो जाँदा विद्युत्गृह क्षतिग्रस्त

जुम्लामा भिषण पहिरो जाँदा विद्युत्गृह क्षतिग्रस्त
जुम्ला, ३१ जेठ । यहाँको मालिकाबोता गाविस–९ स्थित साना जल विद्युत् आयोजनाअन्तर्गत बनेको विद्युत्गृह पहिरोका कारण क्षतिग्रस्त भएको छ । पहिरो तीन दिनअघि राति १२ बजेतिर गएको र त्यसले सिङ्गो विद्युत्गृहमा नै क्षति पु¥याएको स्थानीय शेरबहादुर रावतले जानकारी दिनुभयो । पहिरो गएबाट अहिले मालिकाबोता गाविस नै अन्धकारमय भएको रावतको भनाइ छ । पहिरोले विद्युत् सेवा नै बन्द गरेपछि स्थानीयवासी मर्कामा छन् । व...

ग्यास सिलिन्डरको मूल्य आफूखुसी बढाइयो

ग्यास सिलिन्डरको मूल्य आफूखुसी बढाइयो
काठमाडौं, जेठ ३१ - ग्यास उद्योगीहरुले खाली सिलिन्डरको धरौटी रकम ५ सय रुपैयाँसम्म बृद्धि गरेका छन् । सिलिन्डरकै मूल्य बढेपछि भरिएको ग्यायासको मूल्य ४ हजार रुपैयाँसम्म तिर्न उपभोक्त बाध्य भएका छन् । ग्यास विक्रेता महासंघका अनुसार उद्योगीले अभावको मौका छोप्दै खाली ग्यास सिलिन्डरको मूल्य हृवात्तै बढाएका छन् । सवैभन्दा महँगो सिलिन्डरमा श्रीमाया कम्पनीको छ । श्रीमायाको एउटा सिलिन्डरको मूल्य २ हजार...

अब व्यक्तिले पनि सञ्चय कोषमा रकम जम्मा गर्न पाउने

अब व्यक्तिले पनि सञ्चय कोषमा रकम जम्मा गर्न पाउने
काठमाडौं, जेठ ३१ - अब स्वरोजगारी गर्ने व्यक्तिले पनि सञ्चयकोषमा रकम जम्मा गर्न पाउने भएका छन् । कुनै संघसंस्थामा आबद्ध नभई आफ्नै व्यवसाय गरिरहेकालाई लक्षित गरी कर्मचारी सञ्चय कोषले नयाँ कार्यक्रम अघि बढाउन लागेको हो । कर्मचारी सञ्चय कोष ऐन २०१९ संशोधन गर्दै सरकारी र नीजि क्षेत्रमा संस्थागत रुपमा काम गरिरहेका बाहेक स्वरोजगारले पनि सञ्चय कोषमा रकम जम्मा गर्न पाउने छन् । संसदको अर्थ समितिमा अहिले छ...

अज्ञात समूहद्धारा एनसेलको टावरमा मध्यरातमा आगजनी

अज्ञात समूहद्धारा एनसेलको टावरमा मध्यरातमा आगजनी
चितवन, ३१ जेठ । चितवनमा अज्ञात समूहले एनसेलको टावरमा आगजनी गरेका छन् । गएराति १०ः३० बजेको समयमा मोटरसाइकलमा आएका दुई जनाले आगजनी गराएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर उपमहानगर–६ शान्ति चोकमा रहेको सो टावरमा उनीहरुले जुटको बोरामा आगो सल्काई आगजनी गरेर भागेको जनाइएको छ । आगजनीबाट टारवमा क्षति पुगेको र विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । स्थानीयले जानकारी दिएपछि तत्काल...