हल्लामै सीमित ठूला जलविद्युत आयोजना

हल्लामै सीमित ठूला जलविद्युत आयोजना
काठमाडाैं, ११ साउन देशको कायापलट गर्न सक्ने जलविद्युत्, सडक र पर्यटन क्षेत्रसँग सम्बन्धित धेरै आयोजना सरकारको पाइपलाइनमा छन्। तर, ती आयोजनाको निर्माण प्रक्रिया ज्यादै सुस्त छ। केही आयोजना अध्ययनकै क्रममा छन् भने केही निर्माण चरणमा र केही हल्लामै सीमित छन्। २० वर्षदेखि अन्योलमा पश्चिम सेती सुदूरपश्चिममा रहेको ७५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत् आयोजना २० वर्षदेखि चर्चामा भए पनि अझै निर्म...

डिडिसीकाे दूधः अाधा लिटरमा ११० मिलि कम

डिडिसीकाे दूधः अाधा लिटरमा ११० मिलि कम
काठमाडौँ, १० साउन । दुग्ध विकास संस्थान (डिडिसी) बाट उत्पादित दूधको परिमाणमा ठगी भएको फेला परेको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालयले काठमाडौँले नाप जाँच गर्दा आधा लिटर दूधमा ११० मिलिलिटर दूध घटी भएको फेला परेको हो । आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले नेपाल गुणस्तर तथा नापतौल विभागमार्फत क्षेत्रीय कार्यालय बालाजुलाई नापजाँचका लागि चिठी पठाएपछि नाप गर्दा उक्त म...

मनाङ्गको २५ क्विन्टल उवा काठमाडौंमा

मनाङ्गको २५ क्विन्टल उवा काठमाडौंमा
पोखरा, १० साउन । मनाङमा उत्पादन भएको २५ क्विन्टल उवा काठमाडौँमा लगेर बिक्री गर्न खरिद गरेर राखिएको छ । नेपाल खाद्य संस्थान अञ्चल कार्यालय पोखराले १०० क्विन्टल उवा खरिद गर्ने लक्ष्य राखेकामा यस वर्ष मनाङमा उत्पादन कम भएकाले २५ क्विन्टल मात्रै खरिद गरेर राखिएको हो । अञ्चल प्रबन्धक अम्विकाप्रसाद घिमिरेले बेसीसहर–चामे सडकको ठाउँ ठाउँमा पहिरो गई बाटो अवरुद्ध भएको र बाटो खुलेलगत्तै उक्त उवा काठमाडौँ ...

निजी क्षेत्रलाई पेट्रोलियम आयात गर्न दिन माग

निजी क्षेत्रलाई पेट्रोलियम आयात गर्न दिन माग
काठमाडाँै, १० साउन । सरकारद्वारा पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेश २०६९ खारेज गरी निजी क्षेत्रलाई पेट्रोलियम वस्तु आयात गर्नबाट वञ्चित गरेकोमा नेपाल चेम्बर अफ कमर्सले दुःख व्यक्त गरेको छ । हालै सरकारले निजी क्षेत्रलाई पनि पेट्रोलियम पदार्थको आयातमा सहभागी गराउने नीतिअनुरुप आयातकर्ता कम्पनीको छनोट समेत गरिसकेको सन्दर्भमा मन्त्रिपरिषद्को निर्णयद्वारा पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेश ...

विप्लवको बन्दमा पनि बसभित्र प्रहरी राखेर सेवा दियो साझा यातायातले

विप्लवको बन्दमा पनि बसभित्र प्रहरी राखेर सेवा दियो साझा यातायातले
काठमाडौँ, १० साउन । मुलुकमा विभिन्न समयमा हुने बन्द, हड्ताल र नाकाबन्दीको कुनै पर्वाह नगरी साझा यातायात सुरक्षासहितको सेवा दिएर जनताको सारथी बन्दै आएको छ । बन्द हड्तालका बेला अन्य निजी सवारी साधन ठप्प हुँदासमेत जोखिम मोलेर साझाले आफ्नो सेवालाई निरन्तरता दिँदै आएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आज आह्वान गरेको नेपाल बन्दमा साझाले आफ्ना १६ वटा बसमार्फत काठमाडौँ उपत्यकामा बिहान...

