गहुँ उत्पादनमा वृद्धि

गहुँ उत्पादनमा वृद्धि
वीरगन्ज, ८ वैशाख । यस वर्ष गहँुको उत्पादनमा सामान्य वृद्धि भएको छ । अनुकूल मौसम र समयमा पानी परेकाले गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा शून्य दशमलव शून्य पाँच प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यस वर्ष जिल्लामा प्रति हेक्टर दुई दशमलव ८५ प्रतिशतका दरले ६५ हजार ५५० मेट्रिक टन गहुँको उत्पादन भएको कृषि विकास कार्यालयका प्राविधिक सहायक सुरेशप्रसाद चौरसियाले बताउनु...

चीन सरकारको सहयोगबाट प्राप्त उपकरण जडान सुरु

चीन सरकारको सहयोगबाट प्राप्त उपकरण जडान सुरु
चितवन, ८ वैशाख । चीन सरकारले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरलाई उपलब्ध गराएको उपकरण आजदेखि जडान सुरु गरिएको छ । झन्डै तीन महिनाअघि चीन सरकारले करिब रु २४ करोड मूल्य बराबरको २७ प्रकारका विभिन्न मेडिकल उपकरण प्रदान गरेको थियो । चिनियाँ प्राविधिक टोली आउन ढिलाइ भएपछि साना उपकरण आफैँ जडान गर्ने उद्देश्यले चिनियाँ चिकित्सक टोलीका टिम लिडरको रोहवरमा उपकरण जडान थालिएको हो । अस्पतालका ...

सुन्तलाबाट पौने चौबिस करोड आम्दानी

सुन्तलाबाट पौने चौबिस करोड आम्दानी
पाँचथर, ८ वैशाख । यस वर्ष सुन्तलाबाट रु २३ करोड ८० लाख आम्दानी भएको छ । जिल्लाबाट चार हजार ३२८ मेट्रिक टन सुन्तला निर्यात भएको थियो । गत आवमा रु २२ करोड ७६ लाख बराबरको सुन्तला निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका कृषिप्रसार अधिकृत निलकोमल सिंहले जानकारी दिनुभयो । यस आवमा ६२१ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको थियो । यहाँ उत्पादन भएको सुन्तला झापाको विर्तामोड, दमक, धुलावारीहुँदै भारत...

बचत सङ्कलनको नाममा ठगी गर्ने अध्यक्षसहित सात फरार

बचत सङ्कलनको नाममा ठगी गर्ने अध्यक्षसहित सात फरार
इलाम, ८ वैशाख । बचत सङ्कलन गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–९ मा रहेको हातेमालो कृषक समूहका तीन जनालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा समूहका उपाध्यक्ष राजु खाम्दाक, कोषाध्यक्ष नेत्रकला पौड्याल र सदस्य चन्द्रकला खतिवडा छन् । सर्वसाधारणलाई समूहको सदस्य बनाई उनीहरूबाट मासिक बचत सङ्कलन गरी रु ६० लाखभन्दा बढी रकम हिनामिना गरेको उनीहरूमाथि आरोप छ । पक्राउ परेकावि...

चिनियाँ जहाजकाे अाम्दानीभन्दा खर्च ३ गुणा बढी, निगमलाई घाँडाे

चिनियाँ जहाजकाे अाम्दानीभन्दा खर्च ३ गुणा बढी, निगमलाई घाँडाे
काठमाडौं, ८ बैशाख राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग रहेका दुई थान चिनियाँ जहाजले जति आम्दानी गर्छन्, तिनलाई उडाउन आम्दानीको तीनगुणा बढी खर्च हुने गरेको खुलेको छ। नागरिक दैनिकमा समाचार छ। निगमसँग रहेको ५६ सिट क्षमतायुक्त ‘मोर्डन आर्क’ एम्ए–६० ले एक वर्ष र १८ सिटे वाई १२–ई जहाजले ९ महिनामा जति आम्दानीको तीन गुणा भन्दा बढी सञ्चालन खर्च गराएको तथ्य सार्वजनिक भएको हो। २०७१ पुसबाट २०७२ प...

