अर्थ व्यापार – Etajakhabar

सस्तियो तरकारी : पाँच बर्ष यताकै सस्तो भाउमा तरकारी

सस्तियो तरकारी : पाँच बर्ष यताकै सस्तो भाउमा तरकारी
काठमाडौं – राजधानीमा तरकारीको भाउ पाँच बर्ष यताकै सस्तो भएको छ । भारतमा तरकारी उत्पादन बढेर धेरै आयात हुँदा भाउ स्वात्तै घटेको खबर आजको नागरिकमा छ । गोलभेंडा, काउली, आलु, बन्दा, प्याज लगायतको मूल्य निकै तल झरेको छ । महँगीको चपेटामा परेका उपत्यकाका उपभोक्तालाई तरकारीको मूल्यले ...

सुर्तीजन्य पदार्थको नियन्त्रण, नियमन गर्न बनेको ऐन निष्क्रिय

सुर्तीजन्य पदार्थको नियन्त्रण, नियमन गर्न बनेको ऐन निष्क्रिय
काठमाडौं - सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्न बनेको ऐन कार्यान्वयन नगर्न माग गर्दै अदालत पुगेको कम्पनीले नै ऐन कार्यान्वयन थालेको छ। अदालतमा रिट हालेको पर्फेक्ट ब्लेन्डले आफ्नो चुरोट विस्टनको प्याकेटमा ९० प्रतिशत चेतावनीयुक्त चित्रसहितको सन्देश छापेको छ। कम्पनीहरूले आफैँ ...

कोरियाले कामदारको कोटा बढायो : १० हजार नेपाली लैजाने

कोरियाले कामदारको कोटा बढायो : १० हजार नेपाली लैजाने
काठमाडौं – इपीएस अन्तर्गत तीन महिनापछि हुने भाषा परिक्षाबाट १० हजार नेपालीलाई रोजगारीका लागि छनोट गर्ने भएको खबर आजको कारोबारमा छ । आगामी जेठमा सञ्चालन गरिने आठौं भाषा परीक्षामार्फत उत्कृष्ट भएका १० हजार युवायुवतीलाई कोरियाले रोजगारीका लागि छनोट गर्ने भएको हो । भाषा परिक्षा...

अझै चुहिएरै सकिन्छ साढे ११ अर्बको बिजुली

अझै चुहिएरै सकिन्छ साढे ११ अर्बको बिजुली
काठमाडौं – उर्जामन्त्री जनार्दन शर्माले बिजुली चुहावट तीन प्रतिशतले घटेको दावी गरेका छन् । करिव २६ प्रतिशत चुहावट हुँदै आएको बिजुली तीन प्रतिशत बिन्दुले घटाएर २३ प्रतिशतमा झारेको उनले बताएका छन् । आजको नागरिकमा खबर छ । एक प्रतिशत बिजुली चोरी हुँदा नेपाल विद्युत प्राधिकरणलाई कर...

विदेशीले नेपालमा खर्च गर्छन् ४१ अर्ब : विदेश घुम्न नेपालीले खर्चन्छन् ५६ अर्ब

विदेशीले नेपालमा खर्च गर्छन् ४१ अर्ब : विदेश घुम्न नेपालीले खर्चन्छन् ५६ अर्ब
काठमाडौं – नेपालको पर्यटन क्षेत्रको आम्दानीको तुलनामा नेपालीले विदेश घुमघाममा धेरै खर्च गर्ने गरेको तथ्यांकले देखाएको छ । पछिल्ला केही वर्षयता नेपाल आएर विदेशीले गर्ने खर्चको तुलनामा नेपाली पर्यटकले विदेश भ्रमण (आउटबाउन्ड टुरिजम)मा गर्ने खर्च ठूलो अन्तरले बढिरहेको नेपाल राष्ट्र ब...

विकास–निर्माणका आयोजनामा लापर्बाही नगर्ने प्रतिबद्धता

विकास–निर्माणका आयोजनामा लापर्बाही नगर्ने प्रतिबद्धता
काठमाडौँ, १६ फागुन । एसियाली विकास बैंक (एडिबी)को सहयोगमा नेपालमा सञ्चालित विकास–निर्माणका आयोजना कार्यान्वयनमा लापर्बाही नगर्ने प्रतिबद्धता सम्बद्ध निकायका पदाधिकारीले व्यक्त गरेका छन् । सरकार, एडिबी र ती दुवै निकायको समन्वयमा देशका विभिन्न भागमा सञ्चालित विकास–निर्माणका आयोजना...

तरकारी खेती गरेर सुकुम्बासीबाट मालिक

तरकारी खेती गरेर सुकुम्बासीबाट मालिक
मोरङ, १६ फागुन- व्यावसायिक तरकारी खेती गर्दै आएका मोरङको महादेवा–१ का यामलाल दासको परिवार सुकुम्बासीबाट मालिक बनेकोे छ । आजभन्दा करिब १० वर्षअघि रतुवा खोला छेउको ऐलानी जग्गामा सुकुम्बासीका रुपमा बस्नुभएका यामलाल परिवार पाल्न दास सात वर्षअघिसम्म रोजगारीका लागि भारतको पञ्जावमा ...

बैंकले ऋण दिनै छाडे, जग्गाको कारोबार प्रभावित

बैंकले ऋण दिनै छाडे, जग्गाको कारोबार प्रभावित
चितवन, १६ फागुन- बैंक एवम् वित्तीय संस्थाले ऋण नदिएपछि यहाँ निकै फस्टाएको जग्गाको व्यवसाय प्रभावित हुन थालेको छ । घर जग्गा र अन्य कुनै पनि शीर्षकमा बैंकले सहजै ऋण दिएका छैनन् । कतिपयले महँगो ब्याजदरमा बैंक र सहकारीबाट ऋण लिएर आफ्नो गर्जो टारिरहेका छन् । साना टुक्रादेखि ठूला प...

कानुन व्यवसायी गाईपालनतर्फ: भन्छन् पैसाका निम्ति गाईपालेको होइन तर ‘सिस्टम बसाल्नु छ’

कानुन व्यवसायी गाईपालनतर्फ: भन्छन् पैसाका निम्ति गाईपालेको होइन तर ‘सिस्टम बसाल्नु छ’
फाल्गुन, १६ डोटी– रुचिकै कारण अठतीस वर्षका एक कानुन व्यवसायी गाईपालनतर्फ आकर्षित भएका छन् । कानुन व्यवसयसंगै काठमाडौँमा आठ वर्षसम्म एनजिओको जागिरे समेत हुनुभएका रवि श्रेष्ठले व्यावसायिक कृषक बन्ने चाहनाले नै दहचोकमा कुखुरापालन, बाख्रापालन, गाईपालन र तरकारीखेती समेत गर्दै आउनुभए...

कर्णाली क्षेत्रको रैथाने बाली फापर उत्पादनमा महिला आकर्षित

कर्णाली क्षेत्रको रैथाने बाली फापर उत्पादनमा महिला आकर्षित
जुम्ला, १६ फागुन- यहाँको पटमारा गाविसका महिला उद्यमी यतिबेला फापर उत्पादनमा अकर्षित भएका छन् । यो बालीका लागि पटमारा–२ का महिलाले लघुउद्यम सुरु गरेका छन् । एउटै वडाका महिलाले प्रतिस्पर्धात्मक रुपले उत्पादन गर्ने उद्देश्यले डाँफे, प्रगतिशील र महारुद्र नामका तीन समूह पनि गठन गर...