बाह्रबिसे–तातोपानी सडक साताभित्रै खुल्ने

बाह्रबिसे–तातोपानी सडक साताभित्रै खुल्ने
चौतारा, ६ साउन । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा दुई साताअघि आएको बाढीले क्षतविक्षत बाह्रबिसेदेखि तातोपानीसम्मको सडक केही दिनभित्रै खुलाइने भएको छ । सम्पूर्ण मानव शक्ति र यान्त्रिक औजार प्रयोग गरी द्रुत गतिमा काम भइरहेको हुँदा अबको तीन चार दिनभित्रै मितेरी पुलको लिपिङसम्मको सडक खुलाइने सडक कार्यालय मध्यमाञ्चल क्षत्रीय निर्देशक अयोधिप्रसाद श्रेष्ठले बताउनुभयो । बाह्रबिसे–तातोपानी(२६ किमी) सडकख...

दुई दिनमै मागभन्दा बढी ट्याक्सीको आवेदन

दुई दिनमै मागभन्दा बढी ट्याक्सीको आवेदन
काठमाडौँ, ६ साउन । सरकारले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितलाई उपलब्ध गराउने गरी ट्याक्सी दर्ता खुलाएको दुई दिनमै माग सङ्ख्याभन्दा बढी निवेदन दर्ता भएको छ । बुधबार एक हजार १०२ र आज एक हजार ४०० गरी दुई हजार ५०२ आवेदन दर्ता भएको यातायात व्यवस्था कार्यालय, साना÷ठूला सवारी, वाग्मतीका कार्यालय प्रमुख तिलक पौडेलले राससलाई जानकारी दिनुभयो । “यही गतिमा आवेदन दर्ता भएमा एकमहिने अवधिमा १५ हजार...

साढे ५ अर्ब बढी राजश्व संकलन

साढे ५ अर्ब बढी राजश्व संकलन
नेपालगञ्ज, ६ साउन– आर्थिक बर्ष २०७२, ०७३ मा नेपालगञ्ज भन्सार कार्यालयले साढे ५ अर्ब बढी राजश्व संकलन गरेको छ । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख राजेन्द्र हमालले यो लक्ष्यभन्दा ५ दशमलब ७९ प्रतिशत बढी भएको बताउनुभयो । कार्यालयले ५ अर्ब ६५ करोड ६६ लाख १ हजार राजश्व असुली गरेको हमालले जानकारी दिनुभयो । सरकारले नेपालगञ्ज भन्सार कार्यालयलाई ४ अर्ब ९९ करोड ६३ लाख १ हजार राजश्व संकलन गर्ने लक्ष्य दि...

इलामकाे साढे चार करोड बजेट फ्रिज

इलामकाे साढे चार करोड बजेट फ्रिज
इलाम, ६ साउन । आर्थिक वर्ष २०७२÷७३ मा जिल्ला विकास समितिको रु चार करोड ६० लाख ८२ हजार बजेट खर्च गर्न नसक्दा फिर्ता भएको छ । भारतको अघोषित नाकाबन्दीका कारण भारतबाट सामान उपलब्ध हुन नसक्नु, पक्की पुलको डिजाइन परिवर्तन हुनु, प्राविधिक जनशक्तिको कमी, उपभोक्ता समिति गठनमा ढिलाइ र समयमै दरबन्दी पदपूर्ति नभएका कारण बजेट खर्च हुन नसकेको स्थानीय विकास अधिकारी मदन कोइरालाले बताउनुभयो । स्थानीयस्तरका स...

 चौध करोडको तरकारी निर्यात

 चौध करोडको तरकारी निर्यात
पाँचथर, ६ साउन । पाँचथर जिल्लाका कृषकले गतआर्थिक वर्ष २०७२÷०७३ मा रु १४ करोडको तरकारी उत्पादनगरी निर्यात गरेका छन् । जिल्लाको थर्पु, पञ्चमी, नाँगी, अमरपुर गाविस तथा फिदीम नगरपालिकाबाट आर्थिक वर्ष २०७२÷०७३ मा पाँच हजार २८५ मेट्रिकटनको तरकारी निर्यात भएको जिल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको छ । यस्तै, आर्थिक वर्ष २०७१÷०७२ मा रु ११ करोड ९६ लाखको तरकारी निर्यात भएको थियो । गोलभेडा, बन्दा ...