अठासी करोडको आलु उत्पादन

अठासी करोडको आलु उत्पादन
चितवन , ७ वैशाख । यो वर्ष करिब रु ८८ करोडको आलु उत्पादन भएको छ ।जिल्लामा कुल एक हजार ९१८ हेक्टर क्षेत्रफलमा लगाइएको खेतीबाट ३५ हजार ९९ मेट्रिक टन आलु उत्पादन भएको थियो । यो वर्ष आलु प्रतिकिलो रु २० देखि रु ३० सम्ममा बिक्री भएको थियो । जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत धनबहादुर थापाका अनुसार गत वर्ष ३४ हजार ६०८ मेट्रिक टन उत्पादन भएकोमा रु साढे ८६ करोड आम्दानी भएको थियो । यस ...

अब मट्टितेल र डिजेलबाट चल्छ मोटरसाइकल

अब मट्टितेल र डिजेलबाट चल्छ मोटरसाइकल
काठमाडौं, ७ बैशाख पेट्रोलबाट चल्ने मोटरसाइकलबारे त हामी सबै जानकार छौं । एमटिटी वाइटुके मोटरसाइकल भने डिजेल र मट्टितेलबाट पनि चल्छ । यो सुपरबाइक विश्वकै पहिलो टर्बाइन पावर्ड मोटरसाइकल हो । २५० सिसीको यो मोटरसाइकलमा रोयल्स एलिसन २५० सि २० सिरिजको ज्यास टर्बाइन इन्जिन छ । २२९ किलोको यो मोटरसाइकलको फ्युल ट्काकं ३४ लिटरको छ भने अधिक गति ४०० किमी प्रतिघण्टा छ । हाल अमेरिकामा उपलब्ध यसको मूल्य १ लाख ५०...

बर्षेनि १० करोड ऋण थप्दै नेसनल ट्रेडिङ

बर्षेनि १० करोड ऋण थप्दै नेसनल ट्रेडिङ
काठमाडौं, ७ बैशाख- पर्याप्त जमिन र अन्य भौतिक पूर्वाधार हुँदाहुँदै पनि नगद अभाव झेलिरहेको नेसनल ट्रेडिङ लिमिटेडले पूँजीको जोहो गर्न नसक्दा बर्सेनि १० करोड रुपैयाँ ऋण थपिरहेको छ। सर्वसाधारणलाई उपभोग्य सामानको आपूर्ति गर्ने तथा बजारमा व्यापारीको मनोपली नहोस् भनेर २०१८ सालमा स्थापना गरिएको नेसनल ट्रेडिङले केही वर्षयता रकम अभावकै कारण नियमित कामसमेत गर्न छाडेको छ। नेसनल ट्रेडिङका कर्मचारीका अनुस...

मापदण्ड विपरीत रातारात नदी उत्खनन

मापदण्ड विपरीत रातारात नदी उत्खनन
पर्वत, ६ वैशाख । जिल्लामा पछिल्लो समय क्रसर उद्योगीले नियम विपरीत कालीगण्डकी नदी दोहन गरेको पाइएको छ । जिविससँग टेन्डर स्वीकृत लिँदाको ठीक विपरीत रातारात कालीगण्डकीमा ढुृङ्गा, बालुवा र गिट्टी उत्खनन गरिरहेको पाइएको हो । प्रहरीले सो कार्यमा संलग्नलाई पक्राउ समेत गरेको छ । जिविससँग भएको सम्झौताको ठीक विपरित नदीको बहाव नै परिवर्तन हुने गरी उनीहरुले उत्खनन गर्दै आएका छन् । प्राकृतिक सम्पदाको स्व...

सीमावर्ती क्षेत्रमा भारतीय रुपैयाँको अभाव

सीमावर्ती क्षेत्रमा भारतीय रुपैयाँको अभाव
वीरगन्ज, ६ वैशाख । मध्य तराईका बारा, पर्सा र रौतहटमा भारतीय रुपैयाँको अभाव भएको छ । भारतीइ रुपैयाँ अभावले यहाँका उद्योग व्यवसाय, शिक्षा, स्वास्थ्यलगायत सेवा प्रभावित भएका छन् । भारततर्फ पूँजी पलायन भइरहेको भन्दै नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँको सटही सुविधालाई नियन्त्रण गर्न वाणिज्य बैंकहरुलाई निर्देशन जारी गरेपछि सीमावर्ती क्षेत्रमा भारतीय रुपैयाँको अभाव भएको हो । सीमावर्ती क्षेत्रका बासिन...