ताजाखबर, काठमाडौँ । सुन्दरी गायिका एन्जिला रेग्मी बाल्यअवस्थादेखि नै सुमधुर स्वरकी धनी हुन् । कक्षा ४ मा पढ्दा देखि नै गायनमा लागेकी एन्जिलाले आफ्नो जीवनको लक्ष्य नै चर्चित गायिका बन्ने उदेश्य बोकेर काठमाडौँ हानिइन् ।

हाल बिबिएस अध्ययनरत गायिका रेग्मीका पछिल्लो समयका गीतहरु चल्न थालेपछि स्टेज, चलचित्र र अन्य कलेक्शन एल्बममा पनि विस्तारै काम पाउन थालेको बताउँछिन् । बुटबलकी यि गायिका घर परिवारको सहयोगका कारण आज गायन क्षेत्रमा गर्वका साथ लाग्न सकेको स्विकार्छिन् ।

आधुनिक गीतका विशेष पारखी उनी आफ्नै तरिकाले स्टेज तताउन चाहन्छिन् । उनका टेम्पोररी मायालाई परमानेनट गर्देको कस्तो भो ? , कपुरी क मेरो दिलमा छ तिम्रो छुच्चो मुहार, ओठमा रातो लाली लगायतका गीतहरु चर्चित छन् । थप भिडियोबाट

Comments